
गित संगितको क्षेत्रलाई पनि मजबुत र थप उचाईमा पु¥याउनका लागि मजबुत एकताको आवश्यकता पर्ने बेनीमा आयोजित एक कार्यक्रममा बक्ताहरुले बताएका छन् ।
उक्त कुरा नेपाल राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका केन्द्रीय सदस्य कुमार पुनले म्याग्दीको १५ औं वार्षिक साधारण सभामा बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि म्याग्देली गायक पुनले प्रतिष्ठानको साधारणसभा कुनै पनि कलाकारको पहुँच र उसलाई स्थापित गर्नका लागि सबै कलाकार एकबद्ध हुन पर्नेमा जोड दिएका थिए । कलाको क्षेत्र ठूलो भएकोले सबै संगठित अनि मजबुद हुँदै सबैलाई माथि उकास्ने काममा लाग्नु पर्नेमा पुनले जोड दिएका थिए ।
कार्यक्रममा नेपाल राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानकाका गण्डकी प्रदेश समितिका द्वितिय उपाध्यक्ष आरसि पौडेलले कुनै पनि काम गर्नका लागि पैसा भन्दा पनि मुख्य रुपमा योजना चाहिने बताए । उनले कुनै पनि कार्यका लागि आफू भित्र योजना भएको खण्डमा त्यो काम फत्ते गर्न सकिने उनको भनाई थियो ।
म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले २०५८ सालमा स्थापना भएको नेपाल राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान म्याग्दी अहिले सम्म पनि बामे सर्ने अवस्थामा रहनु दुखद भएको बताए । उनले भने संस्थालाई मजबुद बनाउने तर्फ सैले ध्यान दिनु पर्छ । अध्यक्ष कटुवालले संस्थामा भएका गतिबिधिको तथ्याङ्क चुस्त राख्नका लागि प्रयास गर्नु पर्ने तर्फ जोड दिँदै कलाकारलाई कसरी अगाडी बढाउने र टिकाउने भन्ने तर्फ प्रतिष्ठानले निकै गहिरो तबरले सोच्न पर्ने बताए ।
नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष एवम् नेपाल राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान म्याग्दीका संस्थापक सदस्य प्रकाश पौडेलले म्याग्दी कला र कलाकारलाई पहिचान र प्रचारकालागि सबैले ध्यान दिन पर्नेमा जोड दिएका थिए । उनले विगतमा पुराना कलाकार तथा शब्द लय संकलकहरु लय तथा शब्द संकलनका लागि म्याग्दी आउने गरेको इतिहासलाई जिवन्त राख्नका लागि हामीले पहल गर्नु पर्ने बताएका थिए ।
कार्यक्रममा लोक गायिका धनकुमारी थापा, नेपाल राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका निवर्तमान अध्यक्ष कृष्ण जिसी, नेपाल राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वतकी उपाध्यक्ष पुजा कार्की, नेपाल राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकी प्रदेश सदस्य नकुल ढकाल, अमित विश्वकर्मा, नेपाल राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान म्यादीकी कोषाध्यक्ष देवी जिसी लगायतले मन्तव्य राखेका थिए ।
नेपाल राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका अध्यक्ष देवेन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रम प्रथम उपाध्यक्ष ध्रुव जिसीको स्वागत तथा सचिव पदम विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
आइतवार, अशोज १७, २०७८ मा प्रकाशित