🌹🥀🌱गजल🌹🥀🌱

कुर्दाकुर्दै रोकिएको सास बिर्सने🌹
जन्मौजन्म पर्खाएको आस बिर्सने🌹

रोमियो र जुलियटको कथा बोकेर
एउटै विषले पछारिएको लास बिर्सने🌹

ढुंगा हो या मन हिजोभन्दा अाज कडा
प्रणयले दिलाएकाे आभाष बिर्सने🌹

दृश्यले कैद गरेका बाचा त दिगो रहन्छ,
खै किन मुटुको आश्रय बास बिर्सने 🌹

चरम सिमा पार गर्ने यिनै दुइ मन थिए
सर्वेसर्वा खुसि, हासो गास बिर्सने 🌹🌹

Image may contain: 1 person, standing and outdoor

बिहिबार, चैत्र १३, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...