विश्वभर एकै दिन १ लाख २५ हजारबढी संक्रमित भेटिए

चीनको हुवे प्रान्तबाट सुरु भएर विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) पछिल्लो समय झनै तीव्र रुपमा फैलिन थालेको छ । शुक्रबार अहिलेसम्मकै धेरै १ लाख १५ हजारबढी नयाँ संक्रमित फेला परेका थिए तर शनिबार त्यो भन्दा पनि धेरै अर्थात् १ लाख २५ हजारबढी नउाँ संक्रमित फेला परेको तथ्यांक संकलक वल्र्डवमिटरडटकमले जनाएको छ ।

वल्र्डवमिटरडटकमका अनुसार विश्वभर कुल ६० लाख २९ हजार ९ सय ५० जना यो भाइरसबाट संक्रमित भइसकेका छन् । साथै यस भाइरसबाट मृत्यु हुनेको संख्या ३ लाख ६६ हजार ८ सय २ पुगेको छ । संक्रमितको संख्या बढ्दै जाँदा कोरोना भाइरसलाई जित्नेको संख्यामा पनि वृद्दि भएको छ ।

पछिललो २४ घण्टामा करिब ८० हजार संक्रमितले यस भाइरसलाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २६ लाख ५९ हजार २३९ पुगेको छ । निको र मृत्यु हुनेबाहेक अहिले सक्रिय संक्रमितको संख्या ३० लाख ३ हजार ९०९ रहेको छ । तीमध्ये ५३ हजार ७ सय ३५ जना गम्भीर बिरामी रहेका छन् ।

कोरोनाभाइरसबाट सबैभन्दा बढी अमेरिकामा १ लाख ४ हजार ५४२ जनाको  मृत्यु भएको छ । साथै संक्रमितको संख्या १७ लाख ९३ हजार ५३० पुगेको छ । ५ लाख १९ हजार ५६९ जना निको भएर घर फर्केका छन् भने १७ हजार २०४ जना गम्भिर अवस्थामा रहेका छन् ।

अमेरिका पछि सबैभन्दाबढी ब्राजिलमा कोरोना भाइरस फैलिएको छ । त्यहाँ संक्रमितको संख्या ४ लाख ६८ हजार ३३८ पुगेका छ भने मृत्यु हुनेको संख्या २७ हजार ९४४ रहेको छ ।

शनिबार, जेष्ठ १७, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...