उपत्यकामा चाप, सामान्य बेडलाई आईसीयू बनाइँदै, अन्यत्र सन्तोषजनक

नेपालका सातैवटा प्रदेशमा आईसीयू ९५९ बेड रहेकोमा २९६ वटा आइसीयूमा राखेर संक्रमितको उपचार भैरहेको छ । त्यस्तै नेपालभरमा ४२३ वटा आईसीयू सहितको भेन्टिलेटर रहेकोमा ६९ जनाको भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ । तंथ्याङ्गलाई हेर्दा बागमती प्रदेशका काठमाडौं, ललितपुर र भक्तपुरमा संक्रमितको सख्या धेरै भएकाले आईसीयु तथा आइसियुसँगैको भेन्टिलेटर बेडको संख्यामा भने अभाव देखिएको छ ।
सगम्रमा अहिलेको अवस्थामा हेर्ने हो भने बागमती प्रदेश बाहेकका अन्य प्रदेशमा आईसीयू तथा भेन्टिलेटर बेडको मौजाद संख्या सन्तोषजनक देखिएको छ ।
प्रदेश नम्बर १

यहाँ कोरोनाको कारणले ११६ जनाको मृत्यु भएको छ । छ हजार १५२ जना सक्रिय संक्रमित रहेको प्रदेशमा १३ हजार ४८ जनाले कोरोना जितेका छन् । ८७ वटा शैया आईसीयू बेडमध्ये ३१ वटा मात्रै प्रयोग भएका छन् । सो प्रदेशमा ४६ वटा आईसीयू बेड खाली छन् । ३० बेडको आईसीयु भेन्टिलेटरमध्ये नौ वटा प्रयोगमा रहेको र २१ वटा खाली रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

प्रदेश नम्बर २ 

याे प्रदेशमा एक हजार ४४ जना सक्रिय संक्रमित छन् । १६ हजार ९८७ जनाले कोरोना संक्रमण जितेका छन् । सो प्रदेशमा १५७ जनाको मृत्यु भएको छ । एक हजार २० जना होम र २३ जना संस्थागत आइसोलेशनमा बसेका छन् । ४५ वटा आईसीयू क्षमता रहेको सो प्रदेशमा १२ जना संक्रमितको आइसियुमा राखेर उपचार भैरहेको छ । २१ वटा आईसीयू भेन्टिलेटरमध्ये सबै खाली छ ।
बागमती प्रदेश

बाग्मतीमा कोरोनाबाट सबैभन्दा प्रभावित छ । बागमती प्रदेशमा सक्रिय संक्रमितको संख्या ६५ हजार ६० जना रहेकामा २४ हजार ११० जनाले कोरोनालाई जितेका छन् । यो प्रदेशमा कोराेना संक्रमणका कारण ४५९ को मृत्यु भएको छ । बागमती प्रदेशमा १७ हजार ६९२ होम आइसोलेशन र छ हजार ४१८ जना संस्थागत आइसोलेशनमा बसेका छन् । ४४८ वटा आईसीयू बेडमध्ये १८४ वटामा कोरोना संक्रमितको उपचार भैरहेको छ । त्योमध्ये काठमाडौं उपत्यकाका अस्पतालमा रहेको आईसीयू बेडहरु भरिएको र सामान्य बेडलाई समेत आईसीयू बनाउने प्रयास भैरहेको सहप्रवक्ता अधिकारीले बताउनुभयो । तर यो प्रदेशका अन्य जिल्लामा बेडहरु पूरै प्रयोग भएका छैनन् । २४२ वटा आईसीयू भेन्टिलेटरमध्ये ५२ वटामा संक्रमितको उपचार भईरहेको छ । समग्रतामा यो प्रदेशमा समेत आईसीयू र आईसीयूसहितको मौजादको संख्या राम्रो छ ।

गण्डकी प्रदेश

यहाँ एक हजार ५४१ वटा आइसोलेशन वार्ड छन् । सकृय संक्रमित दुई हजार ३१० रहेको यो प्रदेशमा छ हजार ४२९ जनाले कोरोना संक्रमण जितेका छन् । यो प्रदेशमा कोरोना संक्रमणको कारणले ५० जनाको मृत्यु भएको छ । एक हजार ३५९ जना होम आइसोलशन र ९५१ जना संस्थागत आइसोलेशनमा बसेको यो प्रदेशमा १७६ वटा आईसीयुमध्ये १५ वटा आईसीयुमा संक्रमितको उपचार भैरहेको छ । ६१ वटा भेन्टिलेटरमध्ये तीन वटामात्रै प्रयोग भएको र अरु बेड खाली छन् ।

