
क्रिकेटको कुनै पनि फर्म्याटमा ह्याट्रिक गर्न सजिलो छैन । विशेषगरी टी–२० ढाँचामा । यो प्रारूपमा ब्याटर बलरविरुद्ध सधैं हाबी हुने प्रयास गर्छन् । यद्यपि, धेरैपटक बलर पनि ब्याटरमाथि हाबी भएको इतिहास छ ।
हालसम्म टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २८ पटक बलरले ह्याट्रिक लिएका छन् । जसमा श्रीलंकाका लसिथ मलिंगाले दुईपटक ह्याट्रिक लिएका छन् । अब नेपालका अलराउन्डर करण केसीको नाम पनि ह्याट्रिक लिने बलरको सूची अर्थात् मलिंगा, ब्रेट ली, राशिद खानलगायतको क्लबमा समावेश भएकाे छ ।
यी हुन् हालसम्म टी–२० मा ह्याट्रिक लिने बलर। हेर्नुस् सूची :
१. ब्रेट ली : अष्ट्रेलिया क्रिकेट टीमका पूर्वक्रिकेटर ब्रेट लीले सन् २००७ को टी-२० विश्वकपमा बंगलादेशविरुद्ध ह्याट्रिक लिएका थिए । उनले शाकिब अल हसन, मशरफे मर्ताजा र अलोक कपालीले आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए ।
२. जेकब ओरम : न्यूजिल्याण्ड टीमका पूर्व अलराउन्डर जेकब ओरमले सन् २००९ मा श्रीलंकाविरुद्ध ह्याट्रिक लिएका थिए । उनले उक्त खेलमा एन्जेलो म्याथ्यूज, मलिंगा बन्डारा र नुवान कुलसेकरालाई आउट गरेका थिए ।
३. टिम साउदी : न्यूजिल्याण्ड टीमका साउदीले २०१०/११ मा पाकिस्तानविरुद्ध ह्याट्रिक विकेट लिएका थिए ।उनले यूनिस खान, मोहम्मद अफीज र उमर अकमललाई आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए ।
४. थिसरा परेरा : श्रीलंका टीमका अलराउन्डर परेराले २०१६ मा भारतविरुद्ध ह्याट्रिक लिएका थिए । उनले उक्त टी-२० म्याचमा हार्दिक पाण्ड्या, सुरेश रैना र युवराज सिंहलाई आउट गरेका थिए ।
५. लसिथ मलिंगा : श्रीलंकाका स्टार बलर मलिंगाले २०१७ मा बंगलादेशविरुद्ध ह्याट्रिक लिएका थिए । उनले मुशफिकुर रहीम, मशरफे मर्ताजा र मेहदी हसनलाई आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए ।
६. फहीम अशरफ : पाकिस्तान टीमका अलराउन्डर फहीम अशरफले २०१७ मा श्रीलंकाविरुद्ध ह्याट्रिक लिएका थिए । उनले इसुरु उडाना, महेला उदावते र दसुन शनाकालाई आउट गरेका थिए ।
७. राशिद खान : अफगानिस्तानका राशिदले २०१९ मा आयरल्याण्डविरुद्ध ह्याट्रिक लिएका थिए । उनले कविओ ब्रायन, जर्ज डकरेल, गेटकेक र सिमी सिंहलाई आउट गरेका थिए । राशिदले यो खेलमा लागतार ४ विकेट लिएका थिए।
८. लसिथ मलिंगा : श्रीलंकाका मलिंगाले न्यूजिल्याण्डविरुद्ध २०१९ मा फेरि ह्याट्रिक लिए । उनले कोलिन मुनरो, हमिश रदरफोर्ड र कोलिन डी ग्रान्डहोम र रस टेलरलाई आउट गरेका थिए ।
९. मोहम्मद हसनैन : पाकिस्तान क्रिकेट टीमका हसनैनले २०१९ मा श्रीलंकाविरुद्ध ह्याट्रिक लिएका थिए । उनले भानुका राजापाक्ष, दसुन शनाका र शेहान जयसूर्यालाई आउट गरेका थिए ।
१०. खावर अली : ओमान क्रिकेट टीमका खावर अलीले २०१९ मा नेदरल्याण्डविरुद्ध ह्याट्रिक लिएका थिए । उनले एजे स्टाल, एकरम्यान र व्यानडर मर्वेलाई आउट गरेका थिए ।
११. वनुआ : पुवा न्यूगिनीका वनुवाले बरमूडाविरुद्ध २०१९ मा दुबईमा ह्याट्रिक लिएका थिए । उनले स्टोवेल, लेवरांक र ड्यारेललाई आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए ।
१२. दीपक चाहर : भारतीय टीमका फास्ट बलर दीपक चाहरले २०१९ मा बंगलादेशविरुद्ध ह्याट्रिक लिएका थिए ।भारतमा भएको उक्त खेलमा उनले शफीउल इश्लाम, मुस्तफिजुर रहमान र अमीनुल इश्लामलाई आउट गरेका थिए।
१३. एश्टन एगर : अष्ट्रेलिया टीमका स्पिनर एश्टन एगरले दक्षिण अफ्रिकाविरुद्ध २०२० मा ह्याट्रिक लिए । उनले फाफ डुप्लेसिस, एन्डिले फेहलक्वायो र डेल स्टेनलाई आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए ।
