जनमुक्ति मन्च साईप्रसको अध्यक्षमा गुरूङ

साईप्रस । बहुराष्ट्रिय लोकतन्त्र समाजवाद देशभक्ति भन्ने मुल नारा साथ राष्ट्रिय जनमुक्ति पार्टीको प्रवास संगठन जनमुक्ति मञ्च, साईप्रसको तेश्रो अधिवेशन सम्पन्न गर्दै गुडिया गुरूङको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

गत आईतवार साईप्रसको लिमासोलमा भएको अधिवेशनबाट वरिष्ट उपाध्यक्षमा नवीन राई , उपाध्यक्ष सबिता राई , महासचिव खममाया पुन , सचिव नेहा गुरूङ कोषाध्यक्षमा शिला कुँवर , सह कोषाध्यक्ष निलम राई रहनु भएको छ भने सदस्यहरुमा बिबिशा थापा , जेनिस्का गुरूङ, भुमाया पुर्जा, मनिसा थापा ,विपना राई ,सुम्निमा राई ,विमला मगर , बिना राना , रिना दर्लामी, रेवती धिमाल, मोहनी गदाल, सीता माझी, दिलसरा राई, भगवती लिम्बू, झरना मेयाङ्वो, माया सेर्पा, कलावती राई, बिमला मगर, सोती राना लगाएत सबैसममत रुपमा चयन हुनुभएको छ ।

मन्चले आफनो प्रमुख संरक्षकमा निर्वमान अध्यक्ष तारा राईलाई चयन गरेको महासचिव खममाया पुनले जानकारी दिनुभयो ।
स्रोत राष्ट्रिय जनमुक्ति मञ्च साईप्रस फेसबुक वालाबाट

बुधबार, मंसिर ८, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...