म्याग्दीका औषधिको तथ्याङ्क अनलाइन सिस्टममा जाँदै

म्याग्दीका सबै स्थानीय तहका स्वास्थ्य संस्थाको औषधि एवम् आपुर्ति व्यवस्थापनका सबै विषयवस्तुहरु अनलाइन प्रणलिबाटै अपडेट हुने भएको छ ।
विगतमा औषधि अभाव भएको तथा म्याद गुज्रेको औषधि वितरण भएको जस्ता समस्याहरुले गाल्ने गरेको यथार्थलाई व्यवस्थापन गर्नका लागि अनलाइन व्यस्थापन गर्न लागिएको हो । औषधिको म्याद गुज्रने तथा मौजदातको बारेमा समेत जानकारी हुन कठिन हुने भएकोले त्यसलाई व्यवस्थापन गर्नकालागि मागफारम, दाखिला तथा हस्तान्तरणको कार्य पनि अनलाइनबाटै गरी पेपर लेस र मौजातको बारेमा यथार्थ जानकारी होस भन्ने हेतुले अनलाइनमा जान थालिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले बताउनुभयो ।
अब जिल्लाका स्थानीय निकायको स्वास्थ्य शाखामा कति मौजदात कुन अवस्थाको छ भन्ने कुरा हामी थाहा पाउन सक्छौं र प्रत्येक स्वास्थ्य चौकी सम्ममै यो बिधिलाई पु¥याउने लक्ष्य हो – लम्सालले भन्नुभयो ।
नेपाल सरकारको नीति अनुरुप नै सरकारबाट औषधिको सप्लाइ गर्दा व्यवस्थित र प्रभावकारी बनाउन यस्तो प्रणाली गर्न लागिएको हो । बिहीबार देखि शुरु भएको तालिम शनिबार सकिने तालिममा म्यग्दीका सबै स्थानिय तहका स्टोर र कम्प्युटर अपरेटरहरुको सहभागिता रहेको छ । उक्त तालिममा स्वास्थ्य कार्यालय म्याग्दी र बेनी अस्पतालका कम्प्युटर अपरेटरको समेत सहभागिता रहेको छ ।
स्थानीय तहमा औषधि अभावका समाचारहरु आएका पनि हुन्छन् तर अनलाइन सिस्टममा गएपछि कहाँ अभाव हुँदै छ भन्ने थाहा हुन्छ अनि आपुर्ति गर्न सहज हुनेछ – लम्सालको भनाइ छ । ग्क्ब्क्ष्म्(न्ज्क्ऋरएक्ः को प्राविधिक तथा आर्थिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । तालिममा युएसएआइडीका शैलेन्द्र पटेल र रबिन अधिकारीले तालिमको सहजीकरण गर्नु भएको थियो ।
तालिम स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाको आयोजना, युएसएआइडीको प्राविधिक सहयोग तथा स्वास्थ्य कार्यालय म्याग्दीको समन्वयमा सञ्चालन भएको हो ।

?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

शुक्रबार, अशोज १६, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...