गजल

116 Views

हराएको भए पो खोज्नु, विलीन भएको थियो
आफै प्रयोगबेगर पनि महत्वहीन भएको थियो

पाउन के गरिन किन भन्छौ, पाएपछि त्याग्नेले
गिद्द पर्खेका सिनोझै छिन्नभिन्न भएको थियो

आश्रय दिने छातिभित्र, बासको मुल्य बढ्यो
किन्न सक्ने हैसियत नहुदा साथविहिन भएको थियो

अंगालिएको आत्मासंग नछुटिने सम्बन्धका खाकाहरु
बासनादार यौवनको रसानुराग घिन भएको थियो

कति सम्पन्नता रहन्छ, मनले मन पाउदाको क्षण
सपनाले सज्जित मस्तिष्क सौखिन भएको थियो

विश्वास फिटिक्कै हुन्न मनहरु बटुल्नेको
आसामीको प्रलोभनमा ऋण असुल्नेको

जुट्ने, फुट्ने भरै छैन, देशको माहोल बिग्र्यो
भाषणमै सिमीत भयो पत्थरमा फुल्नेको

राजनीतिको साच्चिकै नीति बल्ल देखियो
कत्ति भर पाईएन खै माईकसामु खुल्नेको

मडारियो आकाशझै उज्यालिएको देश
ऋतुको जस्तै फुलहरुमा भमराझै भुल्नेको

नीति फरक थियो, मिल्दैन थाहा नभाको हैन
कहिलेसम्म चलाईराख्नु ढुंगापानीजस्तै घुल्नेको

मङ्लबार, बैशाख ९, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...