स्थगित भएको एनआरएनए को दशौँ महाधिवेशन आउँदो डिसेम्बर १९-२० मा काठमाडौंमा हुने

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थगित १० औं महाधिवेशन आउँदो डिसेम्बर १९–२० मा तय भएको छ। संघका अध्यक्ष कुमार पन्तले प्रेस विज्ञप्ती जारी गर्दै निर्वाचन १५ डिसेम्बरमा हुने जनाएका छन। महाधिवेशन भने १९–२० मा काठमाडौंमा गर्ने तय भएको छ। एनआरएनएमा प्रतिनिधि छनोट चयनमा विवाद उत्पन्न भएपछि परराष्ट्र मन्त्रालयले महाधिवेशन स्थगित गर्न निर्देशन दिएको थियो।
यसअघि एनआरएनएको महाधिवेशन गत अक्टुबर २३–२५ मा तय भएको थियो। संघले चुनाव गराउने सम्बन्धमा एउटा मार्गचित्र तयार पारेको थियो, जसमा मन्त्री खड्का सकारात्मक भएको अध्यक्ष पन्तको भनाई छ। संघले निर्वाचनको लागि सम्पूर्ण तयारीमा जुट्न निर्वाचन समिति तथा सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेको छ ।

आइतवार, मंसिर ५, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...