नेपाली साझा मंच साउदीद्वारा ७ जना पीडित नेपालीहरुलाई खाद्यान्न सहयोग

अन्जान गुभाजु
इरुप्से डटकम  दम्माम,साउदी अरब / नेपाली साझा मंच साउदी अरब र FPI मा कार्यरत नेपाली दाजुभाइ द्वारा दम्माम 2nd सन्यैया स्थित पीडित ७ जना नेपाली दाजुभाइहरु लाई खाद्यान्न सहयोग गरेको छन् ।विगत ४ महिना देखि तलब लगायत केही सेवा सुविधा नदिएपछि खाना नपाउने अबस्थामा पीडितहरु नेपाली साझा मंच दम्माम संयोजक अन्जान गुभाजुको सम्पर्कमा पुगेको थियो । नेपाली साझा मंच र FPI मा कार्यरत नेपाली दाजुभाईको सहकार्यमा १ महिनालाई पुग्ने चामल लगायत खाद्यान्न सहयोग गरेको छ । पिडित ७ जना नेपाली थमेर नामक सप्लाई कम्पनीमा कार्यरत रहेको छ । उनिहरु आर के म्यानपावर ग्रुप मार्फत साउदी आएको थिए । उनिहरु लकडाउनको कारण १ महिना देखि कोठामा बसिरहेका छन् ।

कम्पनीले ओभर टाईमको बराबर ज्याला पनि नदिएको पीडितहरुले बताएका छ ।
पीडितहरु जे जसरी हुन्छ ,घर फिर्ता हुन नेपाली साझा मंच मार्फत नेपाली दूतावास / नेपाल सरकार लाई अनुरोध गरेका मन्च अध्यक्ष बिष्णु घिमिरेले पिटि अनलाइन बताए । उहाँका अनुसार ईद छुट्टी पछि दूतावास मार्फत पीडितहरुको कम्पनी सङ बुझी आबस्यक पहल गरिने बताएका छ ।


त्यसै गरि पीडित नेपालीहरु लागि सहयोगमा योगदान पुर्याउने कमल सेढाई ,लछुराम श्रीमल ,भरत पौडेल ,मन्चका प्रमुख सल्लाहकार कृष्ण पुरी ,प्रमुख बिष्णु घिमिरे ,उपप्रमुख अकल प्रधान लगायत मन्च टिम तथा FPI मा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ लाई नेपाली साझा मन्च ,दम्माम कमिटीले हार्दिक आभार व्यक्त गरेका छन् ।

शनिबार, जेष्ठ १७, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...