ट्रम्पद्वारा डब्लुएचओसँग सम्बन्ध विच्छेदको घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँग सम्बन्ध विच्छेदको घोषणा गरेका छन् ।

डब्लुएचओलाई सुध्रिन पटकपटक आग्रह गर्दै आएको भए पनि सुधारिन तयार नभएकाले सबै प्रकारको सम्बन्ध तोडिएको ट्रम्पले बताए । ‘डब्लूएचओलाई सुधारका लागि धेरै अनुरोध गरेका थियौँ’, शुक्रबार ह्वाइटहाउसमा पत्रकारसँग ट्रम्पले भने, ‘ऊ आफूलाई सुधार्न तयार भएन, त्यसैले आजैका मितिदेखि हामी डब्लुएचओसँगको सम्बन्ध विच्छेद भएको घोषणा गर्दछौं ।’

ट्रम्पले डब्लुएचओ चीनको प्रवक्ता बनेको र कोभिड–१९ महामारी नियन्त्रण गर्न असफल भएको आरोप लगाउँदै आएका छन् । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ बारे समयमै सही सूचना नदिएको र चीनसँग मिलेर काम गरेकाले कोभिडले विश्वव्यापी महामारीको रुप लिएको उनको भनाइ छ । ट्रम्पले यअसघि नै डब्लुएचओलाई दिँदै आएको अनुदान रोक्का गरिसकेका छन् ।

शनिबार, जेष्ठ १७, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...