प्रवासी नेपाली युवा मञ्च अष्ट्रेलियाको अध्यक्षमा गौतम

अष्ट्रेलिया/ नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य, नेपाल सरकारका पूर्व मन्त्री एवं राष्ट्रिय युवा संघका इंचार्ज महेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रास्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेल र प्रवासी नेपाली मंच अन्तराष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङ बिशेष आतिथ्यता रहेको थियो । त्यस्तै अतिथिहरूमा प्रवासी नेपाली अन्तराष्ट्रिय मंचका युवा तथा खेलकुद बिभाग प्रमुख महेश गिरी, प्रवासी नेपाली मंच अष्ट्रेलियाका संस्थापक अध्यक्ष एवं प्रवासी नेपाली मंच अष्ट्रेलियाका प्रमुख सल्लाहकार जगदीश तिमसिना, सल्लाहकार भवानी ओली, एनआरएन आइसीसी ओसेनिया रीजनल संयोजक होम पाण्डे, एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं न्यु साउथ वेल्स राज्यका संयोजक देब गुरुँग, उप-संयोजक सुकीर्ति भट्ट, लगायतको उपस्थिति रहेको थियो ।
उक्त घोषणा कार्यक्रममा प्रवासी नेपाली मञ्चका केन्द्रीय सचिव शिशिर नेपालले नव गठित युवा मञ्च पदाधिकारी, राज्य संयोजक एवं राष्ट्रिय सदस्यहरूको नाम घोषणा गरेका थिए ।
उक्त घोषणा पश्चात राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले नव गठित कमिटीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।
शपथ ग्रहण पश्चात युवा मञ्चका अध्यक्ष अरुण गौतमले आफ़नो प्रतिवद्दता मन्तव्य व्यक्त गर्दै आगामी कार्यकालमा आफ़ुले नेतृत्व गर्दै गर्दा साथिभाइ संगको सिकाई र युवाहरूको आवाज़ संगै अष्ट्रेलियामा जागीर, कोठा, शारीरिक हिसाबले, मानसिक हिसाबले र अन्य सबै हिसाबले युवा बिध्यार्थीहरू प्रति लक्षित कार्यक्रमहरू गर्ने र यो यात्रामा सारथी बन्नका लागी सबै युवा साथी र नेताहरूमा अनुरोध गरेका थिए र यो बिश्वासप्रति बफ़ादार रही काम गर्ने बताए र अहिले नअटाएका साथीहरूलाई बिशेष ज़िम्मेवारी मार्फ़त काममा फ़र्काउने बिश्वास समेत दिलाए ।
उक्त भेलाले अरुण गौतमको अध्यक्षतामा राष्ट्रिय कमिटी घोषणा गरेको छ । त्यसै गरी युवा मंच अष्ट्रेलियाको उपाध्यक्ष प्रकाश सुबेदी, महासचिव अनिल खड़का, सचिव बिरोध थिंग, कोषाध्यक्ष संजिव थापा मगर साथै ८ वटै राज्य बाट संयोजकहरूमा नर्दन टेरिटोरिमा राम चन्द्र (निशान) जोशी, वेस्टर्न अष्ट्रेलियामा प्रकाश घिसिंग, तास्मानियामा मुगेन गौतम, अष्ट्रेलियन क्यापिटल टेरिटोरिमा किशोर भण्डारि, साउथ अष्ट्रेलियामा धिरज जंग खड़का, कुइन्सल्यांडमा युकेश पराजुली, भिक्टोरियामा बिकास सिलवाल र न्यु साउथ वेल्स राज्य बाट सरोज भण्डारी र राष्ट्रिय कमिटी सदस्यहरूमा बिबेक नेपाल, मनीषा पंगेनि, सन्देश उपाध्याय, अनिल भुषाल, किशोर कुँवर, किरण लाल अधिकारी, रबिन भुषाल, आशिस कट्टेल, हेमराज पौडेल, के-राज खनाल, पुष्प राज आचार्य, रीजन लामिछाने, रबिन अर्याल, बाबुराम शर्मा, राजीव सापकोटा, शिव वस्याल, संजय अर्याल, राजीव बस्नेत, समिर बस्नेत, राजनेस श्रेस्ठ, बिकास चापागाई, बिकास लम्साल, आयाम श्रेस्ठ, अरुण तिवारी, सन्देश उपाध्याय, बिमल पाण्डे, दिप क्षत्री, लक्ष्मी गुरुँग, मधु सुदन देवकोटा, प्रेम शाही ठकुरी, सुरेश बोगटी, देवराज लामिछाने, लेखु अधिकारी, मदन भण्डारी, क्षितिज चन्द्र राई, बिपुल ज्ञवाली, रोसन तामाँग, पुष्प तामाँग, सुमन वली, सुवर्ण घिमिरे, धुर्व न्यौपाने, किरण पौडेल, मदन राज सिग्देल, रमेश अधिकारी, मोहन भण्डारी, सुनिल खंडाल, सशांक बश्याल, सफल पोख्रेल, सुनिल श्रेस्ठ, पदम अधिकारी, बिशाल बराल, सुजन जंग बर्तौला, झलक गुरुँग, सुमन बिक, जीवन न्यौपाने, प्रताप लामा, बिमल बस्नेत र सुमन बर्तौला गरी कुल ७१ सदस्यीय राष्ट्रिय कमिटी घोषणा गरेको छ ।

