कार्यकर्ताहरु हनुमान मात्रै कि सचेत नागरिक पनि ?

79 Views

-चन्द्रमान छन्त्याल
व्यक्तिहरुमा निहित आ–आफ्नो निजि स्थार्थले गरिने व्याख्या र परिभाषा संग त मेल खांदैन नै । त्यसबाहेकको निर्मम सत्य भनेको कार्यकर्ताहरु सभ्य र सुसंस्कृत समाज निर्माणको एक असल उत्प्रेक मात्रै हुन । त्यसैले, यहां वास्तविक धरातलमा उभ्भिने र उभ्भिरहन सक्ने कार्यकर्ताको मात्रै सन्दर्भहरु उल्लेख गरिन्छ नकि हावामा मुड्की ठोक्ने एक लठैत बारे । विधिलाई भन्दा व्यक्तिलाई मान्ने र भक्तिको नाममा खिरलाई आचि र आचिलाई खिर भन्नेहरु मात्रै हनुमान हुन । कार्यकर्ता देखिने र भन्ने तिनको निजि वाध्यता होला । पार्टी जिवन र सामाजिक अभिभाराका लागि भने ति मात्रै कुलङ्गार हुन ।


राजनैतिक र अराजनैतिक (स्वतन्त्र) मान्छेहरुको विच अन्तर्यमा स्पष्ट र वारपार पृथकता छ । यी दुई विच जिम्मेवारीका हिसाबले पनि अतुलनिय भिन्नताहरु छन् । स्वतन्त्र व्यक्तिहरु सामाजिक उत्तरदायित्व वहनका खातिर मैदानमा उत्रनैपर्छ भन्ने छैन । किन्तु राजनैतिक मानवहरुलाई नितान्तै वयैक्तिक र निम्छरो हुन छुट छैन । उनिहरु मैदानमा आउनैपर्छ र सामाजिक हुनैपर्छ । म र मेरोबाट हामी र हाम्रोमा उक्लनैपर्छ । डाम्लोले बांधिएको पशु नै किन नभनियोस पार्टी आर्दश र निर्देशनलाई मान्नैपर्छ र पछ्याउनैपर्छ । ताकी, सभ्य र सुसंस्कृत समाज निर्माण गर्नैपर्नेछ । सोको निम्ति समाजमा विद्यमान मानविय स्वतन्त्रता र विकासको लागि मानव निर्मित (अप्राकृतिक) विविध जालझे र प्रपञ्चहरु च्यात्नैपर्नेछ । र त्यस विरुद्ध लड्नैपर्नेछ ।
खासमा व्यक्ति स्वतन्त्र हुंदैन । पुर्ण स्वतन्त्रता र स्वाधिनतको वाद फलाक्न मात्रै सजिलो छ । व्यवहारिक रुपमा असम्भवप्रायः नै हुन्छ । त्यसैले स्वतन्त्रताको सन्दर्भमा फ्रान्सेलि राज्यक्रान्तिका नायक जिन ज्याक्स रुसोले भनेकाछन् कि “मानिस स्वतन्त्र जन्मन्छ, तर उ सर्वत्र साङ्लोबाट बांधिएको हुन्छ ।” हो हामी जन्मनुपुर्व कसैको हुंदैनौ । जब हाम्रो जन्म हुन्छ तब हामी कोहि न कोहिको र केहि न केहिको भई नै हाल्छौं । र परोक्ष अपरोक्ष रुपमा बनाईन्छन् पनि । त्यसैले, स्वतन्त्रता त केवल भनिने कुरा मात्रै हो । मानव यति धेरै असन्तुलित जात हो कि ऊ कहिल्यै ठ्याक्कै बराबरीको सम्वन्धमा बसिरहनै सक्दैन । त्यसैले, रुसोले भने भैं हरेक व्यक्ति जन्मे लगत्तै आप्mनो स्वतन्त्रताको अवस्थाबाट अलग्गिन्छ । त्यसपछि, केहि न केहिको र कोहि न कोहिको भईछाड्छ । यस्को निचोड के हो भने व्यक्तिले आप्mनो कुनैपनि सम्वन्धलाई चक्रवर्ति रुपमा कायम गर्न सक्दैन । त्यसकारण, ऊ कतै नजिक त कतै टाढाको असन्तुलिन सम्वन्ध स्थापित गर्न पुग्दछ । मानव समाजको प्राररिम्भक