म्याग्दीमा तीन डेंगु संक्रमित थपिए, कुल संख्या २५ पुग्यो

म्याग्दीमा थप तीन जनामा डेंगु पोजिटिभ भेटिएसँगै संक्रमितहरुको संख्या २५ पुगेको छ । पछिल्लोपटक थपिएका संक्रमित तीनैजना पुरुष हुन् ।
उच्च ज्वरो आउने, टाउको दुख्ने र शरीरका जोर्नीहरु दुख्ने समस्या लिएर आएका तीन जनाको बेनी अस्पतालमा ल्याप परीक्षण गर्दा डे्रंगु पोजिटिभ भेटिएको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो ।
पछिल्लो तथ्याङ्क अनुसार मंगला गाउँपालिका–१, कुहुँका ४१ वर्षीय एक पुरुष, धौलागिरी गाउँपालिका–६ मराङ घर भई हाल बेनी नगरपालिका–४, सिङ्गा बस्ने १९ वर्षीय पुरुष र बेनपा–४, सिङ्गाका २५ वर्षीय पुरुषमा डेंगुको संक्रमण पोजिटिभ पाइएको उहाँले जानकारी दिनुभएको छ ।
वर्षात्को समयमा पानी परेसँगै संक्रमितहरु बढ्ने गरेको सूचना अधिकारी सुवेदीको भनाइ छ । हालसम्म म्याग्दीको बेनी नगरपालिकाका १४ जना, मंगला गाउँपालिकामा ८, रघुगंगामा २ र अन्नपूर्णका एक जनामा डे्रगु संक्रमण पुष्टि भएको बेनी अस्पतालले जनाएको छ । गोरखापत्रअनलाइनबाट

सोमवार, साउन १२, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...