मृत्यु चिहाएको रात

पानी पर्न थाल्यो । छाताले समेत नधान्ने भएप्छि ऊ हतार हतार गरेर  हिँड्न थाल्यो । टाउकोको केही भाग ओभानो भएपनि हात गोडा भिजिसकेका थिए । शरीरमा लगाएको कपडा ठाउँठाउँमा भिजेर चिसो भएको थियो । पाइला जति छिटो बढाएपनि बाटो धेरै कटेको जस्तो लाग्दैनथ्यो । बाटोमा मानिसहरु साह्रै कम थिए ।

समय यस्तो थियो की आकाशबाट परेको पानी विशालु लागिरहेको थियो । वरिपरिको हावा अनि ऊ हिँडिरहेको जमिन विशालु लागिरहेको थियो । सेकेन्ड सेकेन्डको फरकमा उसल फेरिरहेको श्वास प्रति ऊ आशंकित हुन्थ्यो । वरपर कोही, ऊ नजिकै भएर हिँडेका छन् कि भनेर हेथ्र्यो । पहिले – पहिले भिडभाड हुने ठाउँमा पनि सुनसान थियो । आँखाले  हेर्न भ्याउनेसम्मको अगाडि र पछाडि एकदुई मानिस भन्दा बढी थिएनन् । तैपनि शङ्का गर्‍थ्यो कोही ऊ नजिकै टाँस्सिएर हिँड्ने हुन् की ?

घर आइपुग्न लाग्दा पानी रोकिइसकेको थियो । उसले छाता बन्द ग¥यो । कुनै भाइरस, जिवाणु वा किटाणुले उसको जुत्तामा आक्रमण गरिरहेको छ की भन्ने सोच्यो । “ओहो गोडा त सुरक्षित नै होला ।  ”, आफैंसँग सोध्यो ।

“ सुरक्षित नै हुनुपर्छ ।”, आफैंलाई जवाफ फर्कायो ।

 हिँड्दै गर्द हरि काका भेटिए । उनले खोकेको अवाज उसले प्रश्ट सुन्यो ।

“ए ! आकाश कहाँ गएर आइस् । यस्तो बेलामा पनि हिँड्नु हुन्छ ?  ”,

– “अफिस गको काका ”,

“सपैको अपिस बन्द छ तेरो चाहिँ किन लाग्यो ? ”, माक्स अलि तल सार्दै भने ।

फेरी खङ् खङ् को आवाज सुनिन्छ ।

“मेरो चाहिँ जानुपर्छ । दुई चार दिनमा पालो आउँछ । पालो अनुसार । ”, माक्स नखोली उसले जवाफ फर्कायो ।

घर मेन रोडबाट भित्र पथ्र्यो । केही मानिस हिँड्डुल गरेको देखिन्थ्यो ।

घर भित्र छिरेको के थियो । श्रीमती कराइन् “हात गोडा तलै धोएर आउनू । जुत्ता मोजा पञ्जा त्यतै फुकाल्नु । लुगा फेरेर धुने ठाउँमा राख्नू ।”,

उसले मिचिमिचि  हात गोडा धोयो । लुगा फेर्‍यो ।

फेरी स्यानिटाइजर लगायो ।

हरि काका खोक्दै थिए । कतै तिनलाई ‘कोरोना’ त थिएन । जँचाएको भए पो थाहा हुन्थ्यो । खै के हो के हो ? ‘कोरोना हो भने सरी पो हाल्यो की ?’,सोच्दै ओच्छ्यानमा बस्यो । डर र शङ्काले गाँज्न छोडेको थिएन ।

‘आ ! ती त्यस्तै हुन । आजिवन दामका रोगी । कोरोना त होइन होला । तैपनि दूरी कायम गरेकै छु । ’, आकाशले सोच्यो ।

सामाजिक सञ्जाल तिर हेर्‍यो । फेसबुक, ट्विटर सबैतिर कोरोना अपडेट आउँदै थियो । एकछिन शान्त हुन खोजिरहेको मन झनै डरायो । देशको परिस्थिति भयावह बन्दै छ । सक्दो सुरक्षित भएर हिँडेको छ आकाश । तैपनि एक किसिमको ‘फोबिया’ ले छोडेको थिएन । स्वस्थ ब्यक्ति भएपनि मन त्यसै अतालिन्छ । डरैडरमा गुज्रिरहेको छ जिवन ।

