स्वदेश फिर्तीका लागी साउदी अरब नेपाली दूतावासको अत्यन्त जरुरी सुचना

सुन्जित तामाङ / साउदी अरब रियाद स्थित नेपाली दुताबास ले प्रेस विज्ञाप्ति निकाल्दै स्वदेश फिर्ती सहजीकरण सम्बन्धि जरुरी सुचना जारि गरेको छ । विश्वभर महामारीको रुपमा फैलेरहेको कोरोना भाइरस अर्थात् कोभिट १९ बाट प्रभावित भई बैदेशिक रोजगारमा रहेका बिभिन्न समस्यामा परेका नेपालीहरुलाई नेपाल सरकारले कोरोना संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश फर्किनु पर्ने अवस्थामा प्राथमिकताका आधारमा स्वदेश फर्किन सहजीकरण गर्ने निर्णय अनुसार नेपाली दुताबास रियादले पनि फारम संकलन गरिरहेको छ ।

उक्त फारम मार्फत नेपाली श्रमिक हरुको समस्यालाई मध्ये नजर गर्दा वहिर्गमन भीसा (Exit Visa) लागेका, करार समाप्त भएका, रोगजारी गुमाएका, Exit Visa लागेका महिला, गर्भवती, पारिवारिक/भिजिट भिसामा आएकाहरु, अकामा नविकरण नगरिएका वा नवनाइएका, आफन्तको मृत्यु भएका, कोरोना वाहेक अन्य विरामीहरु, रोजगारी सहित विदामा जाने, अध्ययन सकेर नेपाल जानुपर्ने विद्यार्थी लगायतले फारम भरेको देखिएको नेपाली दुताबास द्वारा विज्ञाप्ति मार्फत जनाइएको छ ।

नेपाली राजदूतावास रियादले आह्वान गरेको अनलाइन फारम भर्नु भएका आभा खमीस, नजरान, जिजान, आभा, बाहा, बलजुरैसी, बिसा, ताइफ, मक्का, मदिना, जेद्दा, यम्बु, ताबुक, लगायतका स्थानमा कार्यरत सबैजनाको विवरण एकिकृत गरी नेपाली महाबाणिज्य दूतावास, जेद्धामा पठाइएकोले महाबाणिज्य दूतावास जेद्धामा सम्पर्क गर्नको लागि दुताबास रियादले अनुरोध गरेका छन् भने अकामा नविकरण नगरिएका, नवनाइएका, काम्पनी छाडी अन्यत्रै काम गरिरहेका लगायतका अलेखवद्द नेपालीहरुलाई स्वदेश फर्काउने सम्बन्धमा सम्बन्धित निकायसँग समन्वय भइरहेकोले उक्त सम्बन्धमा पछि जानकारी गराइने भएको छ ।

स्वदेश फर्किनको लागि हवाई टिकट खर्च, कोरोना संक्रमणको अनिवार्य स्वास्थ्य परिक्षण, क्वारेन्टाइनमा बस्नुपर्ने अवधि तथा पालना गर्न पर्ने अन्य शर्तहरुका बारेमा भने पछि जानकारी दिईने भएको छ । तर विवरण बुझाउन बाकि रहेका नेपालीहरुले निम्न ईमेल र whatsapp मा पठाउना अनुरोध गरिएको छ ।

ईमेल [email protected] र WhatsApp नं. ०५०००३१७०५

पठाउनुपर्ने कागजात हरु
१. बहिर्गमन भिसा र राहदानीको कपि ।
२. विरामी भएकाहरुले चिकित्सकको प्रमाणपत्र, ‌औषधीको प्रेस्कृप्सन । जहाजमा उड्न कठिनाइ हुने बिरामीले सो समेत खुलाउनुपर्ने ।
३. आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानुपर्नेको हकमा कारण सहितको स्वघोषणा ।
४. नेपाल जानुपर्ने विध्यार्थीहरुको अध्ययन सकिएको वा विदा आदिको कागजात ।

मङ्लबार, जेष्ठ २०, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...