कोरोना भाइरसको जिनमा भएको परिवर्तन तथा यसका जोखिमहरु

एक्काइसौं शताब्दीकै सबैभन्दा भीषण महाव्याधिको रुपमा देखापरेर सारा संसारभरि आतंक मच्चाइरहेको सार्स–कोभ–२ भनिने कोरोनाभाइरसका बारेमा हालसम्म पूर्णरुपमा थाहा पाउन सकिएको छैन । एकातिर यस भाइरसले संसारभरिमा ८७,६८,२६५ जनालाई संक्रमित तुल्याइसकेको छ र ४,६३९९९ जनाको ज्यानै लिइसकेको छ भने अर्कोतिर यसका बारेमा नयाँ नयाँ तथ्यहरु पनि फेला पर्दै गइरहेका छन् । प्रकोप शुरु भएको सात महिनामा आइपुग्दा विश्व स्वास्थ्य संगठनले यो महाव्याधिले झनै खतरनाक चरणमा प्रवेश गरेको चेतावनी दिइसकेको छ । यसै पृष्ठभूमिमा प्रस्तुत छः काेभिड–१९ नाम दिइएको खतरनाक महाव्याधि लगाउने यस कोरोनाभाइरसको चिरफार गरिएको प्रा.डा. रेवतीरमण मल्लको विशेष लेखलाई हामीले रातोपाटीडटकमबाट साभार गरेका हौं ।

कोरोना भाइरसका जिनमा हुने परिवर्तनबारे छलफल गर्नुअघि कोरोना भाइरसका इतिहास र प्रकारबारे सामान्य छलफल हुन आवश्यक देखिन्छ।
कोरोना भाइरसको इतिहास:
कोरोना भाइरस पहिलोपल्ट सन् १९३० मा पत्ता लागेको थियो। त्यतिबेला यसले कुखुराहरुको स्वासप्रस्वास प्रणालीमा संक्रमण गरेको पाइएको थियो। त्यतिखेर संक्रमित कुखुराहरुको मृत्युदर ४० देखि ९० प्रतिशतसम्म पुगेको थियो। मानिसमा संक्रमण गर्ने कोरोना भाइरस (Human Corona Virus) पहिलोपटक सन् १९६० मा पत्ता लागेको थियो। कोरोना भाइरस आर.एन. ए. (RNA) ग्रुपका भाइरस हुन्। यिनले स्तनधारी जीवहरु (Mammals) र चराहरु (birds) लाई रोग निम्त्याउन सक्ने खुबी राख्दछन्।

कोरोना भाइरसका प्रकारहरु:

पृथ्वीमा हालसम्म पत्ता लागेका ३० किसिमका कोरोना भाइरसमध्ये ८ किसिमका कोरोना भाइरसले मानव स्वास्थ्यमा असर पारेको पाइएको छ। तीमध्ये चार किसिमका कोरोना भाइरसले मानिसमा सामान्य रूपमा आफैँ निको हुने खालको रुघाखोकीको लक्षण देखाउने गरेको पाइएको छ। ती भाइरसहरु निम्न अनुसार छन्:

१) Human coronavirus OC43 (HCoV-OC43), β-CoV

२) Human coronavirus HKU1 (HCoV-HKU1), β-CoV

३) Human coronavirus 229E (HCoV-229E), α-CoV

४) Human coronavirus NL63 (HCoV-NL63), α-CoV

मानिसमा ४० देखि ५० प्रतिशत रुघाखोकी Rhino Virus ले गराउछन् । २० प्रतिशत रेस्पिरेटरी सिन्सिटियल (Respiratory Syncitial Virus, १० देखि १५ प्रतिशत पाराइन्फ्लुन्जा (parainfluenza Virus) भाइरस, ५ प्रतिशत Adenovirus भाइरसले गराउँदछन्। त्यसै गरी २० प्रतिशत रुघाखोकी माथि उल्लेख गरिएका चार किसिमका कोरोना भाइरसले गराउँदछन्।

तर यीबाहेक निम्न प्रकारका कोरोना भाइरसले मानिसलाई संक्रमण गरी जटिल किसिमका लक्षणहरु देखाउनु को साथै ठुलो संख्यामा मानिसको मृत्यु गराउन सक्ने क्षमता राख्दछन्:

५) Severe acute respiratory syndrome coronavirus (SARS-CoV), β-CoV:

SARS-CoV नामको कोरोना भाइरसले  सन् २००२ देखि २००४ सम्म चीन, कोरिया, हङकङ लगायत २८ देशमा महामारी फैलाई कुल ७ सय ७४ जना मानिसको ज्यान लिएको  थियो। यो भाइरस चमेरो बाट उत्पत्ति भएर पहिलोपटक चीनको फोसानमा मानिसलाई संक्रमण गराई देखापरेको थियो।

६) Middle East respiratory syndrome-related coronavirus (MERS-CoV), β-CoV:

MERS-CoV  नामको कोरोना भाइरसले सन्  २०१२, २०१५ र २०१८ मा मध्यपूर्वका देशहरू साउदी अरेविया, जेद्दा लगायत २७ देशमा महामारी फैलाएर कुल ८ सय ५८ जना मानिसको ज्यान लिएको थियो। यो भाइरस चमेरा र ऊँटबाट उत्पत्ति (Origin) भएको थियो।

७) Severe acute respiratory syndrome coronavirus 2 (SARS-CoV-2), β-CoV:

यो हालका दिनहरूमा  विश्व महामारी (पान्डेमिक) को रूपमा  रोग फैलाइरहेको कोरोना भाइरस हो। यसलाई  SARS- CoV-2 भाइरस, nCoV-19 भाइरस वा नोवेल कोरोना भाइरस पनि भनिन्छ। यो भाइरस विश्वमा पहिलोपल्ट चीनको उहानमा गत २०१९ को डिसेम्बर महीनामा मानिसमा संक्रमण गराई देखापरेको थियो। यस नोवेल कोरोना भाइरसको माथि नम्बर ५ मा उल्लेख गरिएको SARS- CoV नामको कोरोना भाइरससंग ७०% जेनेटिक समानता पाइएको छ भने चमेरोमा पाइने कोरोना भाइरससंग यसको ९६% जेनेटिक समानता पाइएको छ।

यस नोवेल कोरोना भाइरसको रुपान्तरण बारेमा छलफल शुरु गर्नुभन्दा अघि भाइरसको जेनेटिक्स संग सम्बन्धित सामान्य शब्दहरु बारेमा बुझ्नु जरुरी हुन्छ।

स्ट्रेन (Strain):

स्ट्रेन भन्नाले भाइरसको आधारभूत मौलिक (Original) स्वरुपमा म्युटेसन भएपछि  परिवर्तन भएको स्वरुप र गुणको भाइरस लाई Strain वा Trait भनेर बुझ्नुपर्छ। यसलाई भाइरसको सब-टाइपको रूपमा बुझ्न सकिन्छ। यसमा भाइरसको अंगको बाहिरी प्रोटिनको पत्रको सतहमा मौलिक अङ्गमा भन्दा फरक रुप हुनुको साथै अन्य स्ट्रेनको भन्दा फरक खालको इम्युन रेस्पोन्स देखाउन सक्ने गुण विद्यमान रहेको हुन्छ। निश्चित स्ट्रेनका भाइरसमा देखिने फरक विशेषतालाई Traits भनेर बुझ्नुपर्छ।

