बुद्धिमान हुनुको संकेत के हो

52 Views

यो अलि रमाइलो प्रसंग छ । वास्तवमा बुद्धिमान व्यक्ति कस्ता हुन्छन् ? उनीहरुको स्वभाव, प्रवृत्ति, चालचलन कस्तो हुन्छ ? के वाहिरी आवरण हेरेर कोही व्यक्ति बुद्धिमान् हुन् भनी छुट्याउन सकिन्छ ?

हामी आफ्ना बालबच्चालाई हरक्षण उपदेश दिइरहेका हुन्छौं, बुद्धिमान हुनु । यसको अर्थ हरेक कुरालाई सही ढंगले बुझ्ने, सम्झने र व्यवहारमा उतार्ने खुबी हुनु ।

ब्याकबेन्चर ?

भारतका पूर्व राष्ट्रपति डा. एपिजे अब्दुल कलामले भन्ने गर्थे, ‘देशको सबैभन्दा तेज दिमाग, कक्षाको आखिरी बेन्चमा बस्नेसँग हुन्छ ।’

हामी सोच्छौ कि कक्षाको अन्तिम बेन्चमा बस्नेले राम्रो स्कोर ल्याउन सक्दैन । यसकारण उनीहरु बुद्धिमान हुँदैनन् । यो विलकुल गलत हो । पहिलो बेन्चमा बस्ने विद्यार्थी कक्षामा हरेक प्रश्नको जबाफ दिन सक्छन् । तर, सबैभन्दा अन्तिम बेन्चमा बस्ने विद्यार्थीले जिन्दगीको हरेक समस्या सल्टाउन जानेको हुन्छ ।

बैज्ञानिक तर्क – एक अध्ययनबाट थाहा भएको छ कि, जो व्यक्ति एक रुटिनको कामसँगै अर्को काम गर्न सक्छ, उनीहरु सामान्यभन्दा बढी बुद्धिमान हुन्छन् ।

किताब पढेर आनन्द 

आफुमा आफै मग्न रहने प्रवृत्ति कतिमा हुन्छ । उनीहरु किताब पढेर रमाउँछन् । यस्ता व्यक्ति स्वंममा खुसी भइरहेका हुन्छन् ।

बैज्ञानिक तर्क – कलेजको २ हजार विद्यार्थीमा एक अध्ययन गरिएको थियो । यस अध्ययनमा सिद्ध भयो कि, सानो उमेरमा कितावमा लगाव भएको व्यक्ति बुद्धिमान हुन्छन् । आफुमा आफै मग्न रहने र कितावमा घोत्लिने बच्चा पछि गएर निकै बुद्धिमान् हुन्छन् ।

देब्रे हातले लेख्ने

यदि आफ्नो बच्चा दायाँ हातले लेख्दैन भने यो खुसीको कुरा हो । बायाँ हातले लेख्ने बच्चा तुलनात्मक रुपमा बुद्धिमान हुने वताइन्छ ।

बैज्ञानिक तर्क ९० को दशकमा गरिएको एक अध्ययनबाट पाइयो कि, बायाँ हातले लेख्ने व्यक्ति फरक दृष्टिकोण राख्छन् । उनीहरु दुई अलग–अलग वस्तुलाई अर्थपूर्ण बनाउँछ, जो बुद्धिमानीको संकेत हो । बायाँ हातवाला रचनात्मक सोंच भएका हुन्छन् ।

आसपासका व्यक्तिलाई हँसाइरहने

कतिपयको प्रवृत्ति हुन्छ, हरबखत हाँसो ठट्टा गरिरहने । उनीहरु आफ्ना साथीहरुलाई हँसाइरहन्छ । जब कुनै व्यक्ति आफ्नो समस्या लिएर आउँछ, त्यसलाई समस्याको रुपमा नलिएर त्यो व्यक्तिको हाल हेर्न थालिन्छ । यो एकदमै राम्रो गुण हो । यदि हामी रोमान्टिक एवं ठट्यौली स्वभावका छौ भने, यसले हामी बुद्धिमान भएको संकेत गर्छ ।

बैज्ञानिक तर्क १९९० मा डाक्टर ए माइकल जन्सनले अध्ययन गरेका थिए, जसमा हास्य वा समस्या सुल्झाउने कुशलतामा सोझो सम्बन्ध पाए । अरुलाई हँसाउने क्षमता भएकाहरु समस्या सुल्झाउन पनि माहिर हुने उनको अध्ययनको निष्कर्ष थियो ।

मङ्लबार, बैशाख १६, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...