कोरोनाको कहर

मुकुन्दमणी घिमिरे

तिमी पनि थुन्नियौरे लकडाउनले गर्दा
मलाई पनि गाह्रो भा’छ होम क्वारेन्टाइन पर्दा
कोरोनाको महामारीले गाज्यो बिस्वलाइ
भोकमरीले सताएर तड्पीया छ्न कति नखाई
आज उस्तै भोलि उस्तै महिनौं बिते उस्तै
न त काम न त हिड्डुल शरीर दिमाग सुस्तै
कहिले सम्म यस्तो हुने, कति मान्छे मर्ने ?
मै हु भन्ने शक्तिशाली रास्ट्र भए हार्ने
श्रद्धा सुमन दिवङगतलाइ शिघ्र स्वास्थ्य सबलाइ(सबैलाई)
होम क्वारेन्टाइन कति बस्नु ? असर पर्ने जबलाइ(जागिरलाइ)
सुरक्षित भइ गर्दा गर्न मिल्छ काम
आफु जोगिउ अरु जोगाउ यहि हो चार धाम
मान्नै पर्ने नियम कानुन इच्छाशक्ति हुँदा
कस्तो डर हो ? ज्यानै जोखिम एक अर्कालाइ छुदा
यता यतै उता उतै कडा भयो नाका
आज आउछु भोलि आउछु सर्दै गयो भाखा
प्रकृतिको लिला यस्तै सबलाइ गाह्रो भा’छ
घट्दै जाला सुस्त सुस्त अब यहि आस ला’छ
तिम्लाइ हाम्लाइ मात्र होइन सबै नै त्रसित
उन्मुलन भो भन्ने सुन्दा विश्व हुन्थ्यो हर्सित

मङ्लबार, असार २, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...