*म्युटेसन (Mutation):

म्युटेसन भन्नाले भाइरसको आफूजस्तै हुबहु स्वरुपका कपीहरु बनाई फैलिने प्रक्रिया (Replication) को बेलामा उसको जेनोम (Genom) (जहाँ जिवाणुको जिनको सम्पूर्ण तत्त्व रहेको हुन्छ) को सेक्वेन्समा देखिन सक्ने सामान्य जेनेटिक त्रुटी हो भनी बुझ्नुपर्छ। यो भाइरसको सेक्वेन्समा आउने सामान्य परिवर्तन हो। त्यस्तै यो भाइरसको आफ्नो अस्तित्वलाई जोगाउन वा आफ्नो संख्यालाई वृद्धि गरी फैलिनको लागि आवश्यक प्रक्रियासंग सम्बन्धित प्राथमिक महत्वको विषय नभए पनि परिणाममुखी महत्वको प्रक्रिया हो। तर यसबाट भाइरसको आधारभूत प्रकृति र गुणमा धेरै नै फरक पर्ने गरी ठूलो परिवर्तन हुन सक्दैन। यस्ता जेनेटिक हेरेफेरले कोरोना भाइरसविरुद्ध भाइरसको निश्चित अंग वा भागलाई लक्षित गरेर बनाइने औषधि तथा भ्याक्सिनले दिने एन्टिबडीको लक्ष्य (Target) मा सामान्य  परिवर्तन ल्याउन सक्ने खतरा रहेको हुन्छ।


अहिलेसम्म कोरोना भाइरसको जेनोम बाट ८१ वटा सम्म न्युक्लिओटाइड्स (Nucleotides) हरु जेनेटिक कोड बाट हराएको पाइएको छ। Mutation प्रक्रिया भाइरसको जेनममा अन्धाधुन्ध ढंगबाट क्रमहिन तरिकाले हुने दुर्घटना हो। भाइरसको असंख्य वृद्धि र विस्तारको लागि वा उसलाई आफ्नो अस्तित्वको संरक्षण गर्नको लागि यो अत्यावश्यक सामान्य प्रक्रिया हो।


कुनै पनि भाइरस विभिन्न माध्यमबाट मानिसको शरीरमा प्रवेश गरेपछि आफ्नो अस्तित्व जोगाउनको लागि मानिसको कोशिकाहरु (Cells) भित्र प्रबेश गर्नु पर्ने हुन्छ। कोरोना भाइरसहरु पनि मानव शरीरमा प्रबेश गरेपछि फोक्सोका कोशिकाको बाहिरी पत्र (Cell Membrane) मा टासिएर कोशिकाहरु भित्र प्रवेश गर्ने गर्दछन् । जहाँ उनीहरुले आफ्नो अस्तित्वको रक्षाको निम्ति आफ्नो वंशानुगत जिन (Ribonucleic Acid (RNA)) का लाखौं कपिहरु बनाएर आफ्नो संख्यालाई वृद्धि गर्ने वा फैलिने (Replication) काम गर्दछन्। यसरी लाखौं आर.एन.ए. का कपिहरु बन्ने फैलिने क्रममा कम्तीमा पनि ५-६ पल्ट म्युटेसन भएर पहिलेको भन्दा गलत वा फरक आकार स्वरुपका आर.एन.ए. हरु पनि बन्न सक्दछन्। यस प्रक्रियामा भाइरसको जेनम (Genome) बाट कुनै भाग हराउन सक्दछ। यो हराउने प्रक्रिया लाई डिलेसन (Deletion) भनिन्छ। स्पष्ट भन्नु पर्दा अहिलेसम्म कोरोना भाइरसको जेनोम बाट ८१ वटा सम्म न्युक्लिओटाइड्स (Nucleotides) हरु जेनेटिक कोड बाट हराएको पाइएको छ। Mutation प्रक्रिया भाइरसको जेनममा अन्धाधुन्ध ढंगबाट क्रमहिन तरिकाले हुने दुर्घटना हो। भाइरसको असंख्य वृद्धि र विस्तारको लागि वा उसलाई आफ्नो अस्तित्वको संरक्षण गर्नको लागि यो अत्यावश्यक सामान्य प्रक्रिया हो।

अहिलेसम्म नोवेल कोरोना भाइरसको सयभन्दा बढी म्युटेसन भएको पाइएको छ। तर यी कुनैमा पनि भाइरसको मौलिक (Original) गुणको शुरु देखिको विद्यमान अवस्थाभन्दा बढी खतरापूर्ण रुप वा उग्रता (Virulence) मा वृद्धि भैरहेको विशेषता पाइएको छैन। यस्ता म्युटेसनबाट यो नोबेल कोरोना भाइरस भविष्यमा मानव स्वास्थ्यमा यस्तै अहिले जस्तो असर पार्ने खालको स्थितिमा रहन्छ वा योभन्दा बढी नै जटिल वा खतरनाक प्रकृति तथा स्वरुपमा परिवर्तन हुन्छ वा कम हानिकारक गुणको भाइरसमा परिवर्तन हुन्छ भन्ने कुरा भने अहिलेसम्म कसैले पनि भविययवाणी गर्न सक्ने अवस्था छैन।

नोवेल कोरोना भाइरसको जिनमा भैरहेको परिवर्तन र यसका नयाँ रुप तथा स्वरुपहरु:

चीन, जर्मनी, बेलायतलगायत विश्वभरिका वैज्ञानिकहरुको अध्ययनले विभिन्न संख्यामा नोबेल कोरोना भाइरसको सयभन्दा बढी म्युटेसन (Mutation) भएको देखाएका छन्। विश्वका थुप्रै देशहरूमा कोरोना भाइरसको  म्युटेसनबारे गरिएका अध्ययनमा विभिन्न संख्यामा ८१ वटासम्म न्युक्लिओटाइड्सहरु भाइरसको जेनेटिक कोडबाट हराएको पाइएको छ।

के नोवेल कोरोना भाइरसका आर.एन. ए. हरु समयको अन्तराल संगै परिवर्तन हुँदैछन् ? भन्ने तथ्य स्पष्ट रूपमा थाहा पाउनको निमित्त यसै वर्षको फेब्रुअरी मा Xiaolu Tang र उनको टिमले पेकिङ्ग युनिभर्सिटी बेईजिङ्गमा. कोभिड-19 पुष्टि भएका १०३ जना विरामीको घाँटीको स्वाव स्याम्पल लिएर भाइरसका जिनहरुको अध्ययन गर्दा सबैको स्याम्पलमा भाइरसका आर.एन.ए. (RNA) हरुमा एकरूपता पाइएको थियो। तर तिनका आर.एन. ए. लाई जनावरको आर.एन. ए. संग तुलना गर्दा भने फरक पाइएको थियो। उनीहरुले कोभ-19 भाइरसको आर.एन.ए. को खासगरी दुई लोकेसनमा म्युटेसन भएको पाएका थिए। उनिहरुले आर.एन.ए. को 72 Loci मा म्युटेसन भएको नोवेल कोरोना भाइरसलाई L-type  र  29 Loci मा म्युटेसन भएको भाइरस लाई S-type भनी नामाकरण गरे।


