प्रवासी नेपाली मञ्च साईप्रसले साईप्रसमा मनायो पटक ढाका टोपी दिवस तथा अंग्रेजी नयाँ वर्ष २०२२

साईप्रस
स्थापना काल देखि नै रचनात्मक र सकरात्मक कार्यक्रम गर्दै आएको प्रवासी नेपाली मञ्च साईप्रसले नेपाली ढाका टोपी तथा अंग्रेजी नयाँ बर्ष २०२२ मनाएको छ, उक्त अवसरमा साईप्रसमा साईप्रसमा रहेको विभिन्न संस्थाहरुको उपस्थितिमा मनाएको छ, उक्त कार्यक्रममा एनआरएनए साईप्रस,अध्यक्ष कुन्दन कार्की महासचिव राधा पोख्रेल र सदस्य प्रकाश बराईली,जनसम्पर्क समिति साईप्रस महामन्त्री कुमार सिंह ,जनप्रतिगतिशिल मञ्च साईप्रसका संयोजक नवराज गौतम,संघीय लिम्बुवान साईप्रसका संरक्षक बालकुमार राई,सुदुरपश्चिमेली समाज साईप्रसका अध्यक्ष डम्मर बहादुर खड्काहरु समेत उपस्थिति रहेको थियो,
covid-19 का कारण कार्यक्रम अनौपचारिक रुपले गरिएको थियो, उक्त कार्यक्रममा मञ्चका अध्यक्ष लोकराज रोका मगरले संस्था सदस्यहरु जसले रचनात्मक कार्यक्रम ,योजना ल्याउने मञ्चका सदस्यलाई प्रत्साहन गर्दै उचित जिम्मेवारी साथ मञ्चले सहयोग समेत गर्ने छ, मञ्चले साईप्रसमा रहेको अन्य संघ संस्थासँग सहकार्य गर्न लागि तयार रहेको समेत उक्त कार्यक्रमा जानकारी दिए।
उक्त कार्यक्रम एनआरएनएका अध्यक्ष कुन्दन कार्की,जनसम्पर्क समितिका महामन्त्री कुमार सिंह र जनप्रगतिशिल मञ्च साईप्रसका संयोजक नवराज गौतमले मञ्चले आयोजना गरेको कार्यक्रमको प्रशंसा गरेका थिए,
उक्त कार्यक्रम प्रवासी नेपाली मञ्च युरोप कमिटी सदस्य तथा युवा विभाग सचिव धान्तानन्द पाण्डे आर्थिक व्वयस्थापनमा प्रवासी नेपाली मञ्च साईप्रसको संयोजनमा भएको थियो, उक्त कार्यक्रममा सदस्य पाण्डेले उपस्थिति संघ संस्थाका प्रतिनिधित्वहरुलाई ढाका लगाएर सुरुवात गरिएको थियो भने निज पाण्डेलाई मञ्च रोका मगर ढाका टोपी लगाई दिएका थियो, उक्त कार्यक्रममा सदस्य पाण्डेले नेपाली पहिचान झल्काउने नेपाली ढाका टोपी दिवस मनाउने योजनालाई सहजिकरण गरि दिनु भएमा मञ्च अध्यक्ष लोकराज रोका मगर ,सचिव श्यामलाल नेपाली र प्रवासी नेपाली मञ्च साईप्रस परिवार प्रति विशेष आभार प्रकट समेत गर्नु भएको र हरेक संस्थालाई चलायमान बनाउनको लागि संस्थाको नेतृत्व खेल्ने भुमि पनि महत्वपुर्णमा रहने कुरा आज कार्यक्रमले स्पष्ट पारेको समेत सदस्य पाण्डेले बताउनु भएको थियो
मञ्चका अध्यक्ष रोका मगर, सचिव नेपाली र पाण्डे लगाएतका टोलीले नेपालका लागि हनोरी कन्सुलेट डा.रामजिवन पन्जियारलाई कन्सुलेट अफिसमा नै गएर ढाका टोपी लगाएर शुभकामना आदानप्रदान समेत गरेको जानकारी युरोप कमिटी सदस्य ईरुप्से डटमलाई जानकारी दिनु भएको थियो,
पाण्डे सामाजिक कार्यमा निकै सक्रिय व्यक्तित्व हुनु हुन्छ, सदस्य पाण्डेले विभिन्न संघ संस्था सँग सहकार्य गर्दै सहयोग समेत गर्दै आउनु भएको जानकारी सचिव श्यामलाल नेपाली जानकारी दिनु भएको थियो
उक्त कार्यक्रम सञ्चालन मञ्चका सचिव श्यामलाल नेपालीले गरेको जानकारी सचिव श्यामलाल नेपालीले ईरुप्सेलाई जानकारी दिनु भएको थियो।

आइतवार, पुस १८, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...