स्वास्थ्यको वार्षिक समिक्षा

हिमाली जिल्ला म्याग्दीको वार्षिक स्वास्थ्यको समिक्षा कार्यक्रम मंगलबार सकिएको छ । जनस्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा आयोजित उक्त कार्यक्रम दुई दिन सम्म चलेको थियो ।
जिल्ला समन्वय समिति म्याग्दीका संयोजक देवेन्द्र केसीको अध्यक्षमा भएको कार्यक्रममा जिल्लाका छ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखको सहभागिता रहेको थियो । समग्र जिल्लाको बाल तथा मातृ स्वास्थ्य, परिवार नियोजन, एचआइभी तथा एड्स लगायतका प्रारम्भीक स्वास्थ्य एवम् दिर्घकालिन स्वास्थ्य असर र स्वास्थ्य सुचकका बारेमा छलफल भएको थियो ।
कार्यक्रममा जिसस प्रमुख केसीले विगतका तुलानामा स्वास्थ्य सुचक सुधार भएको भएपनि सन्तोष मान्ने वा ढुक्क हुन सक्ने अवस्था नरहेको बताउनुभएको थियो । उहाँले स्वास्थ्य सुधारका लागि स्वास्थ्यकर्मीकै भूमिका रहने भएकाले अरु व्यवस्थीत एवम् अझै सक्रिय भएर लाग्नु पर्ने बताउनुभएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले स्वास्थ्य क्षेत्र कुनै पनि हालतमा सुधार हुनै पर्ने बताउनुभएको थियो । उहाँले स्वास्थ्यको प्रगति कछुवा गतिमा हुन नहुने बताउँदै उपलब्धी तिब्र गतिमा बढ्दै जानु पर्नेमा जोड दिनु भएको थियो ।
उक्त कार्यक्रममा विभिन्न स्वास्थ्य सुचकहरुको बारेमा छलफल गरि कमीकमजोरी भएका विषयमा सुधार गर्ने तथा समाधानका उपायका बारेमा छलफल गर्दै आगामी दिनहरुमा सुधार गर्दै अगाडी बढ्ने कार्ययोजना निर्माण गरीएको जनस्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।
सहजीकरणका लागि पर्वत स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत प्रविण भण्डारी, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि रामु शर्माको उपस्थीती रहेको थियो ।
कार्यक्रममा बेनी अस्पताल, आयुर्वेद स्वास्थ्य केन्द्र, जिल्ला भित्र स्वास्थ्य सम्बन्धी कार्यक्रम गर्ने लायन एजेन्सीका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

बुधबार, अशोज ७, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...