अहिले फैलिदै गरेको कोरोनाको विश्व महामारीमा दुवै स्ट्रेनको कोरोना भाइरस संलग्न रहेको भएपनि L- Type को कोरोना भाइरस नै बढी व्यापक रहेकोले यो स्ट्रेनले नै बढी आक्रामक ढंगले महामारी फैलाई रहेको छ भनेर उनीहरुले निष्कर्ष निकालेका छन् । त्यस्तै अर्को शोधकर्ताहरु को टिमले भने पहिलो पल्ट जंगली जनावरबाट मानिसमा रोग फैलाउने L -टाइपको कोरोना भाइरस हो भन्ने दावी गरेका छन् । यस्ता फरक स्ट्रेनको कोरोना भाइरसले बिरामीको स्वास्थ्यमा थप के अर्थ राख्छन् भन्ने थप विवरणहरु स्पष्ट गर्नको लागि पछिल्ला दिनहरुमा हुँदै जाने अन्य बृहत तथा विस्तृत अध्ययन हरुको आवश्यक पर्ने देखिन्छ।


उनीहरुले शुरुमा कोरोना भाइरस जंगली जनावरबाट मानव शरीरमा प्रवेश गरी महामारीको रूपमा फैलाउने कोरोना भाइरस S-Type को भएको र एउटा भूगोल वा मानिसबाट अर्को भूगोल वा मानिसमा सर्ने फ़ैलिने क्रममा त्यसबाट L-type को नोवेल कोरोना भाइरस विकास भएको निष्कर्ष निकालेका थिए। त्यस्तै धेरैजसो अहिले विश्वमा व्यापक रूपमा संक्रमण फैलाइरहेको कोरोना भाइरस पनि यही L- Type को कोरोना भाइरसको स्ट्रेनको हो भनी उनीहरुले दावी गरेका छन् । अहिले फैलिदै गरेको कोरोनाको विश्व महामारीमा दुवै स्ट्रेनको कोरोना भाइरस संलग्न रहेको भएपनि L- Type को कोरोना भाइरस नै बढी व्यापक रहेकोले यो स्ट्रेनले नै बढी आक्रामक ढंगले महामारी फैलाई रहेको छ भनेर उनीहरुले निष्कर्ष निकालेका छन् । त्यस्तै अर्को शोधकर्ताहरु को टिमले भने पहिलो पल्ट जंगली जनावरबाट मानिसमा रोग फैलाउने L -टाइपको कोरोना भाइरस हो भन्ने दावी गरेका छन् । यस्ता फरक स्ट्रेनको कोरोना भाइरसले बिरामीको स्वास्थ्यमा थप के अर्थ राख्छन् भन्ने थप विवरणहरु स्पष्ट गर्नको लागि पछिल्ला दिनहरुमा हुँदै जाने अन्य बृहत तथा विस्तृत अध्ययन हरुको आवश्यक पर्ने देखिन्छ।

तर अक्सफोर्ड युनिभर्सिटी का एक वैज्ञानिकले L – Type को कोरोना भाइरसको स्ट्रेनमा आफूलाई आक्रामक ढंगबाट फैलाउन सक्ने क्षमताको देखिएको भएपनि यिनीहरुको जेनेटिक भिन्नताबाट रोगको लक्षणको विविधतामा कस्तो सम्बन्ध राख्छ भन्ने कुरा अहिलेसम्म स्पष्ट हुन नसकेको जानकारी दिएका छन्। उनले जियावलु टाङ्गको टिमको अध्ययनले कोरोना भाइरसको जिनमा दुई किसिमको भिन्नता वा विविधता देखाएको सत्य भए पनि यो भाइरस परिवर्तन भएको नभई शुरुदेखि नै दुई किसिमको नोवेल कोरोना भाइरस भएको हुन सक्ने तर्क राख्दै भाइरस साँच्चै नै आफै परिवर्तन भएको छ भनेर भन्न नसकिने निष्कर्ष निकालेका छन् । त्यस्तै विश्व स्वास्थ्य संस्था (WHO) ले पनि भाइरस नै परिवर्तन भएको छ भनेर भन्न नसकिने धारणा पेश गरेको छ।

https://images.theconversation.com

* कोरोना भाइरसको म्युटेसन, यसको गति तथा परिणामको वर्तमान अवस्था:

दुनियाँमा हरेक किसिमको भाइरसमा म्युटेसन (Mutation) हुन सक्छन् । यो भाइरसको जीवन चक्रको सामान्य प्रक्रिया हो। तर हरेक पल्ट हुने यस्ता (Mutation) म्युटेसनबाट त्यसले निम्त्याउने रोगको प्रकृतिमा खासै महत्त्व राख्छन् भन्ने पनि छैन ।

आर.एन.ए. (RNA Virus) भाइरसहरु डि.एन.ए. (DNA Virus) भन्दा यस मानेमा फरक छ कि आर. एन.ए. भाइरस (RNA Virus) को आफ्नो जिनमा परिवर्तन हुने र म्युटेसन (Mutation) हुने सम्भावना प्राकृतिक रूपमा नै बढी हुन्छ। सन् २००२ तिर फ्ल्यु फैलाउने SARS-2-COV भाइरस, २०१२ तिर मध्यपूर्वका देशहरुमा फ्ल्यु गराउने MERS भाइरस जस्तो फ्ल्यु फैलाउने भाइरस र दादुरा गराउने Measles Virus पनि हाल फैलिएको नोवेल कोरोना भाइरस (nCoV-19) जस्तै आर.एन.ए. भाइरस हुन् । पछिका दिनहरुमा विश्वमा यो भाइरस फैलिने क्रम संगै यसको स्वरुपमा परिवर्तन हुदै जाने र नयाँ स्ट्रेन (Strain) हरु देखिदै जानसक्ने अनुमान गरिए पनि त्यसबाट ठोस रूपमा स्वास्थ्यमा कस्तो प्रभाव पार्न सक्छ भनी निश्चितरूपमा भन्न सकिने अवस्था छैन। Mutation को प्रक्रियाबाट अप्रत्याशित रूपमा भाइरसको रुप र गुणमा परिवर्तन आउन सक्ने भए तापनि यसबाट सधैं नराम्रो परिणाम नै निस्कन्छ भन्ने पनि छैन। कहिलेकाही Mutation बाट भाइरस कमजोर प्रकृतिको भाइरसमा पनि रुपान्तरण हुन सक्छ। त्यस्तै कहिलेकाही यति सानो मात्रामा मात्र जिनमा परिवर्तन हुन सक्छ कि त्यसले भाइरस सर्ने फैलाउने प्रकृया, रोगको प्रकृति तथा जटिलता र मृत्यु दरमा खासै फरक अर्थ नराख्न सक्छ। अहिलेसम्मको स्थिति हेर्दा nCoV-19 भाइरसमा पनि Mutation भइरहेको भएपनि यसको गति सुस्त देखिन्छ। त्यसैले चीनमा शुरूवातमा देखिएको कोरोना भाइरस र अमेरिका तथा अन्य बाँकी विश्वमा देखिएको नोवेल कोरोना भाइरस (कोभ-19) मा उल्लेखनीय भिन्नता पाइएको छैन ।


