
आईसीसी पुरुष टी-२० विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को अन्तिम चरणको खेलमा नेपालले क्यानडालाई हराउँदै सेमिफाईनल प्रवेश गरेको छ।
नेपाल समूह बी को समूह विजेता बन्दै छनोट चरणको सेमिफाइनलमा प्रवेश गरेको हो।
आज भएको खेलमा नेपालले क्यानडालाई ८ विकेटले हराएको हो। क्यानडाले नेपाललाई दिएको ८१ रनको लक्ष्य पन्छ्याउँदै नेपाल १४.१ ओभरमा २ विकेट गुमाउँदै खेल जितेको हो।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए भने अविनाश बोहरा र कमल सिंह ऐरीले समान दुईरदुई विकेट हात पारे।
कुशल मल्लले एक विकेट लिए।
नेपालका लागि कुशल भुर्तेल अवजित रहँदै ३७ बलको सामना गर्दै ३४ रन जोडे। यस्तै दिपेन्द्रसिंह ऐरी पनि अवजित रहँदै ३१ बल खेल्दै २७ रन जोडे।
सोमवार, फाल्गुन ९, २०७८ मा प्रकाशित