प्रवासी नेपाली मञ्च जापानद्दारा विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

चितवन जिल्लाको राप्ती नगरपालिका १२ स्थित चात्राङमा अति विपन्न विद्यार्थीहरुलाइ न्यानो कपडा वितरण गरिएको छ । प्रवासी नेपाली मञ्च जापानको आर्थिक सहयोगमा आयोजित कपडा वितरण कार्यक्रममा कालिका आधारभूत विद्यालय चात्राङमा अध्ययनरत ११९ जना विद्यार्थीहरुलाई न्यानो कपडा स्वीटर वितरण गरिएको हो ।

कार्यक्रममा प्रमुख अथितीको रुपमा बागमती प्रदेशका पूर्व कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, विशिष्ट अथितिको रुपमा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य गोविन्द प्रसाद कँडेल, अथितीहरुमा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य श्यामलाल विक, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार कँडेल, समाजसेवी तथा युवा नेता विश्वशान्त लामा, अनेरास्ववियु राप्ती नगर कमिटी अध्यक्ष उमाकान्त कँडेल, राप्ती १२ का वडा अध्यक्ष अर्जुन चेपाङ रहेका थिए भने केही स्थानीय प्रतिनिधि तथा अभिभावकहरुको पनि उपस्थिति रहेको थियो ।
स्वीटर वितरण कार्यक्रम राप्ती-१२ स्थित कालिका आधारभूत विद्यालय चात्राङमा भएको हो। उक्त कार्यक्रममा ३४ जनाले आर्थिक सहयोग गरेका प्रवासी नेपाली मञ्च पुर्वीय एसिया कमिटीका अध्यक्ष डा.सरोज कँडेलले ईरुप्सेलाई जानकारी दिनु भएको छ,
पुर्वीय एसिया कमिटी अध्यक्ष कँडेलले भन्नु भयो कि विश्वशान्त लामाको पहलमा प्रवासी नेपाली मञ्च जापानले सहयकार्य गर्ने अवसर पाएकोमा विश्वशान्त लामाको उक्त समाज सेवा भावलाई प्रवासी नेपाली मञ्च जापान सहकार्य अवसर मिलेकोमा खुशी व्यक्त गर्नु भएको छ ,
स्वीटर वितरण कार्यक्रमको नेतृत्व विश्वशान्त लामाले गरेका थिए । न्यानो कपडाको लागि विशेष सहयोग भने प्रवासी नेपाली मञ्च जापानले गरेको थियो । अति विपन्न विद्यार्थीहरुलाइ जाडोको समयमा चिसो हुनबाट जोगाउने उदेश्यले न्यानो कपडा वितरण गरिएको अभियान्ता विश्वशान्तले बताए । उक्त अवसरमा लामाले प्रवासी नेपाली मञ्च जापानलाई आभार प्रकट समेत गर्नु भएको थियो,लामा सामाजिक कार्यमा निकै सक्रियता साथ लाग्नु हुने एक अभियान्ता समेत रहेको अध्यक्ष कँडेल भन्नु भयो कि केही समय अघि उनकै पहलमा राप्ती -१० र ११ मा गरि १८० जना विद्यार्थी र राप्ती-६ स्थित धमौरामा ९३ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको थिए ।
उक्त कार्यक्रमा प्रमुख अथितीको रुपमा पुर्वी मन्त्री दावा लामा,विशिष्ट अथिती,अथिती लगायत सबैले प्रवासी नेपाली मञ्च जापान र अभियान्ता विश्वशान्त लामालाई धन्यवाद ज्ञापन समेत व्यक्त गर्नु भएको थियो, उक्त अवसरमा प्रमुख अतिथि लामाले प्रवास रहेर पनि राजनितिक सँगै शैक्षिक क्षेत्रमा प्रवासी नेपाली मञ्चले खेलेको भुमिका उच्च प्रशंसा समेत गर्नु भएको थियो।

उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रजाको अध्यक्षतामा र डिबी लामाको सञ्चालनमा भएको थियो, कार्यक्रममा विद्यालय व्यस्थापन समिति अध्यक्ष प्रजाले प्रवासी नेपाली मञ्च जापान र अभियान्ता लामाको सहयोग प्रति उच्च प्रशंसा गर्दै निकत भविष्यमा पनि यस्तै खालको रचनात्मक सहयोगको अपेक्षा समेत गर्नु भएको कुरा ईरुप्सेलाई अध्यक्ष कँडेल गराउनु भएको थियो

आइतवार, माघ ९, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...