सन् २००२ तिर फ्ल्यु फैलाउने SARS-2-COV भाइरस, २०१२ तिर मध्यपूर्वका देशहरुमा फ्ल्यु गराउने MERS भाइरस जस्तो फ्ल्यु फैलाउने भाइरस र दादुरा गराउने Measles Virus पनि हाल फैलिएको नोवेल कोरोना भाइरस (nCoV-19) जस्तै आर.एन..भाइरस हुन् । पछिका दिनहरुमा विश्वमा यो भाइरस फैलिने क्रम संगै यसको स्वरुपमा परिवर्तन हुदै जाने र नयाँ स्ट्रेन (Strain) हरु देखिदै जानसक्ने अनुमान गरिए पनि त्यसबाट ठोस रूपमा स्वास्थ्यमा कस्तो प्रभाव पार्न सक्छ भनी निश्चितरूपमा भन्न सकिने अवस्था छैन।


अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने यो नोवेल कोरोना भाइरसको म्युटेसन कम्तिमा पनि सन् २००२ देखि २००४ सम्म चीन, कोरिया लगायत देशहरूमा फ्ल्यु फैलाउने SAARS-CoV भाइरसमा पाइएको म्युटेसन भन्दा सुस्त देखिएको छ। त्यसैले नोबेल कोरोना भाइरसको म्युटेसन नियन्त्रण बाहिर छ भनेर हामीले बुझ्नु पर्ने अवस्था छैन। हाल विश्वको सबै भागमा  पाइएको कोरोना भाइरसका परिवर्तित रुपको बारेमा समष्टिमा भन्नु पर्दा एकै प्रकृतिको रहेको छ भन्नुमा अत्युक्ति नहोला।

* कोरोना भाइरसको परिवर्तित रुप र प्रकृतिबाट जनस्वास्थ्यमा निम्तिन सक्ने चुनौती

हालै मात्र वैज्ञानिकहरुले नोवेल कोरोना भाइरसविरुद्ध औषधि र भ्याक्सिन बनाउन मद्दत होस् भन्ने उद्देश्यले संसारको विभिन्न भागमा रोग फैलाई रहेका nCoV-19 भाइरसमा भइरहेको Mutation र त्यसपछिको भाइरसको रुप र प्रकृतिमा कस्ता परिवर्तन भएका छन् भनी हेर्नको लागि गत मार्चको मध्यतिर १३ जना वैज्ञानिकहरुले गरेको एउटा अध्ययनमा उनिहरुले नोवेल कोरोना भाइरस (nCoV-19 Virus) का चौध वटा स्ट्रेनहरु पाइएको दावी गरेका थिए। ती मध्य एउटा नयाँ स्ट्रेन सबैभन्दा बढी व्यापक रुपमा आफ्नो प्रभुत्व जमाउन सक्ने, कम समयमा बढी रफ्तारमा आक्रामक ढंगबाट फैलिन फैलाउन सक्ने र घातक रूपमा धेरै मानिसको ज्यान लिनसक्ने खालको प्रबल स्ट्रेनको कोरोना भाइरस टेष्टल्याबको पृष्ठभूमिमा देखिएको दावी गरेका छन्। यो नयाँ रुपको नोवेल कोरोना भाइरसको स्ट्रेनले ल्याबको पृष्ठभूमिमा जस्तै मानव शरीरमा पनि उस्तै खतरनाक प्रभाव पार्न सक्ने क्षमताका निस्किन्छन् या उस्तै वा कम घातक प्रकृतिको  निस्किन्छन भन्ने कुरा आउँदा दिनहरु मा  व्यवहारमा स्पष्ट भएपछि मात्र भन्न सकिने देखिन्छ।

वैज्ञानिकहरुले यी सबै फरक स्ट्रेनका कोरोना भाइरसले मानिसलाई मानव कोष भित्र प्रवेश गरेपछि कस्तो किसिमको क्षति गर्दै फरक किसिमको लक्षण, प्रकृति र जटिलताको बिरामी गराउन सक्छन् भन्ने यथार्थ बुझन कोशिश गर्दै छन् । अहिलेसम्मको अध्ययनमा यी सबै फरक स्ट्रेनका कोरोना भाइरसबाट बिमारीको प्रकृति, अस्पतालमा भर्ना गर्न बाध्य पार्ने दर र मृत्युदरमा उल्लेखनीय फरक पाइएको छैन। त्यस्तै भाइरसका नयाँ परिवर्तित स्वरुपले निको भइसकेका व्यक्तिमा पुनः संक्रमण गराउन सक्छन वा सक्दैनन् , भ्याक्सिन वा औषधिको विकासको लागि कस्तो चुनौती थप्न सक्छन् भन्ने स्पष्ट गर्न थप अध्ययन र तथ्यांकको आवश्यक पर्ने देखिन्छ।


वैज्ञानिकहरुले यी सबै फरक स्ट्रेनका कोरोना भाइरसले मानिसलाई मानव कोष भित्र प्रवेश गरेपछि कस्तो किसिमको क्षति गर्दै फरक किसिमको लक्षण, प्रकृति र जटिलताको बिरामी गराउन सक्छन् भन्ने यथार्थ बुझन कोशिश गर्दै छन् । अहिलेसम्मको अध्ययनमा यी सबै फरक स्ट्रेनका कोरोना भाइरसबाट बिमारीको प्रकृति, अस्पतालमा भर्ना गर्न बाध्य पार्ने दर र मृत्युदरमा उल्लेखनीय फरक पाइएको छैन। त्यस्तै भाइरसका नयाँ परिवर्तित स्वरुपले निको भइसकेका व्यक्तिमा पुनः संक्रमण गराउन सक्छन वा सक्दैनन् , भ्याक्सिन वा औषधिको विकासको लागि कस्तो चुनौती थप्न सक्छन् भन्ने स्पष्ट गर्न थप अध्ययन र तथ्यांकको आवश्यक पर्ने देखिन्छ।


आजसम्मको अवस्थामा डिसेम्बरको अन्त्यमा चीनको उहान शहरमा शुरुमा देखिएको कोरोना भाइरसभन्दा हाल अमेरिका, ईटालीलगायत बाँकी विश्वमा देखिएको भाइरस बढी छिटो फैलिने खालको, बढी जटिल प्रकृतिको वा बढी संख्यामा मानिसको मृत्यु गराउने क्षमताको छ भनेर मान्न सकिने स्पष्ट आधार देखिएको छैन।

* के धर्तीको तापक्रमले nCoV-19 भाइरस को नियन्त्रणमा सकारात्मक प्रभाव पार्न सक्छ ?