१४. अकिला धनन्जय : श्रीलंकाका अकिला धनन्जयले टी–२० मा एन्टिगुआमा वेस्ट इन्डिजविरुद्ध ह्याट्रिक लिए उनले इभिन लुइस, क्रिस गेल र निकोलस पूरनलाई आउट गरेका थिए ।
१५. वासिम अब्बास : माल्टाका वासिम अब्बासले २०२१ मा बेल्जियमविरुद्ध मार्सामा ह्याट्रिक लिएका थिए । उनले आशिकुल्लाह सैद, खालिद अहमदी र नेमिश महतालाई आउट गरेका थिए।
१६. शेराज शेख : बेल्जियमका शेराज शेखले माल्टाविरुद्ध २०२१ मा मार्सामा ह्याट्रिक गरेका थिए। उनले अमन शर्मा, नीरज खन्ना र वरुण थामोथारामलाई आउट गरेका थिए ।
१७. नाथन एलिस : अस्ट्रेलियाका नाथन एलिसले सन् २०२१ मा ढाकामा बंगलादेशविरुद्ध ह्याट्रिक गरेका थिए। उनले महमुदुल्लाह, मुस्ताफिजुर रहमान र महेदी हसनलाई आउट गरेका थिए ।
१८. एलिजे ओटिएनो : केन्याका एलिज ओटिएनोले २०२१ मा युगान्डा विरुद्ध ह्याट्रिक गरे। उनले डुसेडित मुहुमुजा, केनेथ वैसावा र बिलाल हसनलाई बर्खास्त गरेका छन् ।
१९ . कोफी बागाबेना : घानाका कोफी बागाबेनाले २०२१ मा सेशेल्सविरुद्ध ह्याट्रिक गरे। उनले स्टीफन मदुसान्का, मजहरुल इस्लाम र शिवकुमार उदयनलाई आउट गरेका थिए ।
२०. कर्टिस क्याम्फर : आयरल्यान्डका कर्टिस क्याम्फरले टी-२० विश्वकप २०२१ मा नेदरल्याण्ड्सविरुद्ध ह्याट्रिक लिए। उनले कोलिन एकरम्यान, रायन टेन डुचेट, स्कट एडवर्ड्स र रोइलोफ भ्यान डर मर्वेलाई आउट गरे।
२१. डिलन ब्लिग्नोट : जर्मनीका डिलन ब्लिग्नोटले २०२१ मा इटाली विरुद्ध ह्याट्रिक लिए। उनले जसप्रीत सिंह, जोय परेरा र बलजित सिंहलाई आउट गरेका थिए ।
२२. दिनेश नाक्रानी : युगान्डाका दिनेश नाक्रानीले २०२१ मा सेशेल्सविरुद्ध ह्याट्रिक लिए। उनले पल बायरन, वडोदरा मुकेश र सोहेल रकेटलाई आउट गरे।
२३. पिटर आहो : नाइजेरियाका पिटर आहोले २०२१ मा सियरा लियोनविरुद्ध ह्याट्रिक लिए र मात्र ५ रनमा ६ विकेट लिएर विश्व कीर्तिमान बनाए। आहोले अबु कुमारा, मीनुरु केपाका र एडमन्ड अर्नेस्टलाई लगातार तीन बलमा आउट गरे।
२४. वानिन्दु हसरंगा : श्रीलंकाका वानिन्दु हसरंगाले २०२१ को टी-२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध ह्याट्रिक लिए। उनले एडेन मार्कराम, टेम्बा बाभुमा र ड्वेन प्रिटोरियसलाई आउट गरेका थिए।
२५. कागिसो रबाडा : दक्षिण अफ्रिकाका कागिसो रबाडाले २०२१ को टी-२० विश्वकपमा इङ्ल्यान्डविरुद्ध ह्याट्रिक लिएका थिए। उनले क्रिस वोक्स, इयोन मोर्गन र क्रिस जोर्डनलाई आउट गरेका थिए ।
२६. हर्नान फेनेल : अर्जेन्टिनाका हर्नान फेनेलले २०२१ मा पानामाविरुद्ध ह्याट्रिक लिएका थिए । उनले महमूद जसत, अनिलकुमार नटुभाई अहिर र दिनेशभाई अहिरलाई लगातार आउट गरेका थिए ।
२७. जेसन होल्डर : वेष्ट इण्डिजका जेसन होल्डरले यही वर्ष इंग्ल्याण्डविरुद्ध ह्याट्रिक लिए, उनले ह्याट्रिक सहित चार बलमा चार विकेट लिएका थिउ । उनी वेस्ट इन्डिजका लागि ह्याट्रिक लिने पहिलो बलर हुन् । होल्डरले क्रिस जोर्डन, साम बिलिङ्स, आदिल रासिद र शाकिब महमुदलाई आउट गरेका थिए ।
२८. करण केसी : नेपाली टिमका अलराउन्डर बिहीबार टी–२० त्रिकोणात्मक सिरिजअन्तर्गत पपुवा न्यूगिनीविरुद्ध ह्याट्रिक लिए । कीर्तिपुरमा भएको खेलमा उनले चाड सोपर, साइमन अताई र नोसेना पोकानालाई आउट गर्दै ह्याट्रिक पूरा गरेका हुन् । उनी टी–२० अन्तर्राष्ट्रियमा ह्याट्रिक लिने २८ औं बलर हुन् । नेपालको तर्फबाट भने यो उपलब्धि हासिल गर्ने करण पहिलो बलर हुन् ।
शुक्रबार, चैत्र १८, २०७८ मा प्रकाशित