डब्लुएचओको चेतावनी,कोरोना कहिल्यै नियन्त्रण हुँदैन

43 Views

एजेन्सी– विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) कहिल्यै नियन्त्रणमा आउन नसक्ने चेतावनी दिएको छ ।

जेनेभामा भएको एक भर्चुअल कन्फरेन्समा डब्लूएचओका आपतकालीन निर्देशक माइकल रयानले आगामी धेरै समयसम्म पनि कोरोना अन्त्य नहुने बताए । एचआईभी एड्सजस्तै कोभिड–१९ पनि कहिल्यै उन्मुलन नहुने देखिएको स्पष्ट गरे । कोभिड–१९ विरुद्धको भ्याक्सिन तयार नभएको र मानिसहरुको प्रतिरोधी क्षमता वृद्धि हुन वर्षौं लाग्ने भएकाले संक्रमण तत्काल नियन्त्रणको सम्भावना नरहेको उल्लेख गरे ।

संसारभर यस वटा भ्याक्सिन निर्माणको प्रयास भइरहे पनि सफलता प्राप्त नएको स्मरण उनले गरे । उनले लकडाउनमा रहेको संसार विस्तारै खुला हुन थालेकामा चिन्ता व्यक्त गर्दै सतर्क रहन अपिल गरे । रयानले जनजीवन सामान्य हुन अझै धेरै समय लाग्ने सक्ने चर्चा गरे ।

‘कोभिड–१९ कहिलेसम्म रहन्छ भन्नेबारे कसैले पनि केही बताउन सक्दैन’, रयानले भने, ‘सायद एचआईजी एड्सजस्तै यो लामो समय रहन सक्छ ।’

बिहिबार, जेष्ठ १, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...