नोबेल कोरोना भाइरसको प्रकोपलाई पृथ्वीको तापक्रमले पनि फरक प्रभाव पार्न सक्ने आधार देखिएको छैन। आज पृथ्वीको उत्तरी ध्रुवीय देशहरु (Northern Hemisphere) मा जहाँ अहिले ठण्डी मौसम छ, त्यहाँ पनि संक्रमित भेटिएका छन् भने ल्याटिन अमेरिका, दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्यान्ड जस्ता दक्षिणी ध्रुवीय देशहरू जहाँ धेरैजसो अहिले गर्मि मौसम छ, त्यहाँ पनि उति नै संक्रमितहरु भेटिएका छन् । यस प्रकार नोबेल कोरोना भाइरसले आउँदा केही वर्षसम्म यति नै बलियो रूपमा आफ्नो प्रभुत्व (Dominant) राख्न सक्ने देखिएको छ। अब आउने हिंउदको मौसममा यस नोबेल कोभिड-१९ रोगको दोस्रो प्रकोप निस्केको खण्डमा हामीलाई यसको संक्रमण बाट बच्न मुश्किल पर्न सक्छ।


नोबेल कोरोना भाइरसको प्रकोपलाई पृथ्वीको तापक्रमले पनि फरक प्रभाव पार्न सक्ने आधार देखिएको छैन। आज पृथ्वीको उत्तरी ध्रुवीय देशहरु (Northern Hemisphere) मा जहाँ अहिले ठण्डी मौसम छ, त्यहाँ पनि संक्रमित भेटिएका छन् भने ल्याटिन अमेरिका, दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्यान्ड जस्ता दक्षिणी ध्रुवीय देशहरू जहाँ धेरैजसो अहिले गर्मि मौसम छ, त्यहाँ पनि उति नै संक्रमितहरु भेटिएका छन् । यस प्रकार नोबेल कोरोना भाइरसले आउँदा केही वर्षसम्म यति नै बलियो रूपमा आफ्नो प्रभुत्व (Dominant) राख्न सक्ने देखिएको छ। अब आउने हिंउदको मौसममा यस नोबेल कोभिड-१९ रोगको दोस्रो प्रकोप निस्केको खण्डमा हामीलाई यसको संक्रमण बाट बच्न मुश्किल पर्न सक्छ।


आउँदा दिनहरुमा भौतिक दुरी कायम राख्ने प्रक्रिया नै यस रोगलाई फैलिन बाट जोगाउने एउटै अस्त्र रहने सम्भावना बढी मात्रामा देखिएको छ। यस कार्यको लागी स्वस्थ मानिसहरूले यसमा लापरबाही नगरी विशेष ध्यान दिन जरुरी देखिन्छ। किनभने यसले स्वस्थ तन्दुरुस्त मानिसलाई मृत्यु गराउने सम्भावना कम रहे पनि उनीहरु यो भाइरसको क्यारियर (Carrier) बन्न सक्ने हुँदा यिनीहरुको माध्यमबाट अन्य कम स्वस्थ, दीर्घ रोगी तथा जेष्ठ नागरिकमा यो रोग फैलिएर मृत्यु गराउने सम्भावना बढी रहने देखिन्छ ।

https://english.cdn.zeenews.com

के हो ‘इन्डियन कोरोना’ भाइरस ?

नोबेल कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिएसंगै सामाजिक सञ्जालहरुमा यसबारे विभिन्न टिका टिप्पणी गर्नेको कमी भएन। मार्चको अन्ततिर छिमेकी भारतको विजेपीका नेता सुब्रमण्यम स्वामीले ट्विटरमा “विदेशमा महामारी फैलाई रहेको कोरोना भाइरस भन्दा भारतमा केही संख्यामा देखिएको नोबेल कोरोना भाइरस कमजोर प्रकृतिको भएको र यसलाई भारतीय नागरिकमा रहेको शरीरको इम्युन सिस्टमबाट सजिलै परास्त गर्न सकिन्छ” भनेर आफ्नो भनाइ कट्विटर मा राखेका थिए। त्यस्तै अर्का डा. नागेश्वर रेड्डी नामका चिकित्सकले पनि सोही मनशायको धारणा व्यक्त गरेका थिए। तर यसलाई तुरुन्तै विज्ञहरुले आधारहीन टिप्पणी भएको प्रतिक्रिया दिएका थिए। यस्तै प्रकारको दावी गरिएका लेखहरु हाम्रो देश नेपालमा पनि पढ्न पाइएको थियो। त्यस्तै संसदमा हाम्रा प्रधानमन्त्रीले भारतबाट आएको कोरोना भाइरस अलि कडा खालको निस्केको पाइएको भन्ने आशयको भनाइ संसदमा राख्नु भएको विषयलाई लिएर भारतीय सञ्चार माध्यमले यसलाई अर्कै अर्थमा विश्लेषण गरि अतिरञ्जित बनाएका थिए।


भारतमा अहिलेसम्म म्युटेसनबाट सयभन्दा बढी फरक स्ट्रेनका कोरोना भाइरस रहेको छ भन्ने रिपोर्ट गरिएको छ। भारतको पुने स्थित नेसनल इन्स्टिच्युट अफ भाइरोलोजीमा कोरोना भाइरसको जिनमा गरिएको एउटा अध्ययनमा पनि भाइरसको स्पाइक ग्लाईकोप्रोटिन, जसको माध्यमबाट नोवेल कोरोना भाइरसले मानव कोषहरुमा टाँसिदै प्रवेश गर्ने गर्छन्, उक्त महत्त्वपूर्ण स्थानमा प्वाईन्ट म्युटेसन भएको पाएका छन् ।


