खोरभित्र पसेको चरिबाघलाई नियन्त्रणमा लिएर छाडियो

44 Views

म्याग्दी / कुखुराको शिकार गर्न भनी खोरभित्र पसेको चरिबाघलाई नियन्त्रणमा लिएर सामुदायिक वन क्षेत्रमा छाडिएको म्याग्दीको बेनी नगरपालिका, खबराका प्रेमबहादुर कुँबरको घर अगाडि आँगनमा रहेको कुखुराको खोरमा पसेको संरक्षित स्तनधारी वन्यजन्तु जनावर चरिबाघलाई शुक्रबार नियन्त्रणमा लिई छाडिएको हो

   खोरभित्र पसेर कुखुराको शिकार गर्न थालेको थाहा पाएपछि घरधनीले खोरको ढोका लगाई प्रहरी कार्यालय डिभिजन वन कार्यालयमा खबर गरेका थिए खबरलगत्तै वन कार्यालय, सशस्त्र तथा नेपाल प्रहरी, स्थानीय सामुदायिक वनका पदाधिकारीको संयुक्त पहलमा उक्त चरिबाघलाई वन कार्यालयको फलामे खोरमा राखिएको थियो

 नियन्त्रणमा लिइएको चरिबाघलाई रघुगंगा गाउँपालिका, बैंसरीस्थित सिरुबारी ठाडिखोरिया सामुदायिक वन क्षेत्रमा लगेर छाडिएको डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत सन्तोष खनालले जानकारी दिए नियन्त्रणमा लिएर छाडिएको भाले प्रजातीको सो चरिबाघ अन्दाजी केजी तौल, फिट लम्बाई, एक फिट उचाई बयस्क उमेरको रहेको सहायक वन अधिकृत खनालको भनाइ बिरालो प्रजाती अन्तर्गतको सानो चरिबाघले कुखुरा, जङ्गलमा पाइने चराचुरुङ्गी मुसा खाने गर्दछ

  कुखुराको शिकार गर्न पुगेको चरिबाघले प्रेम कुँबरले पालेका स्थानीय जातको १२ ओटा कुखुरा मारिदिएको उक्त चरिबाघ खबरास्थित भसभसे सामुदायिक वन क्षेत्रबाट आहाराको खोजीमा कुखुराको शिकार गर्न गएको हुनसक्ने अनुमान गरिएको कोरोना भाइरसका विरुद्ध जारी लकडाउनको समयमा मानिसको आवतजावत रोकिएका कारण बन्यजन्तु जनावरको आक्रमण बढ्न थालेपछि समुदायमा त्रास फैलिएको

बुधबार, बैशाख १७, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...