संसदीय समितिको मुस्ताङ अनुगमन

गण्डकी प्रदेशको संयुक्त संसदीय समितिले मुस्ताङको सदरमुकाम जोमसोममा कोरोना परिक्षण उपचार तथा व्यवस्थापन सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा समितिको धारणा राख्दै प्रदेश सभामुख नेत्रनाथ अधिकारीले जनताको मौलिक हक, आधारभूत स्वास्थ्य सरकारको पहिलो प्राथमिकता भएको हुँदा, कोरोनाको कहरको समयमा यस जिल्लामा, स्वास्थ्यको क्षेत्रमा के–कस्तो अवस्था रह्यो, के कस्ता समस्या, चुनौती र उपलब्धीहरु भए भन्ने विषयमा सारोकार वाला सँग बुझ्ने र छलफल गरी स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न प्रदेश सरकार प्रदेश सकार समक्ष प्रतिवेदन पेश गर्ने गरी आफ्नो नेतृत्वमा सर्वदलीय सांसदहरु सम्लग्न टोली आएको बताए ।
कोरोनाको समयमा सिसिएमसी मार्फत मुस्ताङका स्थानीय प्रशासन, सबै तहका जनप्रतिनिधि, नेपाली सेना, शसस्त्र तथा नेपाल प्रहरी, समाजका सबै तहका सामाजिक कार्यकर्ता, नागरिक समाज लगायत, सबै पक्षको ऐक्यवद्धतामा प्रभावकारी रुपमा उपचार तथा व्यवस्थापन भएकोमा खुशी व्यक्त गर्दै सरोकारवाला पक्षलाई धन्यवाद दिए । साथै जिल्लामा भेटिएका समस्यालाई प्रतिवेदनमा समावेस गरी प्रदेश सरकारलाई पेश गरी कार्यन्वयनमा जोड दिने बताए ।
यसैगरी नेकपा एमालेका केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश सभा सांसद रोशन गाहा मगरले प्रदेश सांसदबाट पारीत भै लागु गरीएको संकल्प प्रस्ताव प्रदेशका सबै जिल्लाहरुमा कार्यान्वयनको अवस्था अनुगमन गर्ने क्रममा मुस्ताङमा समिति पुगेको बताए । कोरोनाको महामारीको समयमा हिमाली जिल्ला मुस्ताङ बिकट भुगोल भएको ठाउँमा सिमित श्रोत साधनको बाबजुद सरोकार वाला निकायले प्रभावकारी रुपमा कार्यन्वयन गरेको भन्दै खुशी व्यक्त गरे ।
नेपाली काँग्रेसका सांसद तथा प्रमुख विपक्षी दलका प्रमुख सचेतक मणीभद्र कडेलले मानविय स्वास्थ्य सेवा आधारभूत क्षेत्र भएको हुँदा प्रदेश सभाबाट पारित संकल्प प्रस्तावको कार्यान्वयको क्रममा मुस्ताङ अस्पतालको भौतिक पूर्वाधार सुधार गर्नु पर्ने, दरवन्दी थप तथा पदपुर्ती गर्न पर्ने, मेडिकल उपकरण थप्न आवश्यक रहेको औंल्याए । जिल्लामा स्वास्थ्य क्षेत्रमा भएको समस्यालाई प्रतिवेदनमा समावेस गरी सरकारलाई कार्यान्वयनका लागि बुझाउने बताए ।
अन्तरक्रियामा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मुस्ताङका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले महामारीको कठीन परिस्थितिमा प्रदेश सरकारले अस्पतालमा भएको प्राविधिक शक्ति प्रदेशमा तानेको र समस्याका बाबजुद पनि जिल्लामा सबै पक्षको सहयोगले कोरोना विरुद्ध लड्न र ग्रिन जोनमा रहन सकेको बताइन् । व्यस्त समयको बावजुद पनि प्रदेशसभाका सभामुखको नेतृत्वमा आएको टोलीले समस्याहरु बुझ्न आएको भन्दै प्रजिअ पौडेलले खुशी लागेको बताईन् ।
स्वास्थ्य कार्यालय मुस्ताङका निमित्त प्रमुख टिकाराम भण्डारी, अस्पताल प्रमुख शिव भण्डारीले कोरोनाको समयमा अपनाइएका क्रियाकलापको बारेमा सहजीकरण गरेका थिए । उक्त कार्यक्रममा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, सांसदहरु रोशन गाहामगर, मणिभद्र कडेल, खिम विक्रम शाही, धनमायाँ पोखरेल लामा, चन्द्र बुढा, सरिता गिरी लागायतको टोलीको उपश्थिति रहेको थियो ।
कर्याक्रममा जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख छिरिङल्हामु गुरुङ, नेपाली सेनाका महासेनानी इन्द्रबहादुर शाह, बज्रदल गणका  प्रमुख सेनानी सुवास केसी, जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी नविन कृष्ण भण्डारी, सशस्त्र प्रहरीका डिएसपी मोहनजंग कार्काी, राष्ट्रिय अनुसन्धानका डिएसपी टिका बहादुर गुरुङ, नकेपा एमाले मुस्ताङका सदस्य तीलक वि.क., नेकपा माओवादीका धिरेन्द्र बि.क., नेकपा एमालेका कार्यालय सचिव जीवन गोतामे, अनेरास्ववियुका केन्द्रीय सदस्य पेमा छेतेन विक.लगायतको उपश्थिति रहेको थियो ।
कार्याक्रममा सहायक प्रजिअ जगदिश अर्यालको सञ्चालन एवम् प्रजिअ हिरादेवी पौडेलको अध्यक्षताम सम्पन्न भएको थियो ।

आइतवार, चैत्र १, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...