यूएईमा धेरै नेपाली रोजगारी गुमाएर स्वदेश फर्कदैं

18 Views

कोरोना भाइरसका कारण सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत नेपालीले रोजगारी गुमाउने देखिएको छ ।

युवालाई वैदेशिक रोजगारीमा पठाउँदै आएको वैदेशिक रोजगार व्यवसायी संघले गरेको पछिल्लो अध्ययन अनुसार कोरोनाको सबैभन्दा बढी असर युएईमा रहेका नेपालीमाथि पर्ने देखिएको हो ।
युएईमा रहेकामध्ये कम्तीमा ३० प्रतिशत नेपालीले रोजगारी गुमाउने संघले जनाएको छ । ‘कोरोनाले युएईको होटल, पर्यटन क्षेत्रमा नराम्रो असर परेको छ, संघका महासचिव सुजितकुमार श्रेष्ठले भने, जसले गर्दा होटल, पर्यटन क्षेत्रका काम गर्नेसहित धेरै सुरक्षा गार्डले रोजगारी गुमाएका÷गुमाउँदै छन् ।’ नागरिक दैनिकबाट

शनिबार, जेष्ठ १०, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...