अवस्थामा सबै मानिस सरल र निष्पाप (सत्कर्म) जीवन विताउंदै आनन्दपुर्वक बस्दथे । तर अहिले आप्mनो स्वतन्त्रताको हरण संगसंगै हामी पनि जटिल र पापिस्ट (निकृष्ट) हुंदै आएका छौं । म सरल छु, निष्पाप छु त सतहि र आवरणको तर्क मात्रै हुन् । यसकारण, हाम्रा के गर्ने के नगर्ने र के हुने के नहुने भन्ने सन्दर्भमा केहि निश्चित आर्दशहरु छन् । ति आदर्शले हामीलाई सबैको होईन केहिको र कसैको बनाएको छ । त्यसैले, हामी स्वतन्त्र छैनौं र तटस्थ छैनौं । रुसोले जस्तै हामी त्यस्लाई मान्दैनौ पनि ।
त्यसो हो भने, हामी (कार्यकर्ता) ले हाम्रो पहिचान कसरी दिने ? जवाफ सरल छ । हामी हावामा मुक्का हान्दैनौ । अन्धाधुन्दा हिंड्दैनौ । जे पायो त्यहीमा लर्बरिदैनौ । निजि मामलालाई सामाजिक र आम कुरा संग जोड्दैनौ । आफ्नो निहित स्वार्थको लागि आम मानवको हितमा भांजो हाल्दैनौ । समग्र मानव हितलाई सर्वोपरि ठान्दछौं । झट्ट हेर्दा सरल लागोस । बुझ्दै जांदा जति जान्यो त्यत्ति नै जानौं जानौं लाग्ने खालको होस् । त्यहि हो हाम्रो चिनारी अनि परिचय । पार्टी जीवनमा नेता कार्यकर्ताले गरेको अनेकन कमिकमजोरीको पार्टीको वैठक र भेला लगायतको वैधानिक मोर्चाहरुमा विधिसम्मत तरिकाले हदैसम्मको छलफल र वहस गर्छौं । ताकी, अर्कोपटक सोहि प्रकृतिको कमजोरि नदोहोरियोस । तर बाहिर अत्यन्तै हार्दिकताका साथ अकल्पनिय एकता कायम गर्छौं । त्यसोगर्दा हामीलाई हनुमानको आरोप लाग्न सक्छ । स्तुती वा भजन कृतन गरेको लाञ्छना लाग्न सक्छ । हाम्रो नेतृत्वलाई पनि मैले जे भन्छु त्यहि हुन्छ भन्ने लाग्न सक्छ । तर हामी भने गुण र दोषको आधारमा अख्तियारी र खारेजीको जिउंदो चेत राखिरहन्छौं । नत्र हामी हनुमान नै ठहरिनेछौं । अचेत नागरिक र झोले कार्यकर्ता मात्रै सावित हुनेछौं । र नालायकहरुको टुकुडी बनिरहनेछौं ।
जन्मेपछि व्यक्ति स्वतन्त्र हुंदैन भन्ने प्रसङ्ग संगै रुसोले यसो पनि भनेका छन् कि “एउटाले आफुलाई अन्य माथिको स्वामी (मालिक) ठान्नु ती अन्य भन्दा पनि ठुलो दास मात्र हो ।” त्यसैले, भ्रमरहति भएर सोच्ने हो भने मैले अरुलाई शासन गरेको छु को अर्थ म पनि अरुद्धारा शासित छु भन्ने हो । तर यो चेत जागेन र सक्रिय हुंदाहुंदै पनि क्रियात्मक भएन भने हरेक क्रान्तिकारीहरु ढिलोचांडो भुत्ते हुंदैजान्छन् । परिणमतः ऊ पनि चरम प्रतिगामी र दक्षिणपन्धि हुन्छ । यो कुरा पार्टी जीवनमा पनि हुबहु लागु हुन्छ । जस्तैः चेतनाले समाजलाई प्रभावित पार्न सकेन भने समाजको चेतनाले उ प्रभावित हुन्छ र अनी पार्टी प्रभावित हुन्छ । यसरी, एक समयको क्रान्तिकारी पार्टी अर्को समयमा चरम यथास्थितिवादी र प्रतिगामी पार्टीको रुपमा रुपान्तरीत हुंदै जान्छ । यसर्थ, पार्टी निमार्णको