अस्थीर नेपाली बजार

विश्वमै सँधै चर्चामा रहने मुख्य बजार भनेको शेयर बजार नै हो । नेपालमा पनि पछिल्लो समय शेयर बजारको चर्चा निकै चल्ने गरेको छ । पहिलो बजार र दोश्रो बजार भन्दै चर्चा हुने गरेको बजार हेर्दा यही सहि वा गलत भन्ने कसैले पनि अनुमान लगाउन मुस्कील छ भन्ने सबैलाइ जानाकारी छ नै । कोही पनि बिज्ञ हुदैन र सबै बिज्ञ हुन्छन् भन्ने भनाइ यदी लागु हुन्छ भने शेयर बजारमै हो । यसलाइ के कारणले बढाउँछ अनि के कारणले घटाउने हो भन्ने तर्फ कसैले पनि ठेट अनुमान लगाउन सकेका हुदैनन् । केही समय पहिला सामाजिक सञ्जाल फेसबुकमा प्राविधिक समस्या आएर निश्चित केही घण्टा बन्द हुँदा त्यसका मालिक मार्क जुकरवर्ग विश्वका धनीहरुको सूचीबाट केही स्थान तल खस्केका थिए। निश्चित केही घण्टा सामाजिक सञ्जाल नचल्दा त्यसको शेयर मुल्यमा गिरावट आएपछि उनको निजि सम्पत्ती पनि घट्न पुग्दा सूचिमा पनि तल पुग्नु स्वभाविक पक्कै हो ।
सोमबार नेपाली शेयर बजारमा पनि ब्यापक गिरावट आयो । समग्र बजारको करिब ४ प्रतिशत घट्यो । नेप्से परिसूचक ९९ दशमलब ८६ अंक घटेर २८२० दशमलब ६५ विन्दुमा आएर बन्द भयो । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स १८ दशमलब २० अंक घटेको छ भने फ्लोट इण्डेक्स ७ दशमलब ०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६ दशमलब १९ अंक घटेको छ। सोमबार कारोबार भएका २ सय २८ कम्पनीको १ लाख १३ हजार दुई सय पाँच पटकको कारोबारमा ८ अर्ब ८८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ७० लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। नेपाली शेयर बजार उकालो लागेर ३२ बिन्दु माथि पुगेर पुनः झरेर २२ सय बिन्दुमा आइपुगेको थियो । त्यस पछि लगातार बढ्दै अगाडी बढेको बजार अहिले पछिल्ला दिनमा थोरै घट्यो भन्ने अनुमान हुँदै गर्दा सय अंकको गिरावतले शेयरबजारका लगानीकर्ताहरु त्रसित हुने नै भए । सामान्य तथा नयाँ र साना लगानीकर्ताहरुमा शेयर बजारको यो उतारचडाबले निकै त्रास फैलाएको पक्का हो ।
छिमेकी मुलुक भारतमा पनि शेयर बजार सोमबार घटेको छ । भारतमा बम्बे स्टक र नेशनल स्टक गरी दुई वटा शेयर बजार रहेका छन् । बम्बे स्टक करिब दुई हजार अंकले गिरावट हुँदै गर्दा नेशनल स्टक नेफ्टी पनि पाँच सय ६९ अंकले घटेको छ। नेफ्टी १७ हजार ४७ बिन्दुमा आइपुगेको छ भने बम्बे स्टक पनि ५६ हजार बिन्दू वरपर कारोवार भै रहेको छ । विश्वका शेयरबजारको अवस्था र विष्लेषण हेर्ने हो भने अमेरिकामा ब्याजदर बढ्ने संकेत, युक्रेन र रसियाबीचको तनाव र भारतीय शेयर बजारमा विदेशी लगानीकर्ताहरुले लगातार शेयर बिक्री गर्दा भारतीय शेयर बजार ओरालो लागिरहेको भन्न सकिन्छ । युरोकप फुटबल चलि रहेको समयमा चर्चित खेलाडी रोनाल्डोले कोकाकोलाको बोत्तललाइ टिभिको फ्रेमबाट बाहिर राखीदिएकै भरमा ४ बिलियन डलर बराबरको बजार घटेको थियो । अहिले नेपाली बजार किन र कसले घटायो भनेर भन्न सक्ने अवश्था नरहेको भए पनि शेयरमा लगानी गर्ने नेपालका ४८ लाख नागरिकहरुलाइ बजारले पक्कै पनि कहिँ कतै त्रास भने दिएको छ ।

मङ्लबार, माघ ११, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...