घट्यो बजेटको आकार, १४ खर्ब ७४ अर्बको ६४ करोड

काठमाण्डु, १५ जेठ– सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि अनुमानित आय तथा व्ययको विवरण सार्वजनिक गरेको छ ।

बिहीबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् । अर्थमन्त्री खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेस गरेका छन् । यो चालु आर्थिक वर्ष २०७६/०७७ को भन्दा झण्डै एब अर्बले कम हो । चालु आबमा सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।

कुल विनियोजनमध्ये चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड अर्थात अर्थात ६४.४ प्रतिशत, पुँजिगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात २३.९ प्रतिशत र वित्तिय व्यवस्थापनतर्फ १ खर्ब ७२ अर्ब ७९ करोड अर्थात, ११.७ प्रतिशत रहेको अर्थमन्त्रीले जानकारी दिए ।

उनले राजस्वबाट ८ खर्ब ८९ अर्ब, वैदेशिक अनुदानबाट ६० अर्ब तथा वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब रुपैयाँको श्रोत जुटाइने बताए । यस्तै त्यतिले नपुगे आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाउने अर्थमन्त्रीले उल्लेख गरे ।

शुक्रबार, जेष्ठ १६, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...