नेकपा अन्नपुर्णले गर्यो पहिरो पिडीतलाई सहयोग

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को उत्तरी म्याग्दीको अन्नपुर्ण गाउँपालिका संगठन कमिटीले बाढी पहिरो पिडितहरुलाई राहत प्रदान गरेको छ ।
नेकपा अन्नपुर्ण संगठन कमिटीका अध्यक्ष खड्ग गिरीले दिएको जानकारी अनुसार बाढीमा परि ५ गते ज्यान गुमाएका अन्नपुर्ण गाउँपालिका–३ का बलबहादुर गर्बुजाका, र अन्नपुर्ण गाउँपालिका–३ घर भै साउन ६ गते तातोपानीमा ज्यान गुमाएका झलक पुनको परिवारलाई जनही १५÷१५ हजार रुपैंया सहयोग उपलब्ध गराईएको छ । त्यस्तै पहिरोबाट पूर्ण रुपमा विस्थापित भएका अन्नपुर्ण–३ का रमेश बुढाथोकीलाई ७ हजार ५ सय रुपैंया नदग हस्तान्तरणगरेको छ । त्यस्तै अन्य बाढी पहिरो पिडीतहरुलाइ आवश्यकता अनुसार प्रदान गर्नका लागि भनि अन्नपुर्ण गाउँपालिका –३ का निर्वाचीत वडा सदस्य हस्तबहादुर पुनलाई १२ हजार ५ सय रुपैंया हस्तान्तरण गरीएको अध्यक्ष गिरीले बताउनुभयो ।
उक्त रकम हस्तान्तरण कार्यक्रममा जिल्ला सदस्य बुद्धि पुन, ओमप्रसाद फगामी, अन्नपुर्ण –३ का नेकपा संगठन कमिटी अध्यक्ष रमेश पुन, वडा नं २ सचिव इन्द्र थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनका सदस्य गोविन्द थापालगायतको उपश्थिति रहेको थियो । उक्त कार्यक्रममा निर्वाचित जनप्रतिनिधि थमबहादुर बि.क., हस्तबहादुर पुन एवम् नेकपाका सदस्यहरुको समेत सहभागीता रहेको थियो ।े

सोमवार, साउन १२, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...