पहिराेले तीन वटा गाडी बगायाे, दुईकाे मृत्यु, एक गम्भीर घाइते

पाल्पा, असार ८ गते । जिल्लाकाे तानसेन नगरपालिका-११, सम्मोबारीमा पहिराेले तीन वटा गाडी बगाएकाे छ । पाल्पा-गुल्मी सडक खण्डमा साेमबार दिउँसाे पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेको नम्बर नखुलेको तीन वटा सवारी साधन कार, ट्रक र मिनि ट्रकलाई सडकमाथिबाट खसेकाे पहिरोले बगाएर सडक तल भीरमा पु-याएकाे प्रहरीले जनाएकाे छ । घटनामा दुई जनाकाे मृत्यु भएकाे छ भने एक गम्भीर घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

अहिले उद्धारका लागि प्रहरी र स्थानीय बासिन्दा खटिएका छन् । एउटा गाडी पहिराेमा तल पुगेकाले त्यसमा के कति यात्रु छन् भने जानकारी नभएकाे र माथिबाट पहिराे खस्ने क्रम नराेकिएका कारण उद्धारमा कठिनाइ भइरहेकाे पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिनुभयाे । हालसम्म मानवीय क्षतिका बारेमा थप जानकारी आउन सकेकाे छैन ।

सोमवार, असार ८, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...