आत्महत्याको रोकथाम गरौं

विश्वको समग्र अवस्था हेर्दा आत्महत्या गर्नेहरुमा १५ देखि २९ वर्ष उमेर समूहका धेरै हुने गर्दछन् । नेपालमा पनि आत्महत्याका समाचारहरु धेरै सुनिन्छ । कयौं फरक उदाहरणहरु हुन सक्लान् तर पनि तत्कालीन अवस्थामा भएका घटना अनि परिस्थितिलाई सामना गर्न नसकेर देहत्याग अर्थात् आत्महत्या गरिएको भन्नेहरु पनि धेरै नै पाइन्छन् । शारिरीक, मानसिक, व्यवहारिक र सामाजिक कारणहरुले नै मानिसले आफू समाप्त भएको वा समाप्त हुनका लागि प्रयास गरेको भन्ने गर्दछन् । तर उनीहरुले रोजेको बाटोले गर्दा समय र समाजलाई के कति असर पर्छ र उनको परिवारले के पाउँछ भन्ने बारेमा भने सोचेको कहिल्यै पाइँदैन । समय र सन्दर्भभन्दा पनि समयको खेल र माहौल अनुसारको चाल भएन भने कसैले पनि केही गर्न सक्दैन भन्ने मान्यता हामीले मान्दै र भोग्दै आएका हौं । विश्वको अवस्था हेर्दा भयावह छ भने नेपालमा पनि आत्महत्या हुने क्रम बढिरहेको छ । देशको विभिन्न ठाउँहरुबाट निरन्तर आइरहने यो दुःखद खबरको समाचार सुनेर नै अनुभव हुन्छ । झण्डिएर, नदीमा डुबेर, अग्ला भीरबाट हाम हालेर आत्महत्या गर्नेहरु छन् ।
विश्वमा हुने गरेका आत्महत्याका सहि र यथार्थ कारणहरु अहिलेसम्म पाउन सकिएको छैन । कसैले सुसाइड नोट लेखेको आधारमा प्रहरीले खोजी अनि मुद्दा चलाउने गरेको छ । तर पनि सहि र तथ्यपरक आधार के हो भन्ने कहीँकतै भेट्न पनि सकिदैन । त्यसैले, आज विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा नेपाल मनोचिकित्सक संघले विगतका वर्षहरुमा काठमाडौंको माइतीघर मण्डलामा मैनबत्ती बालेर बढ्दै गएको आत्महत्या विरुद्ध जनचेतना फैलाउने कार्यक्रम आयोजना गर्ने गर्दथ्यो तर यसवर्ष कोभिड–१९ ले गर्दा अवस्था फरक छ । विश्व स्वास्थ्य संगठन (ध्ज्इ) को तथ्याङ्कअनुसार विश्वमा हरेक वर्ष आत्महत्याका कारण ८ लाखभन्दा बढी मानिसको ज्यान जाने गरेको छ । त्यो संख्या घट्नेभन्दा पनि बढ्दो गतिमै देखिन्छ । यसवर्ष कोरोनाका कारण देखाउँदै आत्महत्याको दर अझै बढेको छ ।
आत्महत्यालाई कसैले पनि रोक्ने वा रोक्नका लागि प्रयास गर्नेभन्दा पनि आम मानिसले केही सेकेण्ड मात्र विचार पु¥याएको खण्डमा आत्महत्या रोकिन्छ । आउने समयको मापन पहिल्यै गरेर आफूलाई कमजोर ठान्नेहरु नै आत्महत्यातर्फ लागेको मान्न सकिन्छ । नेपाल जस्तो देशमा भने आर्थिक समस्या पनि आत्महत्याको मुख्य कारण भन्दै गएका उदाहरणहरु धेरै छन् । छिमेकी मुलुक भारतमा किसानहरुले फसल राम्रो नभएको भन्दै आत्महत्या गर्ने गरेको सुनिन्छ । ऋण लिएपछि चुक्ता गर्न नसक्नु र साहुको दैनिक किचकिचको त्रासले थुप्रै विपन्न मानिसहरुले नेपाल भारतलगायत दक्षिण एसियाली मुलुकमा देहत्याग गर्ने गरेका छन् । कहिले विदेशमा गएका नेपालीहरुले उता संघर्ष गर्न नसकेर आत्महत्या गरेको खबर सुनिन्छ, कहिले प्रेमी वा प्रमिकाले धोका दिएर त कहिले कुनै कार्यक्रममा आफ्नो बेइज्जतपछि समेत मानिसले संसार त्याग्ने निर्णय लिने गरेका छन् । कारण जे सुकै होस्, ९ महिना कोखमा राखेर निकै पीडा सहेर आफ्नो आमाले दिएको यो जीवन के आत्महत्याको लागि हो त ? यस्ता खबरहरुले सुन्नेको मन खिन्न बनाउँछ, चिन्नेलाइ रुवाउँछ र अझ आफन्तलाई त एउटा यस्तो घाउ दिन्छ जुन कहिले पुरिन सक्दैन । आमाको पीडा त कुनै पनि हालतमा रोकिनेवाला छैन । प्रेममा धोका पाइयो, प्रेमीले कुरा बुझेन वा अन्य बाहना बनाउँदै युवाहरुले आत्महत्या गरेर कुनै पनि हालतमा संसार जितिदैन । उनीहरु त हारे–हारे परिवार अनि समाज र संसारलाई नै हराउने प्रयास गर्नेहरु कुनै पनि हालतमा माफी गर्न लायक हुनै सक्दैनन् । त्यसैले आत्महत्या बहादुरी होइन कायर अनि आफू र आफ्ना आफन्तहरुप्रतिको धोका हो ।

बिहिबार, भदौ २५, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...