भारतमा अहिलेसम्म म्युटेसनबाट सयभन्दा बढी फरक स्ट्रेनका कोरोना भाइरस रहेको छ भन्ने रिपोर्ट गरिएको छ। भारतको पुने स्थित नेसनल इन्स्टिच्युट अफ भाइरोलोजीमा कोरोना भाइरसको जिनमा गरिएको एउटा अध्ययनमा पनि भाइरसको स्पाइक ग्लाईकोप्रोटिन, जसको माध्यमबाट नोवेल कोरोना भाइरसले मानव कोषहरुमा टाँसिदै प्रवेश गर्ने गर्छन्, उक्त महत्त्वपूर्ण स्थानमा प्वाईन्ट म्युटेसन भएको पाएका छन् । भाइरसको जेनेटिक बनावटको हिसाबले त्यहाँ पाइएको भाइरस र चीनको ऊहान शहरमा पहिलोपल्ट पाइएको भाइरसमा ९९.९८ प्रतिशत समानता पाइएको छ। त्यस्तै संसारभरिबाट संकलन गरिएको नोवेल कोरोना भाइरसको Genome (जहाँ जिवाणुको सम्पूर्ण जिन र जेनेटिक तत्त्व रहेको हुन्छ) को अध्ययन गर्दा पनि ऊहानमा पाइएको भाइरससंग ९९ देखि ९९.९० प्रतिशतसम्म समानता भएको पाएका छन् । तर ती सबै देशमा देखिएको कोरोना भाइरसको mutation भन्दा भिन्न भारतमा पाइएको कोरोना भाइरसमा प्रोटिन स्पाइकमा mutation भएको देखिएको छ। यो भाइरसको सतहमा हुने सबैभन्दा महत्वपूर्ण स्पाईक हो, जसमा भएको रिसेप्टरको माध्यमबाट भाइरस मानव कोशिकाभित्र प्रवेश गर्ने गर्दछ। भाइरसको यो स्पाईक प्रोटिनको मध्दतबाट मानव कोशिकाको Cell Membrane (बाहिरी पत्र) मा टासिंदै भित्र पस्ने प्रक्रियालाई रोक्न सकियो भने नोवेल कोरोना भाइरसको संक्रमण लाई पनि रोक्न सकिने देखिन्छ। त्यसैले यसलाई लक्षित गरी कोरोना भाइरसको औषधि वा भ्याक्सिन बनाउदा सफलता मिल्ने देखिन्छ।

इन्डियन जर्नल अफ मेडिकल रिसर्चमा मार्च २७ मा प्रकाशित लेखका अनुसार पुनेका शोधकर्ताहरुले जनवरीमा चीनको ऊहानबाट आएका भारतको पहिलो दुई  पि.सि.आर. पोजिटिभ भई सुनिश्चित  भएका पहिलो दुईजना कोरोना पोजिटिभ मानिसहरूमा पाइएको भाइरसको जेनोमलाई विश्लेषण गर्ने प्रयास गरेका थिए। त्यति नै बेला उनीहरुले विभिन्न  भागबाट संकलन गरिएको भाइरसको जेनोमको एकीकृत रूपमा सेक्वेन्स बेस्ड एनालाइसिस (Sequence Based Analysis) गरी सबैको गुणको प्रतिनिधित्व हुन सक्ने भाइरसको निश्चित चरित्रमा समानता भए नभएको पत्ता लगाउने कोशिस गरे। यसबाट उनीहरुले आश्चर्यजनक रूपमा भाइरसको प्रोटिन स्पाइकमा देखिएको प्वाइन्ट म्युटेसनमा समानता रहेको पाए जुन ऊहानबाट पहिलोपटक भारतमा भित्रिएको भाइरसको जेनोममा पाउन सकिएन। भाइरसको छोटो समयमा धेरैलाई फैलाउन सक्ने गति, संक्रमण गराउने क्षमता र इम्युन सिस्टममा पार्ने प्रभावमा उहानमा भेटिएको भाइरसमाभन्दा ‘इन्डियन भाइरस’को स्ट्रेनमा कुनै भिन्नता देखिएको छैन।


न्यूमेक्सिकोमा भएको एउटा प्रारम्भिक अध्ययनमा पनि नोवेल कोरोना भाइरसको म्युटेसनको अध्ययन गर्दा स्पाइक प्रोटिनलाई इन्कोड गर्ने नोवेल कोरोना भाइरसको जेनममा १४ किसिमको फरक म्युटेसन भेटिएको छ। तमध्य DG14Gमा तत्काल विश्वको तुरुन्त ध्यान जानुपर्ने खालको देखिको छ। यो स्ट्रेन फेब्रुअरी को शुरुका दिनमा युरोपमा शुरु भफैलिएको थियो। यो स्ट्रेनको कोरोना भाइरस नयाँ ठाउँमा फैलिदा अरुभन्दा प्रबल रूपमा हावी भफैलिन सक्ने क्षमता भएको देखिएको छ।


त्यसो त न्यूमेक्सिकोमा भएको एउटा प्रारम्भिक अध्ययनमा पनि नोवेल कोरोना भाइरसको म्युटेसनको अध्ययन गर्दा स्पाइक प्रोटिनलाई इन्कोड गर्ने नोवेल कोरोना भाइरसको जेनममा १४ किसिमको फरक म्युटेसन भेटिएको छ। तीमध्ये DG14G मा तत्काल विश्वको तुरुन्त ध्यान जानुपर्ने खालको देखिको छ। यो स्ट्रेन फेब्रुअरी को शुरुका दिनमा युरोपमा शुरु भई फैलिएको थियो। यो स्ट्रेनको कोरोना भाइरस नयाँ ठाउँमा फैलिँदा अरुभन्दा प्रबल रूपमा हावी भई फैलिन सक्ने क्षमता भएको देखिएको छ। शोधकर्ताहरुले यो भाइरसमा अद्वितीय रूपमा सबैभन्दा बढी द्रुतगतिमा फैलिन र फैलाउन सक्ने क्षमता भएको स्ट्रेनको रूपमा यसलाई व्याख्या गरेका छन्। यो म्युटेसन बारम्बार डरलाग्दो तरिकाले बढ्दै गएको स्थितिलाई हेर्दा यो भाइरस प्रारम्भिक समयमा ऊहानमा पाईएको कोरोना भाइरसमा भन्दा हुर्कन अनुकुल भएकोले ऊहानमा शुरुका दिनमा देखिएको भाइरसलाई द्रुतगतिमा विस्थापित गर्दै गरेको पाएका छन्। भाइरसको प्रोटिन स्पाइकमा भएको यो म्युटेसनले गर्दा मानव कोशिकाको बाहिरी पत्र (Cell Membrane) मा भएको रिसेप्टरमा मजबुत ढंगबाट टाँसिएर भित्र प्रवेश गर्ने प्रक्रियालाई सक्रिय रुपमा अनुकुल बनाएको दावी गरिएको छ। यसबाट शुरुमा चीनमा गरिएको अध्ययन अनुसार ऊहान भाइरस दुई फरक किसिमको स्ट्रेनको भएको र एउटा भन्दा अर्को बढी संक्रामक वा बढी  हानिकारक छ भनेर दावी गरिएको तथ्यमा चुनौती थपेको छ।

सामान्यतया उमेर, जिवाणुको मानव शरीरमा प्रवेश गर्ने माध्यम, भाइरसको लोड र व्यक्तिको इम्युन सिस्टमको अवस्थाले संक्रमण सामान्य वा कडा प्रकृतीको लक्षणको निम्तिने भन्ने महत्त्व राख्दछन्। जुन कोभिड-19 भाइरसको हकमा पनि लागू हुन्छ।

