विपक्षीसँग प्रतिस्पर्धा गरौं, पार्टीभित्र एकता गरौं : ओली

एमाले अध्यक्ष केपी ओलीले पार्टीभित्र प्रतिस्पर्धा नभइ एकता गरेर अघि वढ्नुपर्ने बताउनुभएको छ  । १०औं महाधिवेशनको बन्द सत्रमा बोल्दै उनले भन्नुभयो ‘विपक्षीसँग प्रतिस्पर्धा गरौं, पार्टीभित्र एकता गरौं ।’

उहाँले पार्टीलाई एकतापूर्ण ढंगले अगाडि वढाएको भन्द नेता र कार्यकर्तालाई धन्यवादसमेत दिनुभयो । ‘म कति बाँच्छु भन्न सक्दिन, धेरैपटक मरेर बाँचेर आएको छु, तपाईहरुकाे उत्साह  देखेर म देशको भविश्य सुरक्षित देख्छु,’ ओलीले बन्द सत्रमा भन्नुभयो  ।

१०औं महाधिवेशनको बन्द सत्रमा बोल्दै ओलीले एमालेबाट अन्य दलहरुले समेत सिक्न थालेको भन्दै एमालैकै मोडलमा एकैपटक तल्ला तहका कमिटीहरुका अधिवेशन गर्न सुरु भएको बताउनुभयो । उहाँले कसैले नक्कल गर्न सिके पनि एमालेको जस्तै सृजनशिल हुन भने नसक्ने बताउनुभयो ।

ऐतिहासिक जनसहभागिता र शुभेच्छामा उदघाटन सत्र सम्पन्न गरेको भन्दै ओलीले भन्नुभयो, ‘एउटा विशेष परिस्थिति र अवस्थाबाट अघि बढिरहेको छ । सत्ताबाट प्रतिपक्ष भएको अवस्थामा, विरोधीका जालझेल असंवैधानिक अलोकतान्त्रिक कदमले यहाँ पुग्यौं । जनताले यहाँ पुर्याएको होइन । जनमत यो होइन । अझ बढी गम्भीर चुनौती खडा भएको छ । राज्यको दुरूपयोग भएको छ । दढ भएर सामना गर्नुपर्नेछ ।’

उहाँले नवौं महाधिवेशनपछि संविधान निर्माण गरी जारी गर्न दलहरू एकजुट गराउन एमालेको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले महाधिवेशनपछि स्पष्ट वैचारिक दिशातर्फ अगाडि बढेको भन्दै  एमालेलाई दुर्वचन बोल्ने र होच्याउने अवस्था अन्त्य भएको बताउनुभयो ।

शनिबार, मंसिर ११, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...