आणविक हतियार किन ?

कसैले पनि कारण पत्ता लगाउन नसकेको अवस्थामा कहीँकतै अहिले विश्वभर फैलिएको बायो वार हो कि जस्तो देखिएको छ । आणविक शक्तिहरु पनि यो जीवाणुलाई निमिट्यान्न पार्न सकेका छैनन् । तर हामीले त्यसलाई निकै ठूलो खतरा मानेर बसेका छौं भने ती कुनै पनि यस्तो निश्चित लक्ष्य छैन कि अहिलेको समस्याको समाधान के हो ? तर सन् १९४५ अगष्ट ५ तारिखलाई फर्केर हामीले केही विषयमा चर्चा गर्नुपर्छ । किन त्यसताका पुग्नुपर्ला भन्ने हुन सक्छ तर, त्यस दिनले विश्वलाई निकै त्रसित मात्र नभएर अबको युग कता जाने होला भन्ने अन्यौलता पनि सिर्जना गरेको थियो । अमेरिकाले दोस्रो विश्वयुद्धको समयमा जापानमा प्रहार गरेको आणविक बमले दुईलाख भन्दा धेरै नागरिकले ज्यान गुमाएका थिए । यस्ता हतियार भनेको सामूहिक विध्वंशकारी हतियार हुन् । त्यसैले आजको दिन अर्थात् विश्व आणविक परीक्षण विरुद्धको दिवसका दिनमा चर्चा गर्नु उचित होला । अहिले विश्वलाई उत्तर कोरिया एक्लैले तर्साइरहेको छ भने ईराक, ईरान तथा प्यालेस्टाईन जस्ता देशमा हुने गरेको युद्ध र भारत तथा पाकिस्तान जस्ता आणविक हतियार सम्पन्न मुलुकहरु बिचको रिसिइबीले पनि समस्या खडा गर्न सक्छ ।
दोस्रो विश्वयुद्धमै पनि जापानको हिरोसीमा र नागासाकीमा क्रुर आणविक प्रक्षेपण गरेपछि मात्र विश्वयुद्धले पूर्णविराम पाएको हो । यही हतियारको प्रयोगले मानव अस्तित्व नै नामेट हुने देखेर विश्व समुदाय युद्धबाट पछि हटेको थियो । तर यसको गलत प्रयोग गरेर जीव अस्तित्व नामेट पार्न कोही पनि लाग्नुहुँदैन । महान वैज्ञानिक अल्बल्र्ट आईन्स्टाइनले भनेका थिए, ‘मलाई तेस्रो विश्वयुद्ध भयो भने के हुन्छ थाहा छैन तर चौथों विश्वयुद्ध भयो भनेचाहीँ ढुङ्गाको हातहतियार प्रयोग हुन्छ ।’ आइन्स्टाइन ज्युँदै हुँदा अमेरिकाले जापानमा बम खसालेर जसरी २ लाखभन्दा बढी निहत्था नागरिकको हत्या ग¥यो । त्यसै समयमा उनले आफूलाई सबैभन्दा ग्लानी भएको दिन भनेका थिए । उनैले आविष्कार गरेको आणविक हतियारले नागरिकको ज्यान गएको देख्दा उनलाई अन्यथा लाग्नु स्वभाविक हो । त्यसैले हामीले अबको दिनमा आणविक हतियार निर्माण परीक्षण तथा प्रयोगलाई पूर्ण रुपमा निषेधकै तबरबाट अगाडि बढ्न विश्व समुदाय एक हुनुको विकल्प छैन ।
हामीले आफ्नो सबथोक मानेको पृथ्वीलाई सुकेको पात जस्तै हल्लाइदिन सक्ने र स–साना चोइटामा परिणत गर्न सक्ने न्युक्लीयर अर्थात् थर्मो–न्युक्लीएर शक्तिहरु अहिले विश्वका धेरै देशहरुसँग छ । यिनै आणविक हतियारको बलमा शक्तिको प्रर्दशन गर्ने अनि एक अर्कालाई सखाप पार्न तल्लीन धेरै देश र तीनका सरकारहरु छन् । त्यसैले यस्तै होडमा कतै हामी नामेट हुने त होइनौं भन्ने हेतुले सन् २००९ को डिसेम्बर २ मा संयुक्त राष्ट्रसंघको ६४औं सभाले २९ अगष्टलाई आणविक हतियार विरुद्धको दिवस मनाउन सुरु गरेको हो । विश्वको कमजोर धरातल हुँदा पनि आफ्नो दम्भका लागि आणविक होडबाजीमा लाग्नु बेकार हो । तर जे जस्तो अवस्था भए पनि विश्वबाट आणविक निशस्त्रीकरणतर्फ नै लाग्नु आजको आवश्यकता हो । विश्वले आणविक हतियार परीक्षण विरुद्धको दिवस मनाइरहेको अवस्थामा अबको विश्वले के गर्ला र कसरी आफूलाई कसरी अगाडि बढाउढा भन्नेतर्फ हामी सबैले सोच्नुपर्ने देखिन्छ ।

सोमवार, भदौ १५, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...