११२ओैं नारी दिवसको अवसरमा प्रवासी नेपाली मञ्च युरोप कमिटी महिला विभागद्दारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

साईप्रस
प्रवासी नेपाली मञ्च युरोप महिला बिभाग द्वारा ११२औ अन्तराष्ट्रीय श्रमिक महिला दिवसको अबसरमा आयोजित महिला वक्तृताकला कार्यक्रम सम्पन्न भएको छ
उक्त कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले प्रतिनिधि सभा सदस्य तथा पोलिटब्युरो सदस्य, अनेमसंध महासचिव तथा स्वास्थ्य विभाग प्रमुख माननीय सुजिता शाक्य, बिशेष अतिथिमा क्रमशः नेकपा एमाले प्रतिनिधि सभा सदस्य तथा केन्द्रीय सदस्य माननीय बिद्या भट्टराई, केन्द्रीय सदस्य सिर्जना काफ्ले, बियोण्ड द बेइजिङकी निवर्तमान अध्यक्ष शान्ता लक्ष्मी श्रेष्ठ, प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी अध्यक्ष भक्त गुरुङ, प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी सचिव रमेश पाण्डे, अन्तराष्ट्रिय कमिटी, महादेशिय कमिटी र राष्ट्रिय कमिटीका सम्पूर्ण इनचार्ज, अध्यक्ष, पदाधिकारी, विभागीय प्रमुख, सदस्य, सल्लाहकारहरको लगायत उपस्थिति रहेको थियो।

प्रवासको विभिन्न देशबाट प्रतियोगितामा भाग लिने दिदी बहिनीहरु करिब १८ जना सहभागिता रहेको थियो,उक्त कार्यक्रमको पुरस्कार प्रायोजन गर्नै ललित कुमार न्यौपाने , सन्तोष भट्टराई , धर्मराज अधिकारी र नबराज रोस्यारा लगाएत पुस्कार सौजन्य गर्नु भएको थियो, उक्त पुस्कार सौजन्य कर्ता आसन्न एनआरएनए निर्वाचनमा विभिन्न पदमा प्रत्याशी समेत हुनु हुन्छ
प्रतियोगितामा सहभागिहरु मध्ये प्रथम सरिता चौधरि साइप्रस,दोस्रो शर्मिला पाण्डे डेनमार्क तेस्रो जेनिशा राइ इजरायल र सान्त्वना हुनेहरुम सबिता महत्रा डेनमार्क र अहिल्या कुवर यु केले उपाधि जितेका थिए,
उक्त कार्यक्रमको सञ्चालन सभापति प्रवासी नेपाली मञ्च युरोप कमिटी महिला विभाग प्रमुख कल्पना त्रिपाठी रहेको थियो, भने कार्यक्रम सञ्चालन शान्ति आर्यालले गर्नु भएको प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी प्रचार विभाग सदस्य तथा प्रवासी नेपाली साईप्रसका अध्यक्ष लोकराज रोका मगरले ईरुप्सेलाई जानकारी दिनु भएको छ

यता प्रवासी नेपाली मञ्च साईप्रस पनि आफ्नो संस्थाको प्रवक्ता सरिता चौधरी प्रवासी नेपाली मञ्च युरोप कमिटीको महिला विभाग आयोजनामा भएको वक्तृताकला प्रतियोगितामा सहभागिता जनाइ प्रथम स्थान हासिल गरेकोमा आफ्नो फेसबुक पेज मार्फत अध्यक्ष मगर द्दारा बधाई शुभकामना समेत व्यक्त गर्नु भएको छ।

बुधबार, फाल्गुन २५, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...