पारिश्रमिक घटाउँदै बलिउड स्टार

कोरोना भाइरसका कारण साढे दुई महिनादेखि बलिउडको काम ठप्प छ । धेरै फिल्मको सुटिङ र रिलिज अड्किएको छ । जसले गर्दा फिल्मको बजेट पनि प्रभावित भएको छ । फिल्म समीक्षकका अनुसार बलिउडलाई तीन हजारदेखि चार हजार करोड रुपैयाँको नोक्सान हुनेछ ।पारिश्रमिक घटाउँदै बलिउड स्टार

यो संकटकालमा फिल्म निर्माताको आर्थिक स्थिति हेरेर बलिउडका केही स्टार आफ्नो पारि श्रमिक घटाउन तयार भएका छन् । एक अन्तर्वार्तामा माधुरी दीक्षितले भनिन्, ‘हामीले निर्मातालाई सपोर्ट गर्ने बेला भएको छ । हामी सबै ठिक तरिकाले काम सुरु होस् भन्ने चाहन्छौं । त्यसैले हामीले आफ्नो पारि श्रमिक घटाउनु जरुरी छ । उद्योग सामान्य रूपले चलोस् भन्ने सोच्ने हो भने हामीले पनि प्रयास गर्नु जरुरी छ । यसका लागि म निर्माताको पक्षमा उभिन तयार छु ।’

बलिउड अभिनेता कार्तिक आर्यनले पनि पारि श्रमिक घटाउने इच्छा व्यक्त गरेका छन् । ‘म कसैको नोकरी खोस्न चाहन्न । यसको समाधान खोज्नुपर्छ जसबाट समस्या उत्पन्न नहोस् अनि निर्माता पनि बाँचुन् । फिल्म उद्योग एकसाथ अघि बढाउन र फेरि काम सुरु गर्न जे गर्नुपर्छ म त्यसका लागि तयार छु । सामूहिक रूपमा गरिने निर्णय मलाई मान्य हुनेछ ।’ सान्डकी आँख’ अभिनेत्री तापसी पन्नुले भनिन्, ‘अहिले कुनै सुटिङ भइरहेको छैन त्यसैले तलब पनि पाइएको छैन । काम सुरु भएपछि पारि श्रमिक घटाउनु प¥यो भने पनि म तयार छु ।’

सोमवार, असार १, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...