कार्यक्रममा सपथ ग्रहण गराइसके पछी रास्ष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले अष्ट्रेलिया अर्थात् प्रवास बाट जुन युवाहरूले गर्नुभएको यो कदम अनी साहस र नेकपा एमाले पार्टी प्रतिको सम्मानको उच्च कदर गर्दै बिदेशमा सिकेको सिप अनी ज्ञानलाई राष्ट्रिय युवा संघ मार्फ़त नेपाल मै बिदेशी प्रविधि र सिस्टमलाई बिकास मार्फ़त भित्र्याउनु अबको युवाहरूको दायित्व रहेको बताए र सम्पूर्णमा बधाई सहित आगामी कार्यकालमा संगै काम गर्ने प्रतिवद्दता समेत व्यक्त गरे ।
त्यस्तै प्रवासी नेपाली मंच अन्तराष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङले संसार मै पहिलो पटक नेपाल बाहेक अष्ट्रेलियाको प्रवासी नेपाली मञ्च आफ़नो युवा दस्ता घोषणा गर्नु नै एउटा इतिहास रचेको कुरा बताए साथै युवाहरूको आवाज़ अनी जनताको बोली सुनाउने गरी अष्ट्रेलियामा रहेको सम्पूर्ण नेपालीहरूको प्रतिनिधित्व हुने गरी लाग्न शुभकामना व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि महेश बस्नेतले अष्ट्रेलियामा बसेर आफ़नो व्यस्त समयलाई व्यवस्थापन गर्दै युवा मंच गठन गर्नु र कमिटीमा रही नेकपा एमाले अर्थात् केपी शर्मा ओलीले बोकेका सपनाहरूलाई पच्छ्याउनका निम्ति चालीएको यो पाइला प्रति शुभकामना व्यक्त गर्दै वर्तमान सरकारले सरकार संचालन गरेको ३ महीनाको अवधीमा मन्त्रीले राजिनामा दिनु, अपराधीले उन्मुक्ति पाउनु, भारतीय ज़्यादती विरुद्ध एक शब्द नबोल्ने, एकल महिला भत्ता लगायतका सामाजिक सुरक्षा भत्ता काटिनु यी सबै देउवा सरकारको उपलब्धि रहेको बताए यी र यस्ता कार्यको सामाजिक संजाल मार्फ़त विरोध गर्नु र सही कामको प्रशंसा गर्नु युवाहरूको दायित्व रहेको बताऊदै नव गठित कमिटीलाई बधाई सहित शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको प्रवासी नेपाली मञ्च अष्ट्रेलियाको अध्यक्ष रमेश पाण्डे अध्यक्षता , बालगोपाल उपाध्याय स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रम सञ्चालन सचिव शिशिर नेपालले गर्नु भएको थियो

मङ्लबार, अशोज २६, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...