पोर्चुगलमा‘राष्ट्रियता’, कस्ता व्यक्तिले पाउँछन् त ?

लिस्वन / युरोपियन मुलुक पोर्चुगलले ‘राष्ट्रियता’ ऐनमा संशोधन गरेको छ । संशोधित ऐनसँगै पोर्चुगलमा जन्मिएर ‘राष्ट्रियता’ पाइसकेका बालबालिकाका बाबुआमा जो पाँच बर्ष पोर्चुगलमै बसोबास गरिसकेको अवस्थामा उनिहरुले पनि ‘राष्ट्रियता’ पाउने भएका हुन् ।
संशोधित ऐन अनुसार पोर्चुगलमा जन्मिएर ‘राष्ट्रियता’ पाइसकेका बालबालिकाका बाबुआमा जसले पाँच बर्ष पोर्चुगलमा बसेको प्रमाण सरकारसमक्ष पेश गर्नुपर्छ । यो अवस्थामा आवश्यक कागजातसहित आवेदन दिनुपर्छ । सरकारले विशेषगरी पोर्चुगलमा जन्मिएर ‘राष्ट्रियता’ पाइसकेको बालबालिका र पाँच बर्षदेखि पोर्चुगलमा बस्दै आएका तिनका बाबुआमालाई मुख्य आधार बनाएको छ । यसबाट पोर्चुगलमा बसोबास गर्ने एसिया, अफ्रिका लगायत मुलुकका नागरिकहरु लाभान्वित हुनेछन् ।

बुधबार, चैत्र ९, २०७८ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...