जाजरकोटमा बस दुर्घटना, ५ जनाको मृत्यु

जाजरकोटमा आज बिहान बस दुर्घटना भएको छ। दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। जाजरकोटका डीएसपी मधु कुमार थापाका अनुसार दुर्घटनामा  २७ जना घाइते छन्। घाइते सबैको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।नेपालगन्जदेखि जाजरकोटको रिडीबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्रि बस राति साढे २ बजेतिर कुदु बराह चौक नजिक दुर्घटना भएको हो। दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला र एक बालिकाको मृत्यु भएको छ । दुर्घटनास्थल जिल्ला सदरमुकामबाट १० किलोमिटर पश्चिममा पर्दछ । घटनाको थप विवरण आउन बाँकी छ। रातोपाटीबाट

आइतवार, मंसिर १२, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...