सबैभन्दा महत्वपुर्ण काम भनेको क्रान्तिकारी चेतनाको निर्माण र पुननिर्माणको लागि उपयुक्त अवस्था तयार गरिरहनु हो । सोको लागि नेता कार्यकर्तामा सच्चिने र सच्चाउने मनसायमा आधारित आलोचनात्मक चेतको विकास हुनैपर्छ । तर त्यो एकले अर्काको समाप्तिको मनसायले निर्दिष्ट हुनुहुंदैन । तसर्थ, सबैलाई सकारात्मक परिवर्तनको लागि रुपान्तरणको भट्टिमा पसाल्नैपर्छ र पस्नको लागि सबैसबै पुर्ण राजि हुनपर्छ । अनि मात्र कार्यकर्ताले सभ्य र सुसंस्कृत समाज निर्माणको महाअभियानमा सच्चा पहरेदारी गर्न सक्दछ । विश्वमा कम्ययनिष्ट पार्टी आप्mनै अहंकारी नेता र अन्धभक्त अनि पिछलग्गु कार्यकर्ताले सकेको घृणित ज्युंदाजाग्दा दृष्टान्तहरु पनि छन् । पोलपोटदेखी चाउचेस्कुसम्म र गोर्वाचेभदेखि मुदरासम्म । यि त एकदुईथान दृष्टान्तहरु मात्रै हुन् । ती नेता र उनीहरुले जे गरेपनि सहि भन्ने र गोडा मोल्ने कार्यकर्ताहरु कै कारणले तत् तत् देशमा कम्युनिष्ट पार्टी कहिल्यै नउठ्ने गरि थचरिए । यस्ले पनि पार्टीको विकास र विनाशमा सचेत कार्यकर्ताको भुमिका प्रष्टिन्छ ।
विचार र अभ्यासले प्रशिक्षित र अभ्यस्त कार्यकर्ताहरु नै आम मानव जस्तै भएपछि जनमानसमा कस्तो सुचना र ज्ञान प्रवाह हुन्छ ? यो नेपाली राजनीति र नेतृत्व अनि कार्यकर्ताको निस्तेज पार्नैपर्ने ऐजेरुरुपी प्रवृत्ति हो । समाजमा राजनीतिलाई फोहोरी खेलको रुपमा त्यसै चित्रित गरिएको होईन । समाजमा नेता जति सबै भ्रष्टचारी हुन्छन्, कार्यकर्ताहरु सबै हरामखोर र लठैत हुन्छन्, पार्टीहरु अपराध र अपराधीहरुको अखडा हुन् र समग्रमा राजनीति नै देश विकासको प्रमुख बाधक हो भन्ने धारणाहरु अनायसै प्रसारित छैनन् । त्यस्मा नेता र कार्यकर्ताको गम्भिर र अक्षम्य दोष छ । यदि हाम्रो (कम्यनिष्टहरु) पुर्ण आर्थिक समवृद्धि सहितको समानता र समावेशी एकताको सुदुर ईच्छा आकांक्षालाई मुर्त तुल्याउने हो भने सबैभन्दा पहिले चेत र प्रतिवद्धताले भरिएको असल नागरिक हौं । जस्ले नेतृत्वबाट हुन सक्ने स्वेच्छाचारिता उपर निसंकोच प्रतिवाद गर्न सकोस र कुनैपनि प्रतिगामि र वर्गिय दुश्मनहरुको शकुनी चालको पहिचान गर्न र मुकाविला गर्न सकोस । न्युनतम जायज नाजायज र चिसो तातो थाहा नपाउने र आप्mनै मुखमा लात्ता आउंदा पनि ताली पित्ने र हावै मात्र छेक्नेहरु केवल हनुमान हुन् । आवरणलाई भन्दा अन्तर्यलाई हेर्न सक्ने र विश्वास गर्नेहरु मात्रै सचेत मान्छेहरु हुन् । कुनैपनि शोषण, दमन, उत्पिडन र अन्याय अत्याचार नसहनेहरु नै क्रान्तिकारीहरु हुन् । बरु, बिरालो सेतो होस् वा कालो मात्र मुसा मारोस, यहि नै क्रन्तिकारी चेत हो ।

आइतवार, चैत्र २३, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...