हिरा किसान उत्कृष्ट र अनुशासित महिला गायीका

राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश पोखरा द्वारा आयोजीत प्रदेश स्तरीय लोक दोहोरी प्रतियोगीता मा म्याग्दीका हिरा किसान उत्कृष्ट र अनुशासित महिला गायीकाको रुपमा पुरस्कृत हुनुभएको छ ।

राष्ट्रीय लोक दोहोरी दिबस २०७७ को अबसर पारी प्रतिष्ठान गण्डकी प्रदेश ले फागुन २८ र २९ गते पोखरामा आयोजना गरेको प्रतियोगीतामा किसान प्रतिष्ठान म्याग्दी बाट सहभागी हुनुभएको थियो । किसानले उत्कृष्ट महिला प्रतियोगीको रुपमा छनौट भै नगद रु ५००० र प्रमाण पत्र प्राप्त गर्नु भएको छ ।

No description available.

प्रतिष्ठान गण्डकी ले उपलब्ध गराएको सो पुरस्कार आइतबार बेनीमा एक बधाइ ज्ञापन कार्यक्रम आयोजना गरि प्रतिष्ठान म्याग्दीले गायीका किसानलाइ प्रदान गरेको छ । म्याग्दीको मंगला गाउँपालिका २ पैंयुपाटामा निबासि गायिका किसान गत फागुन २२ गते बेनिमा आयोजीत दोहोरि प्रतियोगीतामा बिजेता बन्नु भएको थियो । यो सम्मानले आफु लोक दोहोरीको क्षेत्रमा थप उत्साहित भएको किसानले बताउनु भएको छ । कार्यक्रम मा राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका पदाधिकारी हरुको उपस्थिति रहेको थियो ।

आइतवार, चैत्र १, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...