उपत्यकामा ६ सहित ६७१ सङ्क्रमित, कुल ७८४८, थप दुई जनाकाे मृत्यु

नेपालमा थप ६७१ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित ७८४८ पुगेको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे । महिला ८० र पुरूष ५९१ सङ्क्रमित भएका छन् ।

उपत्यकामा ६ जना सङ्क्रमित

काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा एक महिलासहित ३ जना, काठमाडौंमा एकजना पुरूष र एकजना महिला र ललितपुरमा एकजना पुरूषमा कोरोना संक्रमण देखिएको हो ।

निकाे भएकाे ११८६

थप १९ जना निकाे भएर डिस्चार्ज भएका छन् । याेसँगै निकाे भएकाे ११८६ पुगेकाे छ । पुरूष १०७२ र महिला ११४ निकाे भएका छन् । यस्तै रेड जाेनमा ५१७ र बिहीबार थप ४ जना थपेका छन् ।

थप २ जनाकाे मृत्यु

यस्तै २४ घण्टामा २ जनाकाे मृत्यु भएकाे छ। याेसँगै २२ पुगेकाे छ ।

७७ जिल्लामध्ये ७४ वटा जिल्लामा काेराेना भाइरस फैलिएकाे छ ।

बिहिबार, असार ४, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...