लकडाउनले खान नपाएपछि आत्महत्या प्रयास

२२ जेठ– हेटौंडा–४ का एक मजदुरले यसै साता आत्महत्या प्रयास गरे ।

छिमेकीले तत्काल थाहा पाएपछि उद्धार गरी उनलाई सान्त्वना मात्र दिएनन्, केही रकम जम्मा गरी दाल, चामलको जोहो गरिदिए ।

लकडाउनका कारण दैनिक ज्यालादारीको काम गर्न नपाएपछि ती अधबैंसे पुरुषले आत्महत्या प्रयास गरेका थिए । ‘मजदुरी गरेर जीविका चलाउँदै आएका उनले आफ्ना स–साना चार छोराछोरीलाई यो खाऊ भन्ने चिज केही दिन नसकेपछि आफू मर्ने निधो गरेका रहेछन्,’ स्थानीय मिलन श्रेष्ठ भन्छन् ।

लकडाउनका कारण काम बन्द भएपछि दैनिक ज्यालादारी गरी जीविका चलाउँदै आएका मजदुरको दैनिकी कष्टकर बन्दै गएको छ । अन्नपूर्ण पोस्टबाट

बिहिबार, जेष्ठ २२, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...