नेपाललाई यूएईको एक सय ७६ रनको लक्ष्य

आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटको सेमिफाइनल खेलमा यूएईले नेपाललाई एक सय ७६ रनको विजय लक्ष्य दिएको छ । ओमानस्थित अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ७५ रन बनाएको हाे । यूएईका लागि ओपनर मोहमद वासिमले सर्वाधिक ७० रन बनाउनुभयो ।

३८ बलको सामना गर्नुभएका वासिमले चार चौका र चार छक्का हान्नुभएको थियो । वृत्य अरविन्दले ४६ रन बनाउनुभयो । २३ बलको सामना गर्नुभएका अरविन्दले पाँच चौका र तीन छक्का हान्नुभएको थियो । ओपनर चिराग सुरी चार रनमा पेभेलियन फर्किनु भएको थियो । मोहमद उसमानले १७ र वानार फ्रेदले अविजित ११ रन बनाउनुभयो ।

बलिङमा नेपालका जितेन्द्र मुखिया र अविनास बोहोराले तीन तीन विकेट लिनुभयो । कप्तान सन्दीप लामिछाने एक विकेट लिनुभयो । यूएईलाई हराएर विश्वकपमा छनोट हुन अब नेपालले ब्याटिङमा शानदार प्रदर्शन गर्नुपर्नेछ ।

मङ्लबार, फाल्गुन १०, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...