प्रवासी नेपाली मञ्चले सरकार, निर्वाचन आयोग र दुतावासहरुमा ज्ञापनपत्र बुझाए

साईप्रस
प्रवासमा रहेका नेपालीहरुले प्रवासबाटै मतदान गर्न पाउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । प्रवासी नेपाली अन्तरराष्ट्रिय कमिटी र महादेशीय कमिटी मातहत रहेका राष्ट्रिय कमिटीहरुले सम्बन्धित देशकाहरु अध्यक्षहरु मार्फत ध्यानाकर्षण गराउन सरकार, निर्वाचन आयोग र दुतावासहरुमा ज्ञापनपत्र बुझाएका छन्।
प्रवासी नेपाली मञ्चले आज जनवरी २४ मा नेपालमा नेपाल सरकार र निर्वाचन आयोग तथा विश्वभर रहेका नेपाली दुतावासहरुमा ज्ञापनपत्र बुझाउने भएको हो ।उता नेपालमा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिवालय सदस्य भक्त गुरुङ नेतृत्वको टोलीले नेपालमा निर्वाचन आयुत्त दिनेश थपलिया,परराष्ट्र मन्त्रालयको सचिव भरतराज पौडेल मार्फत परराष्ट्र मन्त्री नारायण खड्कालाई भेटेर ज्ञापनपत्र बुझाएका छन् उता बेलायतमा अन्तराष्ट्रिय कमिटी अध्यक्ष भक्त गुरुङको नेतृत्व र अष्ट्रेलियामा सचिव रमेश पाण्डेको नेतृत्व टोलीले ज्ञापनपत्र सम्बधित राजदुतावास मार्फत ज्ञापनपत्र बुझाएका छन्

यता करिब ४० देशमा रहेको प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटीको अध्यक्ष नेतृत्वमा सम्बधित देशको राजदुतावास मार्फत ज्ञापनपत्र बुझाएका छन्, यता ईजारायल र साईप्रसकाले भने प्रविधि प्रयोग गर्दै, ईमेल मार्फत कार्यवाहक राजदुत अर्जुन घिमेर मार्फत ज्ञापनपत्र बुझाएका छन् , प्रवासी नेपाली मञ्च ईजरायल अध्यक्ष तिर्थ गौतमले ईरुप्सेलाई जानकारी दिदै भन्नु भो कि कोराना महामारी कारण भौतिक रुपमा उपस्थिति नभई प्रविधि माध्यम मार्फत ज्ञापनपत्र बुझाएको जनाएका छन् भने साईप्रसका अध्यक्ष लोकराज रोका मगरले पनि कोरोना महामारी र साईप्रसको लागि पनि ईजरायल स्थित राजदुतावासले हेर्ने भएकोले ईमेल मार्फत ज्ञापनपत्र बुझाएको कुरा ईरुप्सेलाई जानकारी गराउनु भएको थियो

अन्तराष्ट्रिय कमिटी अध्यक्ष गुरुङले ईरुप्सेलाई भन्नु भए कि नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिएको रेमिट्यान्स भित्राउने प्रवासीहरुलाई देशको नेतृत्व निर्माणमा चाहि बाहिर राख्नु अन्याय भएकाले मञ्चले प्रवासबाटै मतदान गर्न सक्ने व्यवस्था गर्न माग गर्दै नेपाल सरकार र निर्वाचन आयोगमा ज्ञापन पत्र बुझाएको बताउनुभयो ।

प्रवासमा नेपाली पासपोर्ट, नागरिकता वा परिचयपत्रका आधारमा प्रवासबाटै मतदान गर्न पाउनु पर्ने उहाँको भनाई छ । अमेरिका अष्ट्रेलिया लगायतका विश्वका धेरै देशहरुले निर्वाचनका बेलामा प्रवासमा रहेका नागरिकहरुलाई मतदान गर्ने व्यवस्था गरेको उदाहरण दिदै उहाँले नेपालमा रेमिट्यान्स भित्रायर नयाँ नेपाल निर्माणमा योगदान गरेका प्रवासीहरुलाई नेतृत्व निर्माणमा पनि सहभागी गराउनु पर्ने अध्यक्ष गुरुङले बताउनुभयो ।

यता अध्यक्ष गुरुङले सम्मानित सर्वोच्च अदालतले समेत प्रवासीहरुलाई मतदानको व्यवस्था गर्न आदेश जारी गरेको सन्दर्भमा हालसम्म पनि व्यवस्था नहुनु दुखद रहेको बताउनुभयो । उहाँले विदेशमा रहेर देशको अर्थतन्त्र धानिरहेका नवयुवालाई देशको नेतृत्व निर्माणमा समेत योगदान गर्ने वातावरण बनाउने अभियान मञ्चले शुरु गरेको र सबैको सहयोग रहेमा पुरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसै क्रममा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी सचिवालय सदस्य भक्त गुरुङले नेपाल सरकारलाई “प्रवासी नेपालीहरूले प्रवासबाटै मतदान गर्न पाउने अधिरारको सुनिस्चितता गर्न” का लागि माग सहितको ज्ञापनपत्र बुझाएको कुरा ईरुप्सेलाई जानकारी गराउनु भएको थियो।

मङ्लबार, माघ ११, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...