विश्वका अन्य भागमा झैँ भारत भित्र फैलिएको  नोबेल कोरोना भाइरसमा पनि  जेनेटिक भिन्नता देखिएको छ।  तर स्पाइक प्रोटिनमा देखिएको प्वाइन्ट म्युटेसन अन्य देशमा फैलिएको नोवेल कोरोना भाइरसमा देखिएको छैन। यद्यपि भाइरस म्युटेट (Mutate) हुँदा कहिलेकाही बढी खतरनाक रूप र आक्रामक चरीत्रको भाइरसमा रुपान्तरण हुन सक्ने खतरा रहन्छ, तर धेरैजसो म्युटेसनमा भाइरसको अङ्गको केही भागले म्युटेसन भएपछि मौलिक रुपको अङ्गले भन्दा कम काम गर्ने अबस्था सृजना हुने भएकोले पुरानो मौलिक (Original) भाइरस भन्दा कम खतरनाक भाइरसमा रुपान्तरण हुने सामान्य मान्यता रहिआएको छ। त्यस्तै CoV-19 भाइरस RNA- Virus भएकोले पहिले भन्दा कमजोर र कम हानिकारक प्रकृति र स्वभावमा रुपान्तरण हुनसक्ने सम्भावना बढी रहन्छ।


विश्वका अन्य भागमा झैँ भारत भित्र फैलिएको  नोबेल कोरोना भाइरसमा पनि  जेनेटिक भिन्नता देखिएको छ।  तर स्पाइक प्रोटिनमा देखिएको प्वाइन्ट म्युटेसन अन्य देशमा फैलिएको नोवेल कोरोना भाइरसमा देखिएको छैन। यद्यपि भाइरस म्युटेट (Mutate) हुँदा कहिलेकाही बढी खतरनाक रूप र आक्रामक चरीत्रको भाइरसमा रुपान्तरण हुन सक्ने खतरा रहन्छ, तर धेरैजसो म्युटेसनमा भाइरसको अङ्गको केही भागले म्युटेसन भएपछि मौलिक रुपको अङ्गले भन्दा कम काम गर्ने अबस्था सृजना हुने भएकोले पुरानो मौलिक (Original) भाइरस भन्दा कम खतरनाक भाइरसमा रुपान्तरण हुने सामान्य मान्यता रहिआएको छ।


मौलिक अवस्थाको नोवेल कोरोना भाइरस र नयाँ स्ट्रेनका भाइरसहरु को विशेषता र चरित्रमा खासै उल्लेखनीय अन्तर आएको देखिएको छैन। अहिलेसम्मको अवस्थालाई विश्लेषण गर्दा भाइरसको नयाँ रुप (Trait) र स्वभाव (Characteristic) शुरुको अवस्थामा भन्दा उल्लेखनीय रूपमा फरक पाईएको छैन, जसले फरक अवस्था सृजना गर्न सकोस्। सुस्त र सामान्य खालको म्युटेसनको कारणले अहिले पुरानो अवस्थाको जस्तो नयाँ (Sequence) को रूपमा धेरै नै समानता रहिरहेको कारणले गर्दा नोवेल कोरोना भाइरस विरुध्द भ्याक्सिन बनाउने प्रक्रियामा जटिलता सृजना हुन नसक्ने देखिएको छ। धेरैजसो भ्याक्सिन पुरानो ओरिजिनल स्वरुप (Structure) लाई नै लक्षित गरि बनाउनु पर्ने हुन्छ। किनकि पछि म्युटेसन भई रुपान्तरण भएका भाइरसमा पनि मौलिक (Original) स्वरुपमा जस्तो धेरैजसो गुणहरु सुरक्षित रहेका हुन्छन् । यस प्रकार बन्ने भ्याक्सिनले पछिल्ला स्ट्रेनहर लाई समेत उतिनै काम गर्ने सम्भावना धेरै मात्रामा रहेको हुन्छ। अथवा परिवर्तित स्ट्रेनहरु को स्वरुप (Structure) लाई भन्दा पुरानो रुपलाई लक्षित गरी बनाईएको भ्याक्सिनले पछि सृजना हुनसक्ने भाइरसका सबै स्ट्रेनहरु विरुद्ध पनि उतिनै काम गरी सफलताका साथ संक्रमणलाई नियन्त्रण गर्नसक्ने सम्भावना बढी रहेको हुन्छ।

* के कोरोना भाइरसको संक्रमणपछि व्यक्ति पुन संक्रमित हुनसक्छ ?

एकपटक भाइरसबाट संक्रमण भएपछि फेरि उक्त व्यक्तिमा संक्रमण हुन सक्दैन भन्ने परम्परागत सामान्य मान्यता रहेको भए तापनि एकबाट दोस्रो व्यक्तिमा संक्रमण सर्ने क्रममा म्युटेसन भै भाइरसको बस्तुगत जिनमा परिवर्तन हुने हुँदा त्यस्ता स्ट्रेन हरु पैदा हुन सक्छन् । त्यसका परिवर्तित आकृति तथा प्रकृतिको आधारमा व्यक्ति पुनः कोभ-19 बाट संक्रमित हुन सक्ने देखिन्छ।

* भाइरसका परिवर्तित विशेषताहरुले भ्याक्सिन बनाउने कार्यमा कस्तो चुनौती थप्न सक्छन्  ?

अहिलेसम्मको अवस्था लाई हेर्ने हो भने भाइरसको म्युटेसन कम्तीमा पनि फ्लु को भाइरस SARS-CoV-2 मा भन्दा सुस्त देखिएको छ। त्यसैले नोबेल कोरोना भाइरसको म्युटेसन नियन्त्रण बाहिर छ भनेर हामीले बुझ्नु हुँदैन। हाल सबैतिर पाइएको कोरोना भाइरस समष्टिमा एकै छन्। त्यसैले भाइरसको जिनको नै कारणले भ्याक्सिन बनाउने अभियानमा कुनै चुनौती देखिएको छैन। बरु भ्याक्सिन बनेपछि त्यसको प्रभावकारिता SARS-CoV-2 जस्तो फ्लू गराउने भाइरस विरुद्ध बनाइएको भ्याक्सिनभन्दा धेरै वर्षसम्म रहने देखिन्छ।

भ्यक्सिनको उद्देश्य भनेको आधारभूत रुपमा मानिसको इम्युन सिस्टम (Immune System) लाई स्वतस्फूर्त रूपमा तालीम (Training) गराई भाइरसलाई पहिचान गर्ने, आक्रमण गर्ने र ध्वस्त गराई व्यक्तिमा कोरोन भाइरसको संक्रमण हुन बाट बचाउनु हो। भाइरसको म्युटेसनबाट परिणत हुने फरक स्वरुपले यस विरुध्द औषधि र भ्याक्सिन बनाउने काममा चुनौती थप्न सक्ने भए तापनि वैज्ञानिकहरुले अहिले यस्तो कुनै चुनौती देखानपरेको, यो तत्काल सम्भव नभएको र यसको लागि कम्तीमा पनि ३ वर्षको समय लाग्ने निष्कर्ष निकालेका छन् ।

