कोरोनासम्बन्धी बहुउपयोगी मोबाइल एप सार्वजनिक

41 Views

कोरोना भाइरस (कोभिड–१९) महामारी रोगको पहिचान, रोकथाम तथा प्रतिकार्यसम्बन्धी जानकारीसहित सङ्क्रमितको ट्रेसिङका लागि बहुउपयोगी ‘कोभिड एनपी एप’ सार्वजनिक गरिएको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र (क्राइसिस म्यानेजमेन्ट सेन्टर) बाट निर्माण गरिएको उक्त एप शनिबार सार्वजनिक गरेका हुन् । केन्द्रका संयोजक उपप्रधानमन्त्री पोखरेलले एपमा सर्वसाधारणको पहुँच बढाउनुपर्नेमा जोड दिए ।
‘यो प्राविधिक विषय भएकाले सर्वसाधारण नागरिकले सरल र सहज ढङ्गले बुझ्ने र प्रयोग गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्छ’, उनले थपे, ‘कोभिडएनपी एप प्रयोगका सम्बन्धमा पनि विभिन्न सञ्चार माध्यमबाट सूचनामूलक सामग्री प्रकाशन प्रसारण गर्न जरुरी छ ।’
गोरखापत्रबाट

आइतवार, बैशाख २८, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...