रात पर्‍यो । छोराको शरीर छाम्यो । तातो भए  झैं लाग्यो ।
“यसलाई ज्वरो आएछ की क्या हो ?”,मन झसक्क झस्कियो ।

“हिजो देखि नै जिउ तातेको थियो । कस्तो याद नगरेको ”, आकाशकी श्रीमतीले भनी ।

“उफ्रिएको उफ्रिएकै छ । धेरै धपेडीले होकी ? बिरामी जस्तो पनि छैन । आफैं ठिक हुन्छ होला । भोलिसम्म हेरौं ।”, उसले फेरी भनी । आकाशको मन अतालिँदै थियो । ज्वारोको औषधि त घरमा पनि थियो तर खुवाएन । दुई तीन गिलास मन तातो पानी पिएपछि छोरो सुत्यो ।

“थप पाँच जनाको कोरोनाबाट मृत्यु । ”, न्यूज आयो । यसपटक आकाशलाई पनि जीउ तातो भएको महशुस भयो । आकाश विक्षिप्त मनस्थितिमा थियो । थर्मामिटर झिक्यो र आफ्नो ज्वरो नाप्यो । तापक्रम सामान्य थियो । ज्वरो आएको उसको भ्रम मात्र थियो ।

आकाशलाई डरले सताउन छोडेको थिन । ओच्छ्यानमा ढल्कियो । बत्ति निभायो । बत्ति निभाएपछि वरपर अँध्यारो देखियो ।

उसलाई मृत्यु जताततै चिहाइरहेझैं लाग्यो । ऊ यति धेरै डराएको थिया की त्यो रात उसको जिवनको अन्तिम रात हो की जस्तो लाग्यो । साँच्चि मृत्यु कहाँबाट छिर्छ कोठाभित्र ? झ्याल ढोका वा स–साना प्वालहरुबाट ? उसले हत्तपत्त बत्ति बाल्यो । हरेक सामानहरु आ–आफ्नो ठाउँमा थिए ।

श्रीमती निदाईसकेकी थिई । उसले फेरी बत्ति निभायो  र निदाउने प्रयास गर्न थाल्यो । उसले घरी छोरो र घरी आफ्नो अनुहार स्मरण गर्‍यो । सङ्क्रमित भइयो भने बाँचिन्छ बाँचिन्न ! बाँचियो भने त राम्रो बाँचिएन भने पनि त घृणाको शिकार हुनुपर्नेछ । फेरी डरायो । उसले अँध्यारो कोठामा ‘मृत्यु’  निस्फिक्री ताण्डव गरिरहेको अनुभव गर्‍यो ।

उसलाई लाग्यो यमदूत उसकै अगाडि छन् । जुन कुनै बेला उसलाई च्याप्प समातर आत्मा झिक्नेछन् । अनि आत्मा झिकेर यमलोक पुर्‍याउनेछन् । उसले अन्तिम विकल्पका रुपमा इश्वर पुकार्‍यो । आँखा बन्द गर्‍यो र आफैंलाई सान्त्वना दिने प्रयाश गर्‍यो । अहिलेसम्म त ठिक छु । सुरक्षित भएर हिँडेको छु । त्यसपछि उमाथि अकिति आत्मबल जाग्यो । मन निकै हदसम्म शान्त भयो ।

‘सकेसम्म सङ्क्रमणबाट जोगिने प्रयाश गरौंला ।’, मनमनै सोच्यो ।

सङ्क्रमित भईहाले अस्पताल छ । घरेलु उपायहरु छन् । यसपटक सकारात्मक सोचाई बढाउँदै लग्यो । कारोना सङ्क्रमण पछि उचित खानपान र उपचारले सङ्क्रमण मुक्त भएका मानिसहरुको बारेमा उसले पढेका समाचारहरु सम्झियो । मन शान्त भएर होला यस पटक मस्तिष्कमा सकारात्मक सोचाई भरिँदै थियो । उसले डाक्टर र अन्य स्वास्थ्यकर्मीहरुको बारेमा सोच्यो । कतिबेला निदायो थाहै पाएन । बिहान उठ्दा छोरो खेल्न थालिसकको थियो । श्रीमती पूजाकोठातिर थिई । भान्सामा छिर्‍यो । थरमसको बिर्को खोल्यो । गिलासमा पानी हाल्यो । ..र बिस्तारै ‘सुरुप’ ‘सुरुप’ गर्न थाल्यो । [email protected]

शनिबार, भदौ ६, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...