लुम्बिनी प्रदेश

लुम्बिनीमा चार हजार २६६ वटा आइसोलेशन वार्ड रहेका छन् । सो प्रदेशमा तीन हजार ४२३ जना सकृय संक्रमित छन् । १५ हजार ८३१ जनाले कोरोना जितेका छन् । यो प्रदेशमा १२७ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ । यो प्रदेशमा तीन हजार ४०२ जना होम र २१ जना संस्थागत आइसोलेशनमा बसेका छन् । ८२ वटा आईसीयू बेड रहेको यो प्रदेशमा ४५ जनाको आईसीयू र २५ बेडको भेन्टिलेटर रहेकोमा चार जनाको भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ ।

कर्णाली प्रदेशमा

कर्णालीमा कोरानोको कारणले अहिलेसम्म ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तंथ्याङ्क छ । यो प्रदेशमा सकृय संक्रमितको संख्या ६३९ रहेकोमा आइसोलेशन वार्डको संख्या भने दुई हजार ९८ रहेको छ । ४९६ जनाले कोरोना संक्रमणमाथि विजय हासिल गरेको यो प्रदेशमा होम आइसोलेशनमा ५४४ र संस्थागत आइसोलेशनमा ९५ संक्रमित छन् । ६२ वटा आईसीयू मध्ये चार वटामा संक्रमितको उपचार भैरहेको यो प्रदेशमा २७ वटा भेन्टिलेटरमध्ये एउटामा संक्रमितको उपचार भैरहेको छ ।
सुदुरपश्चिम प्रदेश

याे प्रदेशमा १७ वटा भेन्टिलेटरमध्ये एउटामा संक्रमितको उपचार भैरहेको छ । १६ वटा खाली छन् । २३ वटा आईसीयूमध्ये पाँचओटा प्रयोग भईहेको छ भने १८ वटा खाली छ । सुदूरपश्चिम प्रदेशमा ८५० जना होम आइसोलेशनमा र ५६ जना संस्थागत आइसोलेशनमा उपचार गराइरहनुभएको छ ।
कोरोनाको कारण १७ जनाले ज्यान गुमाएको यो प्रदेशमा आठ हजार तीन जनाले कोरोना संक्रमण जित हासिल गर्नुभएको छ । ९०६ जना सक्रिय संक्रमित रहेको यो प्रदेशमा दुई हजार ३६९ वटा आइसोलेशन बेड खाली रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तंथ्याङ्ग छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तंथ्याङ्गमा शनिबार साँझसम्ममा ९३७ जनाको कोरोनाको कारणले मृत्यु भएको छ ।नेपालभरमा ३१ हजार आठ जना कोरोना संक्रमितहरु होम आइसोलेशनमा छन् । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै १० हजार १०५ जना संक्रमित होम आइसोलेशनमा बसेका छन् । शनिबार साँझसम्म १६ हजार ८९० जना काठमाडौमा, एक हजार १५१ जना भक्तपुर र दुई हजार ३०३ जना सकृय संक्रमितहरु काठमाडौं उपत्यकामा छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले देशभरि हालसम्म नेपालभरमा ३१ हजार आठ जना कोरोना संक्रमितहरु होम आइसोलेशनमा बसिरहेको जानकारी दिनुभयो । नेपालभरमा सात हजार ५७६ जना संक्रमित संस्थागत आइसोलेशनमा बसिरहेको उहाँले जानकारी दिनुभयो ।
नेपालभरमा स्थानीय सरकार, प्रदेश सरकार तथा केन्द्रीय सरकारले १९ हजार २०४ वटा वेड रहेको आइसोलशन स्थापना भएको छ । नेपालमा शनिबार साँझसम्ममा सक्रिय संक्रमितको सख्या ३८ हजार ५८४ रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।
विभिन्न मुलुकबाट नेपाल आएकाहरु अझै पनि दुई हजार ४१० जना क्वारेन्टाइनमा छन् ।

सोमवार, कार्तिक १७, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...