कोभिडले थलापरेका व्यवसायीले पाए बिना ब्याज ऋण

विश्वभर फैलिएको कोभिड–१९ को महामारीले थलापरेका व्यवसायलाई उकास्ने हेतुले गण्डकी प्रदेश सरकारले ल्याएको निव्र्याजि ऋण प्रवाह गर्ने व्यवसाय जीवन रक्षा कार्यक्रमबाट म्याग्दीका १५ व्यवसायीले सुविधा पाएका छन् ।
गण्डकी प्रदेश सरकारको व्यवसाय जीवनरक्षा कार्यक्रम अन्तरगत राष्ट्रिय बाणिज्य बैंक बेनी शाखाबाट जिल्ला भित्रका १५ व्यवसायीले सुविधा उपभोग गरेका हुन् । बैंकका शाखा प्रवन्धक नवराज ढुंगानाका अनुसार गण्डकी प्रदेश सरकारको समन्वयमा जिल्ला भित्रका १५ व्यवसायीलाई व्यवसाय जीवन रक्षा कार्यक्रम अन्तरगत एक करोड ६३ लाख रुपैंया निव्र्याजी ऋण लगानी गरीएको हो । हिमाली जिल्ला म्याग्दीका साना व्यवसायी ८ जना, पर्यटन उद्यमी २ जना, सेवा क्षेत्रका ४ जना र यातायात क्षेत्रका एक जना गरी १५ जनालाई कुल एक करोड ६३ लाख रुपैंया निव्र्याजि ऋण लगानि गरिएको शाखा प्रबन्धक ढुंगानाले बताउनुभयो ।
राष्ट्रिय बाणिज्य बैंकले गण्डकी प्रदेश भित्रका जिल्लाहरुमा रहेका शाखाबाट अहिले सम्म एक सय २७ जनाले यो सुविधा लिएको राष्ट्रिय वाणिज्य बैंक गण्डकी प्रदेशका कर्जा प्रमुख सहदेव पौडेलले बताउनुभयो । पौडेलका अनुसार गण्डकी प्रदेश भित्र कुल १४ करोड ८३ लाख ५० हजार रुपैंया बिनाब्याज ऋण प्रवाह गरीएको छ ।
म्याग्दीकी प्रदेश (ख)की गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व सामाजिक विकास मन्त्री नरदेवी पुनले कोभिडले गर्दा प्रवावित भएका व्यवसायीलाई व्यवसायीक सहयोग होस भन्ने हेतुले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको क्याबिनेटले व्यवसाय जीवन रक्षा कार्यक्रम ल्याएको थियो ।
पुनले भन्नुभयो –व्यवसायीहरु बन्दाबन्दीले मर्कामा नपरुन भन्ने हेतुले ऋणको ब्याजमात्रै भए पनि छुट हुँदा उनीहरुलाइ सहज होस भन्ने हेतुले उक्त कार्यक्रम ल्याइएको थियो ।
गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट पारित व्यवसाय जीवन रक्ष कोष(सञ्चालन) कार्यविधि–२०७७ को दफा १६ बमोजिम ऋण प्रवाह भएको हो । उक्त कार्यविधि अनुरुप गठित निर्देशन समितिको २०७७ फागुन २६ गतेको निर्णय बमोजिम गण्डकी प्रदेश भित्र ऋण प्रवह गर्न नेपाल राष्ट्र बैंक पोखरा कार्यालयको परिपत्र अनुसार गत आर्थिक वर्षबाट यो कार्यक्रम लागु भएको राष्ट्रिय बाणिज्य बैंक बेनी शाखा प्रवन्धक नवराज ढुङ्गानाले बताउनुभयो ।

आइतवार, फाल्गुन १, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...