म्याग्दीमा पहिरोले २ भैसी मरे १ घर क्षती

शुक्रबार देखि अबिरल परेको वर्षाका कारण म्याग्दीमा पहिरोमा परेर एक घर पूर्ण नष्ट भएको छ भने गोठ भत्किदा २ भैसी मरेका छन् ।
बेनी नगरपालिका–८ की जनमायाँ किसानको कच्ची घर पहिरोले पूर्ण रुपमा क्षती भएको बेनी नगरपालिका–८का वडा अध्यक्ष तथा प्रवक्त रामकृष्ण बराईलीले बताउनुभयो । बराईलीका अनुसार कच्ची घर पूर्ण रुपमा क्षती भएको छ । पहिरोले घर क्षती भएपछि जनमायाँ र उनका एक छोरा र एक छोरी छिमेकीकोमा आश्रय लिएकाछन् । बेनी नगरपालिकाले क्षती अध्ययन गरेर के गर्ने भन्ने विषयमा निर्णय गरी नसकेको समेत बराईलीले बताउनुभयो ।
त्यस्तै उत्तरी म्याग्दीको अन्नपुर्ण गाउँपालिका–,५ शिख किन्दुका ३२ वर्षिय टकबहादुर सिञ्जालीको गोठ भत्किदा गोठमा रहेका २ वटा भैसी पुरीएर मरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्सपेक्टर डाक्टर चौधरीले बताउनुभयो । चौधरीका अनुसार घटना भएको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटी उद्धार गरेको थियो ।
वर्षातले गर्दा अवरुद्ध भएको बेनी–जोमसोम एवम् बेनी दरवाङ सडक सञ्चालनमा आइसकेको समेत इन्सपेक्टर चौधरीले बताउनुभयो ।

आइतवार, असार ७, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...