गजल

55 Views

खुसी खोजे आफैसंग जुनलाई हेरीन🌹🌱
संघर्षशील बाटो रोजे उनलाई हेरीन🌹🌱

जिवनसंग खेल खेल्ने पराई मन नहो
त्यसैले त साथ पाउन खुनलाई हेरीन🌹🌱

सुख थियो मनसंग खुसि मिसिएको
धनपैसा सुखसयल सुनलाई हेरीन🌹🌱

हिड्न खोज्दा लडाएको उनै भाग्य थियो
बैगुनले नै जिवन दियो, गुणलाई हेरीन🌹🌱

मसंग आफ्नै थिए हरेक मनहरु
अझै आरोप थपिरह्यौ कुनलाई हेरिन?🌹🌱🌹🌱

शुक्रबार, चैत्र २८, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...