आज युगकवि सिद्धिचरण श्रेष्ठको १ सय १० औं जन्मजयन्ती

आज युगकवि सिद्धिचरण श्रेष्ठको १ सय १० औं जन्मजयन्ती उहाँको सम्झना गरी मनाइँदै छ । युगकवि श्रेष्ठको जन्म विसं १९६९ साल जेठ ९ गते ओखलढुङ्गाको ओखलढुङ्गा बजारमा भएको हो ।

स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यमा युगकवि र नेपाल भाषामा कविरत्नका रुपमा चिनिनुहुन्छ ।

युगकवि श्रेष्ठले कविता, गीत, खण्डकाव्य, नाटक, पद्यनाटक, कथा, निबन्ध, समालोचना, यात्रा संस्मरण लगायतका विधामा कलम चलाउनुभएको थियो । उहाँको ‘मेरो प्यारो ओखलढुङ्गा’, ‘निर्झर’, ‘भीमसेन थापा’, ‘जूनकीरी’ लगायतका रचनाहरु चर्चामा छन् । त्यस्तै कविता सङ्ग्रह ‘मेरो प्रतिबिम्ब’, ‘कोपिला’, ‘कुहिरो र घाम’ लगायत, खण्डकाव्यहरु ‘उर्वशी’, ‘ज्यानमारा शैल’, ‘आँसु’ लगायतका कृति रहेका छन् ।

युगकवि श्रेष्ठको २०४९ साल जेठ २२ गते निधन भएको थियो ।

आइतवार, जेष्ठ ९, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...