कोरोना महामारीः सार्क राष्ट्रमध्ये नेपालको अवस्था सन्तोषजनक

कोरोना भाइरस संक्रमणको दृष्टिले सार्क राष्ट्रमध्ये नेपालको अवस्था सन्तोषजनक रहेको छ । सबैभन्दा धेरै संक्रमित भारत र थोरै भुटानमा रहेका छन् ।

सार्क राष्ट्रहरूमा नेपाल संक्रमित संख्याको आधारमा पाँचांै स्थानमा छ । नेपालमा हालसम्म ३ हजार ४ सय ४८ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये ४ सय ६७ जना डिस्चार्ज भएका छन् । १३ जनाको मृत्यु भएको छ । जनस्वास्थ्य विज्ञहरूले भने नेपालमा कोरोना परीक्षणको दर कम भएकाले संक्रमित संख्या न्यून देखिएको बताउँदै आएका छन् ।

कोरोना भाइरसको तथ्यांक अद्यावधिक गर्दै आएको वल्र्ड मिटरका अनुसार सबैभन्दा धेरै संक्रमितको संख्या भारतमा रहेको छ । भारतमा हालसम्म २ लाख ४७ हजार ८ सय ५७ जनालाई संक्रमण पुष्टि भएको छ । यस्तै, १ लाख १९ हजार २ सय ९३ जना निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये ६ हजार ९ सय ५४ जनाको ज्यान गएको छ ।
यस्तै, पाकिस्तानमा ९८ हजार ९ सय ४३ जनालाई संक्रमण पुष्टि भएको छ । त्यहाँ ३३ हजार ४ सय ६५ जना निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये २ हजार २ जनाको मृत्यु भएको छ ।

बंगलादेशमा ६५ हजार ७ सय ६९ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १३ हजार ९ सय ३ जना निको भएका छन् । यस्तै, ८ सय ८८ जनाको ज्यान गएको छ । अफगानिस्तानमा संक्रमितको संख्या २० हजार ३ सय ४२ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये १ हजार ८ सय ७५ निको भएर घर फर्किएका छन् । हालसम्म अफगानिस्तानमा ३ सय ५७ जनाको ज्यान गएको छ ।

मालदिभ्समा १ हजार ९ सय १ जनालाई संक्रमण पुष्टि भएको छ । ७ सय ६३ जना निको भई फर्केको मालदिभ्समा मृतकको संख्या आठ पुगेको छ । यस्तै, भुटानमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ११ जना निको भई घर फर्किएका छन् । भुटानमा कोरोना संक्रमणबाट कसैले पनि ज्यान गुमाएका छैनन् । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

सोमवार, जेष्ठ २६, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...