केही वर्षसम्म को म्युटेसन पछि मात्र भ्याक्सिन बनाउने प्रक्रियामा बाधा उत्पन्न हुन सक्नेछ। तर भ्याक्सिन बनेर ठुलो संख्यामा विश्वभरी लगाउने प्रक्रिया शुरु भएपछि भाइरसको थप म्युटेसन बढ्न पनि सक्नेछ। त्यो अवस्थामा भ्याक्सिनलाई कहिलेकाही अपडेट गर्न आवश्यक पर्न सक्छ।

सुस्त गतिको सामान्य म्युटेसन भ्याक्सिन बनाउने प्रक्रियाको लागि राम्रो पक्ष मानिन्छ। यस्ता सामान्य म्युटेसनले COVID-19 विरुध्द  भ्याक्सिनको प्रभावकारिता मा कुनै बाधा पार्न वा यसको काममा हस्तक्षेप गर्न सक्दैन। उदाहरणका लागि वर्षको एकपटक दिने H1N1 फ्ल्यु भ्याक्सिनलाई लिन सकिन्छ। यो बर्ड फ्ल्यु गराउने भाइरस पनि छिटो छिटो क्रमहिन वा अप्रत्याशित ढंगबाट म्युटेसन हुने खालको RNA भाइरस हो। यस विरुद्ध बनाइएको भ्याक्सिन यसको पुरानो मौलिक रुप (Strain) लाई लक्षित गरेर बनाइएको भएता पनि अहिलेसम्मको समयमा थुप्रै म्युटेसन भएको अवस्थामा पनि नयाँ स्ट्रेनका भाइरसहरुलाई नियन्त्रण गर्न उति नै प्रभावकारी रूपमा काम गरिरहेकोले यस सार्स फ्ल्युलाई नियन्त्रणमा राख्न  सफल भएको छ।


नकारात्मक कोणबाट हेर्न खोज्ने हो भने पनि कथमकदाचित यस नोवेल कोरोना भाइरस विरुद्ध बनाइने भ्याक्सिनले बृहत् रूपमा कोभिड-१९ रोगको नियन्त्रण गर्न नसकेको अबस्थामा यसले बीच बीचमा अप्रत्याशित रुपमा कोरोनाको संक्रमण ल्याउला तर अहिले जस्तो मानिसको ज्यानै जाने अवस्था भने रहने छैन।


त्यस्तै  दादुरा (Measles), घाँटीको हाडे रोग (Mumps) र रुबेला (Rubella) रोग ल्याउने भाइरसहरु पनि RNA भाइरस हुन्। यसको रोकथामको लागि पुरानो मौलिक स्ट्रेनलाई लक्षित गरि बनाइएको MMR भ्याक्सिनले विगत ४५ वर्षदेखि हालसम्मका परिवर्तित स्ट्रेनहरुलाई पनि उतिनै राम्रोसंग काम गरिरहेको पाइएको छ। यसैले कोरोनाको भाइरसविरुध्द बन्ने भ्याक्सिनले पनि शुरुको मौलिक (Original) पुरानो स्ट्रेनको नोवेल कोरोना भाइरसदेखि लिएर पछिसम्म परिवर्तन हुन सक्ने विभिन्न स्ट्रेनका भाइरसहरुलाई पनि उति नै प्रभावकारी रूपमा रोकथाम गर्न सक्नेछ भन्ने कुरामा धेरै नै आशा राख्न सकिन्छ। यसलाई नकारात्मक कोणबाट हेर्न खोज्ने हो भने पनि कथमकदाचित यस नोवेल कोरोना भाइरस विरुद्ध बनाइने भ्याक्सिनले बृहत् रूपमा कोभिड-१९ रोगको नियन्त्रण गर्न नसकेको अबस्थामा यसले बीच बीचमा अप्रत्याशित रुपमा कोरोनाको संक्रमण ल्याउला तर अहिले जस्तो मानिसको ज्यानै जाने अवस्था भने रहने छैन।

* कोरोना भाइरस विरुद्धको भ्याक्सिनले कति लामो समयसम्म सुरक्षा दिन सक्ला ?

सन २००३ को सार्स कोभ-२ ले ल्याएको फ्ल्युको महामारी फैलिएको बेलाको संक्रमणपछि मानिसहरू मा त्यस रोग विरुद्ध शरीरको लड्न सक्ने क्षमता (Immunity) ले ३ वर्षसम्म त्यस रोगबाट सुरक्षा दिएको थियो। ३ वर्षपछि भने केही संक्रमण देखिन थाले । नोवेल कोरोना भाइरसको भ्याक्सिन बनेर मानिसहरूले सो भ्याक्सिन पाउन थालेपछि मानिसमा प्राकृतिक रुपमा रहेको एन्टिबडी र भ्याक्सिनको मद्दतबाट मिल्ने एन्टिबडिको प्रभावबाट साना वा ठुलो भुगोलमा कोरोना विरुद्ध सामुहिक एन्टिबडी (Herd Immunity) विकास हुन सक्नेछ। जसको प्रभाब बाट कोरोनाको पुनः संक्रमण हुने सम्भावना रहने छैन। समयको अन्तराल संगै यी एन्टिबडी हराउदै गएको खण्डमा पनि हाम्रो शरिरको इम्युन सिस्टम (Immune System) को सम्झने शक्ति (Memory) ले शरीर भित्र प्रबेश गर्ने कोरोना भाइरसलाई पहिचान गरि आक्रमण गर्दै ध्वस्त पारेर संक्रमण हुन दिने छैनन् ।

विश्वमा हालसम्म शय भन्दा बढी प्रोजेक्टहरु नोबेल कोरोना भाइरसको भ्याक्सिन बनाउने काममा व्यस्त छन् । यहि मे महिनाको ११ तारीख सम्म  ८ यस्ता भ्याक्सिनहरु मानिसमा परिक्षण भैरहेका छन् । यस बारेमा विस्तृत छलफल पछि अलग्गै लेखमा गरिने छ।

References:
1) www.newscientist.com; 4 March 2020
2) www.webmed.com; 5 May 2020
3) www.newscientist.com; 5 Apr 2020
4) www.healthline.com; 5 May 2020
5) BioRxiv/Preprint Researche Article; 30 Apr 2020
6) Los Angeles Times; 5 May 2020
7) englishalarbia.net; 27 Mar 2020
8) theprint.in; 31 Mar 2020
9) www.news-medical.net; 19 Apr 2020
10) www.biorxiv.org.contents;14 Apr 2020
11) www.ijmr; 27 Mar 2020
12) www.toi.com; 3 Apr 2020
13)www.newsmedicallifesciences.net; 19 Apr 2020
14) www.buisinessinsider.com; 23 Apr 2020
15) www.theweek.com; 8 May 2020
16) www.englishalarabia.net; 27 Mar 2020
17) www.medicalnewstoday.com;   22  May  2020

लेखक चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा मेडिकल विभागका युनिट प्रमुख हुन् ।

Title Photo:https://www.ft.com

सोमवार, असार ८, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...