प्रवासी नेपाली मञ्च युरोप कमिटी महिला विभागले “प्रवासी युरोप महिलाहरुको आह्वान , असहाय बालिका शैक्षिक अभियान ” भन्ने नाराका साथ देउसी भैलो कार्यक्रम गर्ने

साईप्रस
हिन्दु धर्मावलम्बीहरुको दोश्रो महान चाड शुभ दिपावली, छठ, ल्होसार लगायत का पर्बहरूको अवसरमा प्रवासी नेपाली मञ्च युरोप कमिटी अन्तर्गतको महिला विभागले भर्चुअल माध्यमबाट देउसीभैलो तथा शुभकामना आदनप्रदान  कार्यक्रमको आयोजना गर्ने भएको छ।
“प्रवासी यूरोप महिलाहरुको आह्वान, असाय बालिका शैक्षिक अभियान” भन्ने मुल नाराकासाथ कार्यक्रमको आयोजना  गर्न लागिएको  महिला विभाग संयोजक  कल्पना त्रिपाठीले बताउनु भयो ईरुप्सेलाई जानकारी गराउनु भएको छ। 
संस्कृतिको संरक्षण गर्दै संकलित रकमबाट  नेपालमा रहेका असाय बालबालिकाहरूलाई सहयोग गर्ने पबित्र उद्देश्यका साथ आयोजना गर्न  लागिएको  उक्त कार्यक्रममा आ-आफ्नो ठाउँबाट जोडिएर सहयोग प्रदान गर्नको निम्ति प्रवासी नेपाली मञ्च यूरोप कमिटीको अध्यक्ष गोविन्द पौडेलले सबैलाई आह्वान गर्नु भएको छ ।
कार्यक्रममा पूर्व मन्त्री तथा नेकपा एमालेका सचिव, प्रवक्ता  प्रदिप कुमार ज्ञवालीको प्रमुख आतिथ्यता ,नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रवास ईन्चार्ज  डा.राजन भट्टराई विशिष्ट आतिथ्यता, बिशेष अतिथि माननीय कमल वली ,प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष भक्त गुरूङ,  लगायतका व्यक्तित्वहरुको उपस्थिति रहने छ ।
त्यस्तै उक्त कार्यक्रममा ख्याति प्राप्त जन

गायक बैकुण्ठ महत, प्रिया भण्डारी,  पुरूषोत्तम भण्डारी पुर्खेबाको समेत बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।
उक्त कार्यक्रम सफल बनाउन युरोप भरि रहेको राष्ट्रिय कमिटीहरुलाई पत्राचार गरि सकेको समेत महिला विभाग प्रमुख त्रिपाठीले जानकारी गराउनु भयो,युरोप कमिटी अध्यक्ष गोविन्द पौडेलले उक्त संकलित रकम दुर्गम असाहय गरिब विपन्न परिवारका केहि वालिका शिक्षाको स्वामित्व लिने कार्यक्रममा प्रयोजन हुने भएकोले सम्पुर्ण युरोप भरिका राष्ट्रिय कमिटीहरुलाई उक्त भर्चुल देउसी भैलो कार्यक्रमा सहभागिता जनाई प्रवासमा समेत आफ्नो देशको काल संस्कृतिको संरक्षण गर्दै कला संस्कृतिको समेत प्रचारप्रसार गरि वाह्य पर्यटक भित्राउन समेत सहयोग पुग्ने अपेक्षा रहेको कुरा ईरुप्सेलाई अध्यक्ष पौडेलले बताउनु भएको थियो।
उक्त कार्यक्रम आगामी नोभेम्बर ३ तारिख  बुधबारको दिन तय गरिएको छ समेत युरोप कमिटी महासचिव शिव चापागाईले जानकारी दिनु भएको थियो।

आइतवार, कार्तिक १४, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...